सोमवार, 24 सितंबर 2012

घ्रिणा गर मायाँ गर्छु

घ्रिणा गर मायाँ गर्छु 
मायाँ गर्छु घ्रिणा गर 
जिन्दगीको सत्ते बेग्लै
देख्ने आँखा भन्दा पर 
,,,,,,,,,
यात्रा कस्तो जिन्दगीको 
सम रेखा बाङ्गो टिङ्गो
कही कतै भेटियन 
थकाई मार्ने नयाँ टुङ्गो 
,,,,,,,,
बाँकी अंश पछी 
"खलानको मान्छे"

सपनाको च्यादर हटायर, रातको घुम्टी भित्र खुशी खोजे

सपनाको च्यादर हटायर, रातको घुम्टी भित्र खुशी खोजे 
निष्पट अन्धकार ले च्याप्दा ,मसान मै नयाँ बाश रोजे 
सपनाको ,,,,,,,
म पहिलो मान्छे होइन मार्दै जिउन खोज्ने घरी घरी 
ब्यहोशिमा होश खोजेर ,भौतारिए सधै भरी 
खलानको मान्छे 
गित को बाकि अन्तरा पक्षी

कही मायाँ हाशोमा झुलेछ

कही मायाँ हाशोमा झुलेछ 
त्यहि मायाँ आशुमा डूबेछ 
फेरी मायाँ ब्यापार मा फसेछ 
आनौठो रहेछ माया अनौठो रहेछ 
,,,,,,,,,
बादलुको घुम्टि मा कहिँ 
मायालुले मुहार छोपेछ 
बादलुको घुम्टो भित्र 
कहिँ आशु बर्षी रहेछ 
कहिँ आधी हुरी ल्याई 
छेद बिक्षेद बनाई दिन्छ
अनौठो रहेछ माया अनौठो रहेछ माया
,,,,,,,
कतै बत्साको ताजमहल बनिदिने
झुपडीमा भोका प्याषामा जीदिने
कतै दियो ,तेल ,कतै सुता बन्छ माया
अनौठो रहेछ माया अनौठो रहेछ माया
खालानको मान्छे

अपराध के थियो मेरो

अपराध के थियो मेरो 
भुल काहा भयो मेरो 
फुलको शुवास मा बग्दा 
दिन रात झैँ भयो मेरो 
अपराध ,,,,,,,,
बाधियाको थिय बन्धन मा 
मनको नाता छुट्यो मेरो 
सिसा जस्तै टुक्रा टुक्रा 
रेटीदै मन तड्पियो मेरो 
,,,,,,,,,
झुटो साचो खेल जिबन को
माया हार जित बिश्वास को
निस्कलंग्क को नै छ र
पर्दा उठ्दा छुट्यो माया ..
पर्दा उठ्दा छुट्यो माया
खलानको मान्छे

न भन्न सके मनको कुरा

न भन्न सके मनको कुरा 
लेखेर च्याते मनको कुरा !
भनेको भय केही हुन्थोकी 
हृदयमै ह्रयो हृदयको कुरा !
न भन्न ,,,,,,,,,
आखै मा राखेथे चन्द्र मुखिलाई 
मुटुमा लुकाई राखेथे उनीलाई 
एउटा नया आशा जगाई 
लुकाई रहे सधै आफै लाइ 
न भन्न ,,,,,,
फुल को सौन्दर्य मात्र के हो र
सुवाश को भेउ नपाए
माया पनी त तेस्तै रहेछ
मनको कुरा खोल्न नसके
न ,,,,,,,
रम्हेता संसार को आफ्नै ठाउमा
फरक फरक छ कण कण मा
पाउनु नपाउनु भन्दा पनी
थाहा दिनु ठुलो ह्रैछ जिबनमा
न ,,,,,,
मेरो माया टाडाको जुन लाइ
बन्द मुटुको महसुस मलाइ
सुवास कान्ति भन्दा पनी
उनको खुशी लाख मलाई
खलानको मान्छे
सपना सबै सत्ते हुदैन मेरो संग्रह बाट

टाडा को जुन हेरेर के गर्नु अन्धकार छ मन भरी

टाडा को जुन हेरेर के गर्नु अन्धकार छ मन भरी 
टिम टिमाउने ताराहरु हास्दछन मेरा रात भरी !
,,,,,,,,
एउटा मधुर धुन ले आशा जगाई उठाउदा 
पुतली झैँ मन नाच्छ फेरी दिन भारी !!
टाडा को जुन ,,,,,,,,
भिखारी यो मन उनकै मायाँ कल्पिरहंन्छ  
चरी बनी उडी रहन्छ उनकै माया मन भरी !!
,,,,,,,,,
छेड मै पानी हुरी बताश छेड भर मै उत्साहा छ 
उनको याद का बगैचामा रेटिन्छु म छेड भरी !!
खलानको मान्छे

कही ईश्वर मान्ने हरु छन्

कही ईश्वर मान्ने हरु छन्
कोही ईश्वर जान्ने हरु छन् !!
जिबनको आपा झापिमा पनी 
सधै ईश्वर पुज्ने हरु छन !!
मन्दिर चैत्य गिर्जाघर मस्जित धाउने हरु 
मान्छे लाइ टेकी इश्वर खोज्ने छन् !!
,,,,,,,,
कोही सेवामा ईश्वर रोज्ने छन
कही पिडामा इश्वर खोज्ने छन 
जिबनको हर दुख्ख सुख्ख मा 
सधै ईश्वर भझ्ने हरु छन् !!
,,,,,,,,,,
ईश्वर देख्ने हरु भन्छन
मनमै हरि बसेर हेर्छन 


सात कर्म ले मान्छे लाई 


उजिल्याउदै चिनाउछ्न
खलानको मान्छे 

हासेर दिन काटे मैले

हासेर दिन काटे मैले 
भिझेर रात काटे मैले 
निस्टुरी को यादमा 
सधै यो मन रेटे मैले !!
,,,,,,
 तड्पियर बाच्ने कोशीस 
बगर को माछी भेटे मैले 
अनौठो छट्पटाईमा मन्छे 
उनकै नाम रटे मैले 
खलानको मान्छे 


यस्पली म आउन पाईन

यस्पली म आउन पाईन 
सान्नानी लाई भेट्न पाईन 
गाउँ घर को आटो पिठो
सप्राक सप्राक खान पाईन 
,,,,,,,,,,,,,
एक हल गोरु थिय 
बाझो खेत जोत्नु थियो 
घरका भन्ट्याङ भुन्टुङ हरु 
सँग खेली रंम्न पाईन 
,,,,,,,,,,
भय भर को देबी देव
भाकी राखेको नै थिय
भेट्न मनकी देबेश्र्व री
सागर तरी पुग्न पाईन
,,,,,,,,,
यादँ उनको छात्ती भरी
देखाउ भने कहाँ देखाउ
सम्झाएर संम्झने
ठाउँ संम्म टेक्न पाईन
यस्पाली म आउन पाईन
सान्नानी लाई भेट्न पाईन
खलानको मान्छे

घट घट मा उनकै चर्चा गजब भेटियछ


घट घट मा उनकै चर्चा गजब भेटियछ
तनको सुवाष संग मनको माया मेटियछ
,,,,,
आवरण मा सजियर हिड्नु पर्ने कस्तो रिति
मिठा मिठा गुनाशोमा मनको नाता सकियछ
,,,,,,,,,
हल्ला खोरी जिन्दगीको हुरी जस्तै चल्दो ह्रैछ
खडेरीको बनको आगो मन भित्रै झोशियछ
घट घटमा उनकै चर्चा ,,,,
चोखो माया छेड भर मा कुल्चे पक्षी बाकी के छ
प्रेम को व्याकरण मा धोखा सजिलै टासियछ
*_खलानको मान्छे
पूर्ण गीतल (अन्जुमन संग्रह बाट )