गुरुवार, 31 अक्टूबर 2013

आज सपनामा यस्तो देखे

आज सपनामा यस्तो देखे 
झरनाको बैश देखे
एकान्तको दियो देखे
आज सपना मा यस्तो देखे 

नौलाखे तारा हरु सँग 
चन्द्रमाले गीत गाउदै 
फुलकी रानी देखे
सितको थोपा मोती बनी 
आगनिमा तुलशी देखे 
आज सपनिमा यस्तो देखे 

मन हर्ने सुन्दर फाट हरु मा
खेल्दै नाच्ने परी देखे
हिमाल को सितल पवन मा 
घुम ओडी हिंड्ने परी देखे 
बेग मारी दिने डाफे जस्ता तै 
गुराश को फुल सिउरने देखे 
"खलानको मान्छे"



गुरुवार, 10 अक्टूबर 2013

ति टाढा भय पनि

जति टाढा भय पनि तिम्रै नजिक छु झैँ लग्छ 
बैस सबै तिम्रो सामु पोखिदिउ जस्तो लग्छ !
जिन्दगीको हर मोड बद्द्ली तिम्रो दैलो सामु पुग्छ
तिम्रो खुशीका लागि जिउने मर्ने सामर्थ्य जाग्छ
तिम्रो मन को बिशाल नक्षेत्र मा मेरो ठेगानादेउ
संगै हिड्ने छाया हुन तिमि बन्न देउ 
"खलानको मान्छे "

शुक्रवार, 12 जुलाई 2013

म त बालुवाको एक कण

म त बालुवाको एक कण पाहाड बाट चोईटिएको 
हिमनदिले बगाउदा सागर संम्म पुगेको 
,,,,,,
मेरा संगी हरु अझै पाहाडमै खेल्दै होलान 
गुराँश को फुल सिरमा सिउरी बस्दै होलान 
,,,,,,
म नुनिलो पानी पिउदै ठडिएछु महलमा 
हजार घाउ हरु पाली हास्दै सिमेन्ट् जङल मा 
,,,,,
कसरी फर्कन सक्छु अब फेरि पनि पाहाडमा 
ति बाल सखा संग मिल्ने चाह जिबन मा 
,,,,,
स्म्रितिमा नाच्छ मेरो हिम पहिरोका ति दिन हरु 
धर्ति ले आगो सहेर आफ्ना गुमाएका छेड हरु 
,,,,
रुदै मेरो माटोले मुटु बाट अलग गर्दा 
नदि खोला झरना बनि आज सागर संम्म पुग्दा 
,,,,,
"खलानको मान्छे"