म त बालुवाको एक कण पाहाड बाट चोईटिएको
हिमनदिले बगाउदा सागर संम्म पुगेको
,,,,,,
मेरा संगी हरु अझै पाहाडमै खेल्दै होलान
गुराँश को फुल सिरमा सिउरी बस्दै होलान
,,,,,,
म नुनिलो पानी पिउदै ठडिएछु महलमा
हजार घाउ हरु पाली हास्दै सिमेन्ट् जङल मा
,,,,,
कसरी फर्कन सक्छु अब फेरि पनि पाहाडमा
ति बाल सखा संग मिल्ने चाह जिबन मा
,,,,,
स्म्रितिमा नाच्छ मेरो हिम पहिरोका ति दिन हरु
धर्ति ले आगो सहेर आफ्ना गुमाएका छेड हरु
,,,,
रुदै मेरो माटोले मुटु बाट अलग गर्दा
नदि खोला झरना बनि आज सागर संम्म पुग्दा
,,,,,
"खलानको मान्छे"