आज सपनामा यस्तो देखे
झरनाको बैश देखे
एकान्तको दियो देखे
आज सपना मा यस्तो देखे
नौलाखे तारा हरु सँग
चन्द्रमाले गीत गाउदै
फुलकी रानी देखे
सितको थोपा मोती बनी
आगनिमा तुलशी देखे
आज सपनिमा यस्तो देखे
मन हर्ने सुन्दर फाट हरु मा
खेल्दै नाच्ने परी देखे
हिमाल को सितल पवन मा
घुम ओडी हिंड्ने परी देखे
बेग मारी दिने डाफे जस्ता तै
गुराश को फुल सिउरने देखे
"खलानको मान्छे"