सोमवार, 28 अप्रैल 2014

प्रेम तिम्रो दर्रबार को मन्त्र मानब लाई

निहत्या लाई गोली ठोकी जिहाद भन्छ जस्ले 
आतंक को छाया हो त्यो धर्म भन्छ जस्ले ।। 
ईश्वर सैतान मान्छे कै रुप दिन रात जस्तै । 
क्रुसेड जिहाद सैतानी खेल पाप भन्छ जस्ले ।। 
मानब तेही हो हर प्राणी लाई सम भावले हेर्छ 
युद्द होइन प्रिथ्बीमा केवल  सान्ती छर्छ ।। 
प्राणी पिच्छे फरक फरक धर्म जगतको 
ईश्वर ले मात्र बुझ्छ मर्म जगतको ।। 
हर प्राणिमा बाश गर्ने ईश्वर खोज्दा फेरी 
एकै तिनै प्रमेश्वर को नामा भुल्दा फेरी 
रातो रगत बग्छ सधैं ईश्वरको नाममा 
सैतान हरु सल्बलाउछन जिहाद को काममा 
सत्ते बुद्दी देउ हरी पशु मानब लाई 
प्रेम तिम्रो दर्रबार को मन्त्र मानब लाई
"खलानको मान्छे"

गुरुवार, 17 अप्रैल 2014

रातो झन्डा मन पर्छ ।।

मलाई रातो गुलाफ भन्दा रातो झन्डा मन पर्छ ।। 
त्यो झन्डा को किनर निलो चन्द्र सुर्य मन पर्छ ।। 
फहरावश संसारमा वीर को यो निशानी 
नझुक्ने त्यो मुटु भरी तातो रगत मन पर्छ 
हिमाल जस्तै अटल सुन्दर मेरो नेपाल मन पर्छ
धेनु चर्ने खर्क माथि फुल्ने गुराँश मन पर्छ 
मन्दिराको दियो जस्तै पहाडी बाटोहरु 
तराई को फाट भरी सुनको बाला मन पर्छ 
नौ रङी डाफे चरी म्रिग सागर हिंड्ने बन 
जहाँ जहाँ पुग्छु म नेपाली भेश मन पर्छ 
"खलान को मान्छे "