गुरुवार, 14 दिसंबर 2017

Maanchhe runa


मान्छे हाँस्न सक्नु पर्छ मान्छे रुन सक्नु पर्छ हास्दा हास्दै रुदा रुदै माया गर्न सक्नु पर्छ जिन्दगीयो समर्पण हो लोभ लालच त्याग्नु पर्छ आफुलाई मात्र होईन जगत लाई सोच्नु पर्छ । । पिडा हरु नलुकाउ आशु बगाई धुनु पर्छ जिन्दगीको चौबाटोमा दुख पिडा हुनु पर्छ दिन रात भय जस्तै सुख दुख भोग्नु पर्छ आफ्नो दर्द ठुलो होईन पराईको हेर्नु पर्छ तब जिबनको रहश्य बुझ्न खोज्ने बन्नु पर्छ बेदनाको झातो हरुमा जिबन उठ्न खोज्नु पर्छ जिन्दगी यो चल्नु पर्छ सबै सबै भोग्नु पर्छ "खलानको मान्छे"

बुधवार, 11 जनवरी 2017

Prathavi

चोर लाई चौतारा भो साधु लाई सुली देशमा
धुश दिन्या लिन्या हरु को नै हाली मुली देशमा ।
डरपोक बनी आतंङ्क लाई क्रान्ती माने पछि
लुट झुट बड्दै गयो हिंम्शा पली देशमा ।
धर्म मासे नेपालिको अस्तित्व मा खेल्दै
आफ्नै खुट्टा काट्दै गय बन्चरो लि देशमा
आतंङ्कले थर्कायर आको गण यन्त्र
अखन्ड यो फुलबारी तोड्ने  बने माली देशमा । ।
नेपाल रहे नेपालिको आस्तित्व धरामा
लेन्डुप हरु सत्तामा छन छिमेकी जाली देशमा । ।
बिर का छोरा हरु हेर जाग अब जाग
घोर रात्री फैली जाला पोती काली देशमा
एकता को प्रतिक तो धरोहर पुर्ण मानि
त्यागौ सबैले जाली नेता असुर छली देशमा
"खलानको मान्छे "