शुक्रवार, 25 जनवरी 2019

Msnle

मनले पुजेर नै तिमीलाई अशिम प्रेम गरी रहेछु तिमी छैनउ ओरिपरी तर महसुष गरी रहेछु पागल पन भन्छन दुनियाले मेरो असिम प्यार लाई सबै छाडेर भ्रम तोडेर तिमीनै कल्पी रहेछु । । जन्म जन्म को संबन्ध हाम्रो म त केवल धुलो हुँ तिम्रो कर्मको रथमा सबार भयर तिमीलाई गन्तब्य बनाई रहेछु ।२ । यो खुल्ला आकाश बाडिदैन भने सुर्यको प्रकाश बेचिन्न भने कसरी तिमी बाडिन सक्छौ यही त गमी रहेछु ।३ । मेरो हर स्वाश प्रकृतिको पाबन उपहार हो मने हर प्राणिमा रहने तिम्रो खोजी गरी रहेछु ।४ । तिमी नै एक संपुर्ण सत्ते तिमी नै होउ प्रेम को आधार तिमीलाई नै भेट्ने ईक्षा अन्तिम द्वारमा राखी रहेछु ।५ । "खलानको माब्छे"