मंगलवार, 14 मार्च 2023

म घाईते छु सम्हाल्न न आऊ

 म  घाईते छु सम्हाल्न न आऊ

चोट हरु छन कचेल्न न आऊ 

हारेर यसै वस्ने छैन तेसै 

अझै कठोर कर्म गर्छु बिथोल्न न आऊ 

म घाईते छु सम्हाल्न न आऊ 

मेरो नियतिमा हास्ने हरु हो 

आफन्त को भेषमा फकाउन न आऊ 

दुनियाको दुई रुप देख्दै छु आज 

रात सधै हुन्न भुलेर न आऊ 

बिहानी होला औसधि नि पाउला 

तब मेरो दिन मा क्षेमा माग्न न आऊ 

जिबन को हर मोड सधै दुस्कर हुन् 

मेरो सानो खुशी मा जल्न न आऊ 

खलानको मान्छे 

मंगलवार, 24 जनवरी 2023

देवता बनाई दियौ

 मुर्दा सरी मलाई   

जिउदै जलाई दियौ 

मरेका हरु लाई   

 देवता बनाई दियौ 

मुर्दा 

म रोइन एक्लै 

जल्दा हरेक दिन

अशिम पिडा भोगे  

पल पल हरेक छिन 

मुर्दा 

मन सन्त छैन 

अझै पनी किन 

खरानी बनायौ 

तपस्या बुझेनौ 

मुर्दा 

नदेखाऊ मनको 

पिडा हरु जगलाई 

नसुनाऊ कतै 

व्यथा हरु सबैलाई 

मुर्दा 

तिमि खुशी छैन उ 

यहि त् पिडा हों 

तिम्रो दुख हर्ने 

प्रयत्न खेरा गो 

 -खालान को मान्छे