मंगलवार, 14 मार्च 2023

म घाईते छु सम्हाल्न न आऊ

 म  घाईते छु सम्हाल्न न आऊ

चोट हरु छन कचेल्न न आऊ 

हारेर यसै वस्ने छैन तेसै 

अझै कठोर कर्म गर्छु बिथोल्न न आऊ 

म घाईते छु सम्हाल्न न आऊ 

मेरो नियतिमा हास्ने हरु हो 

आफन्त को भेषमा फकाउन न आऊ 

दुनियाको दुई रुप देख्दै छु आज 

रात सधै हुन्न भुलेर न आऊ 

बिहानी होला औसधि नि पाउला 

तब मेरो दिन मा क्षेमा माग्न न आऊ 

जिबन को हर मोड सधै दुस्कर हुन् 

मेरो सानो खुशी मा जल्न न आऊ 

खलानको मान्छे