बुधवार, 15 अगस्त 2012

ढुङ्गा फोड मुर्ती बनाउ तिमी कलाकार हौ

ढुङ्गा फोड मुर्ती बनाउ तिमी कलाकार हौ 
मुटु फोड घाइते बनाउ तिमी कलाकार हौ !

मेरो भन्नु केही छैन अब जिब्रो थुते पक्षी 
सुनी बस्छु कुरा सुनाउ तिमी कलाकार हौ !!

प्रतिवाद गर्दिन म तिमीले बोल्ने ठाउमा 
मेरो पिडा आपनै भजाउ तिमी कलाकार हौ !!

तराजुमा जोख कहिँ गमलामा सजाउ 
थुनी पिजडामा रूहाउ तिमी कलाकार हौ !!

लाख तिम्रो माया मलाइ केही पलको याद
त्यो मुर्तिको चोइटे ढुंगा लत्याउ तिमी कलाकार हौ
"खलानको मान्छे"
मेरो अन्जुमन संग्रह वाट

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें