रविवार, 23 मार्च 2014

पर्देश बाट ल्याई दियको चिनो मायालुको

पर्देश बाट ल्याई दियको चिनो मायालुको 
मखमली चोली मलाई कती शुहायको ।। 
पोहोर साल सिर्बन्दी र चेप्टे किनी दिदा 
मेरै लागि पर्देश मा दु:ख गर्छु भन्दा । 
भाग्य मनी बनेको थे उनको अंगालो मा 
सबै पिर भुली गय मैले छेड भरमा ।। 
छोरो जन्मियो यस्पाली परदेशी जस्तै 
कहिले फिर्छौ पिया हस्छ तिमी जस्तै ।। 
झम्के फुली नौगेडी अब चाहिदैन 
तिम्रो सिन्दुर सिउदोमा साथ पाइदैन 
फर्क प्यारा दु:ख गरौ अब आफ्नै देशमा 
पौरखी लाई फाप्छ अरे पौरख माटोमा ।। 
"खलान को मान्छे"

बाचु त म कस्कालागी

बाचु त म कस्कालागी 
मरु त म केकालागी ।। 
मान्छेको सङ्गत गरेथे 
जिउदै छु म आफ्नालागी ।। 
दुनियाँ कती झुट बोल्छ 
ठुला हुन्छन केकालागी ।। 
असत्ते हार्छ सधैं भरी 
पल भर को खुशी केकालागी ।। 
आगोमै गाले सुन चम्कन्छ 
महंङगो छ सबका लागि ।। 
कोहिला खानिको हिरा हो जिबन 
पर्मार्थी बन्नु तेस्का लागि ।। 
मरेर बच्नु जगका लागि 
बचेँर मर्नु आफ्ना लागि ।। 
ईश्वोर भेटिन्छ यहाँ 
सत्कर्म गर्नु सबका लागि ।। 
"खलान को मान्छे" 

सोमवार, 3 मार्च 2014

दुई आँखा मा तिमी यसरी बसेछौ

दुई आँखा मा तिमी यसरी  बसेछौ 
फेवा ताल मा माछा पुछ्रेरे झै रहेछौ ।। 
ढुक ढुकी मा तिमी यसरी धड्कन्छौ 
जगतको खुशी सबै भुलाई दिन्छौ
तिमी छौर म छु संसार सुन्दर देख्छु 
तिमी बिना यो दिन पनि रात मानी बस्छु ।। 
कतै सडक किनरामा बिरही कोही देखे 
औशिको रातमा जिउने मान्छे देख्छु ।। 
खोटो सिक्का जस्तै प्रितीको बजारमा 
हारेका हरुलाई हिमाल बन्न भन्छु ।। 
जिन्दगीको पहाड अफ्ट्यारो भिरालो 
मायालुको साथ मा फुल भई फुल्छु 
यि नजर तिम्रो मुस्कान हेर्न खोल्छु 
सयौ जुनी जिउने चोखो माया दिन्छु 
"खलानको मान्छे" 


रविवार, 2 मार्च 2014

महेन्द्रले रोके भारतको खतरनाक प्रस्ताव

महेन्द्रले रोके भारतको खतरनाक प्रस्ताव

राप्रउ पोख्रेल (७२) आमरूपमा परिचित नाम होइन, तर लेखकहरूको ‘सर्कल’मा उनी लोकप्रिय छन् । साहित्य, दर्शन, राजनीति र इतिहासमा दख्खल राख्ने उनको ‘सर्वधर्म समभाव’ किताब प्रकाशित छ । ऐतिहासिक विवेचनामार्फत मात्रै राजनीतिको गुदी थाहा पाउन सकिन्छ भन्ने मान्यता राख्ने उनले सात सालको क्रान्ति र त्रिपक्षीय दिल्लीसम्झौताबारे यस्तो धारणा राखे :

raprau-pokharel२००७ सालको क्रान्तिले नेपालको इतिहासमा ठूलो महत्त्व राख्छ । भारतीय राजधानी नयाँदिल्लीमा राजा त्रिभुवन, राणा र नेपाली कांग्रेसबीच भएको त्रिपक्षीय सहमतिले क्रान्तिलाई निष्कर्षमा पुर्याएको थियो । क्रान्तिताका म ८/९ वर्षको बच्चो थिएँ । जलेश्वरस्थित भिनाजुको घरमा बसेर पढ्ने गर्थें । त्यतिवेला धनुषा, सर्लाही र महोत्तरी एउटै जिल्ला थियो । जलेश्वर सदरमुकाम भएकाले राणाका बडाहाकिम त्यहाँ बस्ने गर्थे । जलेश्वरमा त्यतिवेला बडाहाकिम थिए– तिलकशमशेर राणा । भिनाजु प्रहरी सेवामा हुनुहुन्थ्यो । उहाँबाटै क्रान्तिबारे पहिलोपटक सुनेको थिएँ । प्रहरी सूत्र र बडाहाकिमसँगको पहुँचका कारण राजनीतिक घटनाक्रमबारे उहाँ जानकार हुनुहुन्थ्यो । बिहारबाट निस्कने ‘आर्यवर्त’ र बनारसबाट निस्कने ‘आज’ पत्रिकाको उहाँ नियमित पाठक हुनुहुन्थ्यो । यसले उहाँको राजनीतिक चेतनालाई तिखारेको थियो ।

जलेश्वरमा सरकारी फौजको डफ्फा थियो । मुक्तिसेनाबाट आक्रमण होला भनेर उनीहरूले ट्रेन्च खनेका थिए । ‘फलानो ठाउँसम्म कांग्रेस आइपुग्यो रे’ भनेको सुनिन्थ्यो । कांग्रेस त्यतिवेला भयको प्रतीक थियो । हामीजस्ता भुरालाई चाहिँ ‘यो कांग्रेस भन्ने चिज के होला’ भन्ने लाग्थ्यो । हाम्रा लागि कांग्रेस रहस्यजस्तै थियो, उत्सुकता जगाउने ।

त्रिपक्षीय दिल्ली सम्झौताले क्रान्तिलाई टुंगोमा पुर्यायो । दिल्ली सम्झौतामा राजा, राणा र कांग्रेसको संलग्नता भएजस्तो देखिए पनि कांग्रेसको भूमिका सम्झौतापत्रमा ल्याप्चे ठोक्नेभन्दा बढी थिएन । राजा र राणाबीच भारतले सहमति गराइदिन लागेको थाहा पाएपछि कांग्रेस अध्यक्ष र क्रान्तिका ‘डिक्टेटर’समेत रहेका मातृकाप्रसाद कोइरालाले विरोध गर्नुभयो । विरोधपछि कांग्रेस नेतालाई पनि दिल्ली झिकाइयो । यद्यपि, सहमतिका बुँदा र प्रावधानबारे उनीहरूको राय लिन आवश्यक ठानिएन । सहमतिपत्रमा ल्याप्चे ठोकेर कांग्रेस नेता नेपाल फर्किए ।

०००

सात सालको क्रान्ति बुझ्नुअघि नेपाल–भारत सम्बन्धको जग बुझ्न अनिवार्य हुन्छ । गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’, दमननाथ तुलाधरको ‘कन्टेम्पोरोरी नेपाल’, लियो ई रोजको ‘स्ट्राटेजी फर सर्भाइभल’, भुवनलाल शर्मासँग मिलेर रोजले लेखेको ‘डेमोक्रेटिक इनोभेसन्स इन नेपाल’, एसडी मुनिको ‘नेपाल एन्ड इन्डिया– अ चेन्जिङ रिलेसन्स’लगायत किताबले नेपाली इतिहासको त्यो चरणलाई राम्रोसँग प्रस्तुत गरेका छन् ।

नेपाल–भारत सम्बन्धको प्रसंग पृथ्वीनारायण शाहबाट कुरा सुरु गर्नु उपयुक्त हुन्छ । पृथ्वीनारायण शाहले आरम्भ गरेको एकीकरण प्रक्रियाले भारतीय उपमहाद्वीपमा ब्रिटिस साम्राज्यको विस्तारवादी ध्येयमा भाँजो हालेको थियो । ब्रिटिस साम्राज्यले भारतका राजारजौटालाई गाभ्दै लगेका वेला पृथ्वीनारायण शाहले एकीकरण प्रक्रिया आरम्भ गरेका थिए । तत्कालीन अवस्थामा नेपालले आन्तरिक, बाह्य, प्रतिरक्षा, अर्थ र व्यापार–वाणिज्यसम्बन्धी क्षेत्रमा कस्तो नीति अवलम्बन गर्नुपर्छ भनेर पृथ्वीनारायण शाहले त्यतिवेलै केही मौलिक अवधारणा ल्याएका थिए । पछि, उनको अवधारणालाई ‘दिव्योपदेश’ नाम दिइयो ।

ब्रिटिस साम्राज्य र पृथ्वीनारायणबीच सुरुदेखि नै वैरभाव थियो । काठमाडौं विजय गर्ने प्रयत्न पृथ्वीनारायण शाहबाट हुँदा काठमाडौंका त्यतिवेलाका राजा जयप्रकाश मल्लले गोरखासँग भिड्न ब्रिटिससँग सैन्य सहायता मागेका थिए । जयप्रकाशको अनुरोधमा ब्रिटिसले क्याप्टेन किनलकको नेतृत्वमा नेपालतर्फ फौज पठायो । नेपाल छिर्दै गरेको ब्रिटिस फौजमाथि सिन्धुलीगढीमा तैनाथ गोरखाली फौजले सन् १७६६ मा हमला गर्यो । गोरखाको सशक्त प्रतिरोधका कारण ब्रिटिस सैनिक नेपाल छिर्न सकेनन् । त्यसको दुई वर्षपछि काठमाडौंलाई पृथ्वीनारायण शाहले आफ्नो अधीनमा ल्याए । सिन्धुलीगढीको युद्धमा पृथ्वीनारायण शाहको पराजय भएको भए नेपालको इतिहास पूरै बदलिने थियो । किनकि, कुनै निहित स्वार्थ नराखी जयप्रकाश मल्लको सहायता गर्ने पवित्र इच्छा राखेर ब्रिटिस सैनिक नेपाल पसेको थिएन ।

नेपालको भूगोल देखेर ब्रिटिस लोभिएका थिए । अन्तर्राष्ट्रिय राजनीतिमा आएको उतारचढावले उनीहरूलाई नेपालप्रति अझ आकर्षित गरेको थियो । १७औँ शताब्दीदेखि बेलायती इसाई मिसनरी तिब्बत छिर्न थालिसकेका थिए । तिब्बत छिर्न उनीहरूले नेपालको बाटो समात्नुपथ्र्यो । तिब्बत छिर्ने अर्को नाका कास्मिरको काराकोरम घाँटी मात्रै थियो । यसैकारण ब्रिटिसले नेपालमा आफ्नो उपस्थिति चाहेको थियो ।

ब्रिटिसले तिब्बतलाई त्यतिवेला स्वतन्त्र राष्ट्रका रूपमा हेर्ने गरेको थियो । भारतीय उपमहाद्वीप र चीनबीचको ‘बफर जोन’का रूपमा उनीहरूले तिब्बतलाई स्वीकार गरेका थिए । त्यसैले तिब्बतको दक्षिणी भेगमा रहेको नेपालसहित सम्पूर्ण क्षेत्रलाई अधीनस्थ बनाउने उनीहरूको ध्येय थियो । अर्कोतर्फ, तिब्बतमाथि रुसी साम्राज्यको गतिविधि सन् १८९५ देखि बढ्न थालेको थियो । यस्तोमा ब्रिटिस साम्राज्यले नेपाली भूमि हुँदै तिब्बतमा आफ्नो सक्रियता बढाउन आवश्यक ठानेको थियो । उज्बेकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमिनिस्तानलगायत मध्य एसियामा रुसी साम्राज्य फैलिसकेको थियो । भारतीय उपमहाद्वीपको साँधसीमासम्म रुसी सेनाको फैलावटले ब्रिटिस साम्राज्यलाई पिरोलेको थियो ।

त्यसैले तिब्बतसँग सहज नाका भएको नेपाललाई अधीनमा लिन ब्रिटिस लालायित थिए । तर, पृथ्वीनारायण शाहको वैदेशिक र फौजी नीतिले उनीहरूको लालसा तुहाइदियो । उनको अवसानपछि नेपालको रक्षा र विदेश नीति परिवर्तन हुन थाल्यो । बनारसमा लखेटिएका राजा रणबहादुर शाहले शक्तिमा फर्किन अंग्रेजसँग हिमचिम बढाए । अनेक दरबारिया षड्यन्त्रका कारण देश छोडेर वनारस जान बाध्य पारिएका राजा राजेन्द्रविक्रमले पनि व्यक्तिगत स्वार्थसिद्धिका लागि ब्रिटिससँग सम्पर्क बढाए । यसो गर्दा नेपाली राजनीतिमा ब्रिटिसको भूमिका बढ्दै गयो । पछि, जंगबहादुर राणाले राजेन्द्रविक्रमलाई थुनामा राख्नुपरेको थियो ।

०००

जंगबहादुर राणाको उदयपछि नेपालको रक्षा र विदेश नीतिमा आमूल परवर्तन भयो । पृथ्वीनारायण शाहले अवलम्बन गरेको ब्रिटिससँग सदैव सजग रहने नीति जंगबहादुरको पालामा अवलम्बन गर्नु सजिलो थिएन । भारतीय उपमहाद्वीपमा ब्रिटिस साम्राज्य निकै शक्तिशाली भइसकेको थियो । बेलायत भ्रमणबाट फर्किएपछि जंगबहादुरले ब्रिटिससँग मैत्रीपूर्ण सम्बन्ध राखेर नेपालको स्वाधीनतालाई अक्षुण्ण राख्ने नीति लिए । भित्रभित्रै उनी पनि अंग्रेजविरोधी थिए । ब्रिटिस सेनामा गोरखा फौज भर्तीप्रति वेलावेला उनले व्यक्त गर्ने गरेको असन्तुष्टिबाट ब्रिटिस साम्राज्यप्रतिको उनको भित्री धारणा थाहा पाउन सकिन्छ । यद्यपि, सार्वजनिक रूपमा भने उनले ब्रिटिससँगको मैत्रीपूर्ण सम्बन्धबाट नेपाललाई विमुख गराउने प्रयास कहिल्यै गरेनन् ।

0hhistor0चन्द्रशमशेरको पालामा नेपालले कूटनीतिक क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्यो । सन् १९०१ मा उनी प्रधानमन्त्री बने । त्यतिवेला तिब्बतमा रुसी सेनाको गतिविधि सघन हुँदै गएको थियो । ल्हासामा नेपालको महावाणिज्य दूतावासमार्फत तिब्बतमा जारी रुसी गतिविधिलाई चन्द्रशमशेरले राम्रोसँग नियालिरहेका थिए । भारतीय उपमहाद्वीपको साँधसीमामै रुसको सैन्य गतिविधिलाई उनले नेपालको कूटनीतिक लाभका निम्ति भजाउने काम गरे । ब्रिटिस साम्राज्यलाई उनले रुसी ‘थ्रेट’बारे सजग गराए । तिब्बत रुसको पोल्टामा गए मध्य एसिया र भारतीय उपमहाद्वीपमा ब्रिटिस साम्राज्यलाई ठूलो धक्का लाग्नेमा उनले ब्रिटिसलाई ‘कन्भिन्स’ गराए । तिब्बतमा रुसको उपस्थिति अन्त्य गराई ब्रिटिस साम्राज्यका निम्ति सहज वातावरण निर्माण गर्न नेपालले मध्यस्थता गरिदिने प्रस्ताव उनले राखे । तिब्बतमा ब्रिटिसले सैन्य अभियान चलाए नेपालले सहयोग गर्ने वचनसमेत उनले दिए । चीनसँगको छलफलमा तिब्बतबाट रुसलाई खेद्नेलगायत कुरा चन्द्रशमशेरबाट सुनेपछि भारतस्थित तत्कालीन ब्रिटिस भाइसराय लर्ड कर्जनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धबाट ब्रिटिस साम्राज्य बढी लाभान्वित हुने निष्कर्ष निकालेका थिए । तिब्बतमा सैन्य, राजनीतिक र आर्थिक सक्रियता बढाउन नेपालको सहयोग लिनु ब्रिटिसका लागि आवश्यक भयो । ब्रिटिसको यस्तो मनस्थिति बुझेपछि उनले नेपाल र ब्रिटिस साम्राज्यबीच शान्ति तथा मैत्री सन्धि गराउन अग्रसरता लिए । नभन्दै सन् १९२३ मा यस्तो सन्धि भयो र नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ स्वतन्त्र तथा स्वाधीन राष्ट्रको हैसियत बनायो ।

नेपाल र ब्रिटिसबीच यस्तो सन्धि गराउनुपूर्व चन्द्रशमशेरले निकै प्रयास गर्नुपरेको थियो । लर्ड कर्जनकै पालामा बेलायतमा नयाँ राजा भए । दिल्ली दरबारमा हुने नयाँ राजाको राज्याभिषेक समारोहमा चन्द्रशमशेरलाई पनि आमन्त्रण गरियो । समारोहमा भारतका राजारजौटालाई बसाउन विशेष ठाउँ तोकिएको थियो । तर, चन्द्रशमशेरले कसैगरी पनि भारतीय राजारजौटाको पंक्तिमा बस्न मानेनन् । उनको अडानपछि स्वतन्त्र देशका प्रतिनिधिकै पंक्तिमा उनलाई बसाइयो । यो चन्द्रशमशेरको ठूलो कूटनीतिक सफलता थियो । त्यतिवेला दुई देशबीच सन्धि भएकै थिएन ।

राज्याभिषेक समारोहकै ‘साइडलाइन’मा चन्द्रशमशेरले भाइसराय कार्जनसमक्ष भेट मागँे । भारतका रजौटासँग भाइसरायले भेटनु ‘प्रोटोकल’विपरीत हुने जवाफ ब्रिटिस पक्षबाट आयो । यद्यपि, चन्द्रशमशेरले कर्जनलाई अन्त्यमा भेटेरै छाडे । १० मिनेटका लागि तय गरिएको भेटघाट डेढ घन्टासम्म लम्बियो । तिब्बतमा रुसको उपस्थिति घटाउन नेपालले ब्रिटिसलाई गर्न सक्ने सहयोगबारे चन्द्रशमशेरबाट कुरा सुनेपछि कर्जनले नेपाललाई विश्वासमा लिने मनस्थिति बनाए । नभन्दै चन्द्रशमशेरले भनेबमोजिम ब्रिटिसले तिब्बतमा सन् १९०४ मा सैनिक पठायो । यसमा नेपालले सहयोग गर्यो । सिक्किमको नाथुलापास हुँदै बेलायती सैनिक तिब्बत छिरे । तिब्बत छिर्ने बेग्लै नाका ब्रिटिसलाई उपलब्धि हुनु नेपालका लागि आर्थिक दृष्टिकोणले फाइदाजनक थिएन । यद्यपि, कूटनीतिक रूपमा भने नेपालले मनग्गे लाभ कमायो ।

सन् १९१३ मा सिम्ला सम्झौताअन्तर्गत ब्रिटिसले तिब्बतलाई विभाजन गर्ने योजना अघि सार्दा चीनले ठाडै अस्वीकार गरिदियो । सिंगो अविभाज्य तिब्बतलाई आफ्नो संरक्षणअन्तर्गत राख्ने अडानबाट चीन डगमगाएन । सम्पूर्ण तिब्बतमाथि चीनले ‘सुजरेनिटी’ दाबी गरेकाले नेपाल–ब्रिटिस सम्बन्धप्रति ब्रिटिसले बढी ध्यान दिन आवश्यक छ भन्ने कुरामा चन्द्रशमशेरले ब्रिटिस अधिकारीलाई सहमत गराए । चन्द्रशमशेरबाट भएका यस्ता विविध पहलपछि नेपालसँग सन्धि गर्न ब्रिटिस साम्राज्य तयार भएको हो । यसले नेपाललाई भारतीय राजारजौटाका राज्यभन्दा माथिल्लो दर्जा प्रदान गर्यो । तिब्बतलाई चीनले आफ्नै क्षेत्र मान्न थालेपछि ब्रिटिसले अब नेपाललाई ‘बफर स्टेट’ मान्नुपर्ने भयो । ब्रिटिस रणनीतिकारको धारणामा आएको यस्तो बदलावलाई चन्द्रशमशेरले नेपालको हितमा भजाउने काम गरे ।

सन् १९३५ ताका जुद्धशमशेरको पालामा नेपाल र ब्रिटिसबीच राजदूत आदानप्रदान हुन थालिसकेको थियो । नेपाल पूर्ण स्वाधीन हुँदा ब्रिटिसलाई अझ बढी फाइदा हुने भयो । स्वाधीन नेपाल ब्रिटिस इन्डियाका लागि बढी फाइदाजनक हुन्छ भन्ने कर्जनको नीतिलाई भारत स्वाधीन भएपछि प्रधानमन्त्री जवाहरलाल नेहरूले निरन्तरता दिए । नवस्वाधीन भारतले यसरी उपनिवेशकालीन कूटनीतिक परम्परालाई निरन्तरता दियो ।

कर्जनले नेपालसँग सन् १९२३ मा गरेको सन्धिजस्तै पण्डित नेहरूले नेपालसँग १९५० को शान्ति तथा मैत्री सन्धि गरे । त्यसपछि नेपालमा राणाशाहीविरुद्ध क्रान्ति सुरु भयो । त्रिपक्षीय दिल्ली सम्झौतापछि क्रान्ति टुंगियो र प्रजातन्त्र आयो । १९५० को शान्ति तथा मैत्री सन्धि, त्रिपक्षीय सम्झौता र त्यसपछि नेपालमा भारतीय भूमिका कर्जनको नीतिमा आधारित थियो । त्यसैले त्रिपक्षीय दिल्ली सम्झौता र प्रजातन्त्र स्थापनामा भारतीय भूमिका बुझ्न पहिले कर्जनलाई बुझ्नुपर्ने हुन्छ ।

०००

मोहनशमशेरले नेहरूलाई रिझाएर राणाशाही टिकाउन भारतसँग १९५० को सन्धि गरेका हुन् भन्ने कतिपय इतिहासकारले बताउने गरेका छन् । तर, यस्तो भनाइ मलाई सही लाग्दैन । दोस्रो विश्वयुद्धमा जर्मनीसँग ब्रिटिस साम्राज्य जुधिरहेको वेला भारतबाट अंग्रेज फिर्ता जाने तय भइसकेको थियो । दोस्रो विश्वयुद्धताका भारतमा ‘क्विट इन्डिया मुभमेन्ट’ उत्कर्षमा पुगेकाले युद्धमा ब्रिटिसलाई गाह्रो परेको थियो । आन्दोलन रोके युद्धपछि भारतलाई ब्रिटिस ‘डोमिनियन’ बनाउने प्रस्ताव भारतीय नेताले मानेनन् । पूर्ण स्वाधीनता दिने वचनबद्धता ब्रिटिस सरकारबाट आए मात्र आन्दोलन फिर्ता लिने अडानमा उनीहरू थिए । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टले भारतीयहरूको माग स्वीकार गर्न ब्रिटिस सरकारलाई दबाब दिएपछि अन्तत: ब्रिटिस सहमत भयो । त्यसैले भारतबाट अंग्रेज फिर्ता जाने कुरा युद्ध नसकिँदै तय भइसकेको थियो । अंग्रेजको फिर्तीपछि उनीहरूको मित्रताको आडमा टिकेको राणाशाही ढल्छ भन्ने सामान्य कुरा मोहनशमशेरले नबुझ्ने कुरै थिएन । राणाशाही ढले पनि नेपाली स्वाधीनता अक्षुण्ण राख्नुपर्छ भन्ने पवित्र अभिप्रायबाट उनी प्रेरित थिए । ब्रिटिस फर्किएपछि नेपाललाई भारतीय संघकै हिस्सा बनाउने प्रयत्न कतैबाट नहोस् भन्नेमा उनी सचेत थिए । यसैको उपज थियो, उनले भारतसँग सन् १९४७ मा गरेको यथास्थितिको सम्झौता । यो सम्झौताले नेपाल, भुटान, सिक्किमलगायत कास्मिरबाहेकका भारतीय उपमहाद्वीपका हिमाली राज्यप्रतिको भारतीय नीतिलाई उपनिवेशकालकै अवस्थामा राखेको थियो ।

नेहरूले कर्जनकै नेपाल नीति अवलम्बन गर्ने निधो गरेलगत्तै चीनमा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सम्पन्न भयो । लगत्तै माओले तिब्बतमा चिनियाँ फौज उतारे । त्यतिवेला भारतले यथास्थितिको सम्झौता गरिसकेको थियो । तिब्बतमा चीनको सैन्य सक्रियताका कारण भारतले उत्तरी सीमामा चिनियाँ ‘थ्रेट’ महसुस गर्यो । चीन अझ उत्तरपट्टि सक्रिय हुन नपाओस् भन्ने सुनिश्चित गर्न भारतले नेपालसँग सुरक्षा सन्धि गर्नैपर्ने बाध्यता देख्यो । यसैको उपज हो– १९५० को शान्ति तथा मैत्री सन्धि । सन्धिसँगै आदानप्रदान भएका पत्रचार आदिले यसलाई पारस्परिक सुरक्षा सन्धिको स्तर दिलाएको छ । यो फौजी सन्धि भने होइन । यो सन्धिले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छ । यद्यपि, नेपालको सुरक्षा र विदेश नीति भारतसँग जोडिएको छ भन्ने प्रस्तावनालाई सन्धिले अनुमोदन गरेको छ । यसले चीनको प्रतिरोधमा नेपाल र भारतलाई एकै ठाउँमा उभ्याइदिएको छ । सँगसँगै नेपालमा कुनै पनि विदेशीको उपस्थितिलाई निषेध गर्न खोज्ने भारतीय अभिप्राय पनि सन्धि र योसँग आदानप्रदान भएका पत्रमा झल्किएको छ ।

नेपालमा आफूप्रति ‘लोयल’ सरकार बने मात्रै १९५० सन्धिको अक्षरश: पालना हुन्छ भन्ने विश्लेषण भारतीय पक्षबाट भयो । यस्तै परिवेशमा भारतले नेपालमा क्रान्तिको अवधारणा अघि सारेको थियो । क्रान्तिको बीज प्रजा परिषद्ले रोपेको भए पनि विसं. १९९७ सालमा यसका सबै नेता पक्राउ परेपछि प्रजा परिषद्को अभियान व्यावहारिक रूपमा शून्य भएको थियो । यस्तोमा भारतीय भूमिमा कांग्रेस पार्टीको जन्म भयो । क्रान्तिमा यही पार्टी अग्रपंक्तिमा रह्यो ।

भारतलाई नेपालमा प्रजातन्त्र स्थापना गराउनुपर्ने मूलत: चार कारण थिए । एउटा, नेहरूमा रहेको प्रजातन्त्रप्रतिको प्रतिबद्धता । दोस्रो, भारतको नेपाल नीतिमा सुरक्षासम्बन्धी विषयको प्राधान्य । तेस्रो, नेपालमा राजनीतिक स्थिरता हुनुपर्छ र यस्तो स्थिरता आफूअनुकूल हुनुपर्छ भन्ने भारतीय मान्यता । र, चौथो, प्रजातन्त्रअनुकूलको अन्तर्राष्ट्रिय परिस्थिति ।

भारतीय संस्थापनको यस्तो आकांक्षासँग राममनोहर लोहिया र जयप्रकाश नारायणजस्ता नेहरूसँग विभिन्न विषयमा मतभिन्नता राख्ने भारतीय समाजवादी नेता पनि सहमत थिए ।

सात सालको कात्तिक महिनामा कांग्रेसले राणाविरुद्ध सशस्त्र क्रान्ति सुरु भएको घोषणा गर्यो । माघमा राणाशाही झुक्यो । फागुनमा प्रजातन्त्र स्थापना भएको घोषणा भयो । सबै काम फटाफट भए, मानौँ, सबै कुरा पहिले नै तय भइसकेको थियो । यति छोटो अवधिमा यति ठूलो परिवर्तन नेपालबाहेक अन्त कतै सम्भव भएको पाइँदैन ।

दिल्लीमा भएको त्रिपक्षीय सम्झौताले क्रान्तिको समापन र नेपालको भावी मार्ग तय गरेको थियो । दिल्ली सम्झौतामा मुख्य तीन बुँदा थिए । पहिलो, निर्वाचित जनप्रनिधिबाट गठित संविधानसभाले संविधान बनाउने । दोस्रो, निर्वाचन नहुँदासम्म राणा र राजनीतिक दल सम्मिलित संयुक्त सरकार बनाउने र यो सरकारले निर्वाचन गराएर दुई वर्षभित्र संविधान तयार पार्ने । तेस्रो, राणाले राजा बनाएका ज्ञानेन्द्रलाई गद्दीबाट हटाएर त्रिभुवनलाई पुनर्बहाली गर्ने ।

टंकप्रसादलगायत प्रजातन्त्रको बिउ रोप्ने प्रजा परिषद्का नेता क्रान्तिताका जेलमा थिए । उनीहरूलाई क्रान्तिका निम्ति आवश्यक ठानिएन । प्रजा परिषदे नेपाली माटोमा जन्मिएको र स्थानीय परिवेशमै भिजेको थियो । टंकप्रसाद आचार्य, गोपालप्रसाद रिमाल, विजय मल्ल, गोपालदास श्रेष्ठ, त्रिपुवर सिंह प्रधानलगायत नेताले नेपाली माटोबाटै नागरिक अधिकार र राजनीतिक स्वतन्त्रताका पक्षमा आवाज उठाएका थिए । यस्तो राजनीतिक शक्ति नेपालमा उदाए चीनप्रतिको भारतको सुरक्षा चासोलाई नेपालले अक्षरश: अनुमोदन नगर्ला भन्ने भय भारतलाई थियो । त्यसैले उनीहरूलाई क्रान्तिताका जेलबाट निकाल्ने पहल गरिएन । मातृकाप्रसाद कोइराला, बिपी कोइरालालगायत नेपाली कांग्रेसका अधिकांश नेता कलकत्ता अथवा बनारसमा क्रियाशील थिए । गणेशमान सिंह चाहिँ नेपालबाट भागेर पारी पुगेका थिए । कांग्रेसी नेताहरूको जीवनको अधिकांश समय भारतमै बितेकाले उनीहरूलाई भारतीय नेताले बढी विश्वास गर्थे । बिपी जम्मा ६८ वर्ष बाँचे । जेलजीवनबाहेक उनले नेपालमा १६ वर्षमात्रै बिताए । उनको बाँकी जीवन भारतमै बित्यो ।

१९५० को सन्धि र त्रिपक्षीय दिल्ली सम्झौताप्रति कांग्रेस नेतृत्व सिद्धान्तत: सहमत थियो । क्रान्तिपूर्व मोहनशमशेरले भारत भ्रमण गर्दा भारतले उनलाई १९५० को सन्धिमा हस्ताक्षर गर्न आग्रह गरेको थियो । तर, उनले भारतीय भूमिमा हस्ताक्षर गर्न मानेनन् । देश फर्किएर छलफल गर्छु भन्दै सन्धिको मस्यौदा बोकेर आए । मोहनशमशेरले भारतका सबै कुरा मानेको खण्डमा भारतले राणाशाहीकै समर्थन गर्ला भन्ने भय बिपीलाई भयो । त्यसैले मोहनशमशेर नेपाल फर्किएलगत्तै उनले हतार–हतार ‘नेपाल र भारतबीच साझा सुरक्षा नीति बन्नुपर्छ’ भनेर वक्तव्य दिए । सन्धिमा हस्ताक्षर नगरी मोहनशमशेर नेपाल फर्किएपछि भारत सशंकित बनेको थियो । भारतलाई चिढ्याउँदै राणाशाहीले ००४ सालमै अमेरिकासँग दौत्य सम्बन्ध स्थापना गरिसकेको थियो । त्यसैले मस्यौदा बोकेर फर्किएका मोहनशमशेरमाथि दबाब सिर्जना गर्न भारतले ००६ सालमा नेपाली कांग्रेस गठन गरायो । यही पृष्ठभूमिमा १९५० को सन्धि र त्रिपक्षीय दिल्ली सम्झौता भयो ।

०००

क्रान्ति सम्पन्न भएपछि नेपाली राजनीतिमा भारतको हालीमुहाली चल्न थाल्यो । कांग्रेसभित्रको किचलो भारतीय नेताले मिलाइदिनुपर्ने भयो । कतिपटक त नेपाली मन्त्रिपरिषद्को बैठक नै दिल्लीमा बस्न थाल्यो । मन्त्रिपरिषद् र राजालाई भारतीय ब्युरोक्र्याट्सको निगरानीमा राखियो । उनीहरूले नेपालका सम्पूर्ण मामिला ‘डिक्टेट’ गर्न थाले । भारतले चाहेका व्यक्ति मात्रै प्रधानमन्त्री बन्ने संस्कार संस्थागत भयो । आफूप्रति ‘लोयल’ नेपाल सरकारबाट भारतले हाम्रो सुरक्षा र विदेश मामिलामा हालीमुहाली खोजेको थियो ।

विसं. २०१० तिर भारतले नेपालसमक्ष परराष्ट्र र सुरक्षासम्बन्धी विषयमा केही आपत्तिजनक प्रस्ताव गरेको थियो । चीनसम्बन्धी कुनै निर्णय गर्नुअघि भारतको परामर्श लिनुपर्ने, भारतको दूतावासमार्फत विदेशमा कूटनीतिक प्रतिनिधित्व गराउनुपर्नेलगायत प्रस्ताव भारतले गरेको थियो । भारतीय प्रस्तावमा राजा त्रिभुवन, प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मी सबै सहमत थिए । तर, त्यतिवेला राजकाजमा युवराज महेन्द्रको हालीमुहाली सुरु भइसकेको थियो । त्रिभुवन बिरामी भएकाले महेन्द्र राजकीय शक्तिको मियो बन्दै गएका थिए । राजा, प्रधानमन्त्री र परराष्ट्रमन्त्री सबै सहमत हुँदासमेत उनकै कारण भारतीय प्रस्ताव स्वीकृत हुन सकेन ।

नयाँ पत्रिका