बाल पन मै ख्याल ख्याल मै हाम्रो बिहे भाको
सिन्दुर पोते चुरा धागो ढुङ्गा माटो देको ।।
:::::::::::::
बुडा बुडी हामी दुई छोरा छोरी थिय
माटो को भात पकायर पराल को तिउन खाको ।।
काने काने पिच्चा भन्दै दौडियर हिड्थेउ
मन दुख्ने कुरा गरे कट्टी नबोलेको ।।
नबोलेरै हाम्रो प्रिती गहिरो बनेको
बाल पन मै उनको मेरो बिहे भयको ।।
एकै छिन छुटे भने भौतारिदै खोज्थेउ
हात समाइ टाढा टाढा घुम्न गयको ।।
आधा आधा खाने कुरा बाडी खायको
गोरख काली साक्षी राखी कसम भनेको ।।
समयले बिर्सायको बाल पनको माया
चोखो मिठो पवित्र त्यो अझै सम्झेको ।।
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें