विरोध का लागी विरोध होइन
सुमार्ग निर्देशनको आवाजका लागी
।फेरी एउटा पाटन उठनु परेको छ
आठ दल को बहुलठ्ठी निर्णय हरु सुधार्न का लागी
नेपालयको समग्र उन्नती को निम्ती
लोकतन्त्र´को बलियो जग खन्न को लागी
फेरी एउटा पोखरा मा लहर चल्नु परेको छ
जनमत संग्रह को अधीकार छुटाउने लाई नङगाउने परेको छ
जनता रैती र दाश होइन न भाँडा को राजनिती कार्यकर्ता
सार्भभौम नेपाली जनता यो सत्य महसुष गराउनु परेको छ
त्यसैले फेरी एउटा सुनसरी जाग्नु परेको छ
आन्दोलन को भावना विपरीतका सबै नेतालाई छाड्नु परेको छ
संविधान सभाको चुनावमा विरोधिलाई पनि मौका दिनु परेको छ
सच्चिने मौका माओवादी लाई मात्र होइन कमल थापा लाई पनि दिनु परेको छ
हिँशा प्रति-हिँशा साच्चै नै रोक्ने हो भने
फेरी एउटा म्यालुङ बजार जाग्राम बस्नु परेको छ
राष्ट्रबाद को नयाँ पतका फहराउन बाकी नै छ
युद्धको भुत-भुते खरानी बाट निर्माण को बाटो खोज्नु परेको छ
त्यसैले फेरी एउटा रोल्पाले बन्दुक मोह त्याग्नु परेको छ
अहिशाको हातेमालो सहित लङमार्च गर्नु परेको छ
लोकतन्त्र को स्थाइत्व र बिकासका लागी
विरोधको मुठ्ठी होइन सहयोग को सपत गर्नु परेको छ
फेरी एउटा चितवन ले संगम चोकमा कुटो बोक्नु परेको छ
नेपाली श्रमको नेपाली चर्खा अब चल्नु परेको छ
विरोध का लागि विरोध होइन शान्ति को नारा घन्काउनु परेको छ
भोली ईतिहास ले सराप्ला राजालाई पनि एक मौका दिनु परेको छ
त्यस्का लागि फेरी एउटा काठमाण्डौ चनाखो हुनु परेको छ
व्याक्ती पूजा होइन अब राष्ट्र पूजा नै शाहीदको आकांक्षा सबै ले बुझ्नु परेको छ
त्यसैले बृह्तर नेपाल मा जीवन र जगत को मर्म बुझाउनु परेको छ
सबै पारदर्शी प्रणाली को बिकासको लागि जन सहयोग को अपिल छ
जन बिकास र जन बिचार नयाँ भावना का लागि
पुन कृष्णमन्दिर चोक मा एउटा पाटन उठनु परेको छ
-अशोक " खलान को मान्छे "
ड्रामस्टाड , जर्मनी
मंगलवार, 26 जनवरी 2016
मंगलवार, 19 जनवरी 2016
खुलेको भय हुन्थो खुले पक्षी सास्ती भयो
न खुलेको भय हुन्थो खुले पक्षी सास्ती भयो
मनको चोखो माया मेरो उपहाश प्रती भयो । ।
पिडा हुन्छ जलन बड्छ आजकाल उनको हाशो ले नि
घाउँ माथी नुन चुक सहदा झन ठुलो खती भयो
मेरो माया फुल जस्तो काँडा बिच नफुले नि
जुन डुब्दा पर्ने सित नानी झार को गती भयो । ।
घाम को किरण मेरो लागी नपोखियोश अब देखी
दिना हरु डुबाउछु खै कस्तो मती भयो । ।
मान्छे हरुको भिडमा हरायको मान्छे हु म
जस्लाई आफ्नो ठाने मैले उस्कै दुखको नियती भयो । ।
"खलानको मान्छे "
सदस्यता लें
संदेश (Atom)