शनिवार, 8 सितंबर 2018
Kathmandu
सोझा साझा ईमान्दार को बिल्ला गर्छन काठमन्डौ मा
चोर फटाहा डुष्ट हरुको तारिफ हुन्छ काठमान्डौमा । ।
गाउले पाखे पछौटेको सोझो पनको फाईदा उठाई ।
मनोरंन्जन लिनेहारु बस्दा ह्रैछन काठमान्डौ मा । ।
पैशाको लागी मान्छे बिक्दै छ है काठ्मान्डौमा ।
जताततै गनाउने दुर्गन्दित सभ्य काठ्मान्डौमा । ।
हरि बिजोक देखाउछन चिल्लो सफा पोशाक धारी
अत्तर छर्की लुकाउछन दुर्गन्ध सब काठ्मान्डौमा । ।
"खलानको मान्छे"
Timi sundar
तिमी सुन्दर बिहानिको घाम जस्तै उदाउदै छौ हिमाल को पहिलो किरण जस्तै झलामाल देखिदै छौ । । बसन्तको सुवाश जस्तो मनमोहक फैलियर सान्त मेरो जिन्दगीमा खल्लबल पार्ने किन उध्धोम गर्दै छौ । । पाहाडको एकान्तमा गिता गाउने कोईली जस्तै निर्झर मेरो मन भित्र बशी गित गुन गुनाउदै छौ । । सोह्र श्रीङ्गार त्यो रुपमा झलामाल दिन जस्तै मिठो बोली झनै मिठो सबैलाई लोभ्याउदै छौ । । तिमी रानी प्रकृतिको सुन्दरी हौ हिमालको जती जती नजिक हुन्छु झनै तृश्णा जगाउदै छौ । । घाम तिमी जुन तिमी निलो आकाश मेरो तिमी मेरो धर्ती मेरो आशा बिश्वाश नया जन्माउदै छौ । । "खलानको मान्छे"
सदस्यता लें
संदेश (Atom)