मंगलवार, 14 मार्च 2023

म घाईते छु सम्हाल्न न आऊ

 म  घाईते छु सम्हाल्न न आऊ

चोट हरु छन कचेल्न न आऊ 

हारेर यसै वस्ने छैन तेसै 

अझै कठोर कर्म गर्छु बिथोल्न न आऊ 

म घाईते छु सम्हाल्न न आऊ 

मेरो नियतिमा हास्ने हरु हो 

आफन्त को भेषमा फकाउन न आऊ 

दुनियाको दुई रुप देख्दै छु आज 

रात सधै हुन्न भुलेर न आऊ 

बिहानी होला औसधि नि पाउला 

तब मेरो दिन मा क्षेमा माग्न न आऊ 

जिबन को हर मोड सधै दुस्कर हुन् 

मेरो सानो खुशी मा जल्न न आऊ 

खलानको मान्छे 

मंगलवार, 24 जनवरी 2023

देवता बनाई दियौ

 मुर्दा सरी मलाई   

जिउदै जलाई दियौ 

मरेका हरु लाई   

 देवता बनाई दियौ 

मुर्दा 

म रोइन एक्लै 

जल्दा हरेक दिन

अशिम पिडा भोगे  

पल पल हरेक छिन 

मुर्दा 

मन सन्त छैन 

अझै पनी किन 

खरानी बनायौ 

तपस्या बुझेनौ 

मुर्दा 

नदेखाऊ मनको 

पिडा हरु जगलाई 

नसुनाऊ कतै 

व्यथा हरु सबैलाई 

मुर्दा 

तिमि खुशी छैन उ 

यहि त् पिडा हों 

तिम्रो दुख हर्ने 

प्रयत्न खेरा गो 

 -खालान को मान्छे 


गुरुवार, 5 दिसंबर 2019

एक काटी सलाई

अँध्यारोमा एक काँटी सलाई
पनिको भूमिका ले गर्दा ओसियछ
जाडो बडेको छ औधि
जीवन कष्टकर बनेको छ
सम्झनाले । ।

प्रतिबन्ध छ यहाँ
उकाली ओ राली हिड्न खुशीले
जिबनको सगरमाथा चड्न
भुता पिचाश को आशिर्वाद लिनु पर्ने भएको छ 
बिबस्थाले

शक्ती को मदा मा रौसिन 
कलम को ठाउँमा बन्दुक थमाय 
कालीलो हातमा चन्दाको पर्चा थमाई 
अन्धकार मा गेसपेपर बेच्दै डर को साम्राज्य खडागरे
बिध्वान हरुले

सृजनात्मक क्षमतामा क्रमश हिर्काईले 
ओराली लगेको बेला 
गुणस्तरियताको मापन बनाउदै
उज्यालो अलाप्दै अध्यारोको गान सिकाउन थाले
शिक्षेक हरुले

अतित संम्झेर बर्तमान ओसिलो लग्छ 
षडेन्त्रको धुवाहरु बदल बनेर आकाशमा मडारिदा
रगतका होली खेलेका हरु
अग्नी बर्षा को रापमा सेकिदै छन 
हरियो डलर र 
आईसी का नोठ ले
मेरो कबिता संग्रह तपश्बी श्याल बाट 
"खलानको मान्छे"

शनिवार, 1 जून 2019

नसताउ

यती धेरै रिसायर नसताउ मेरी माया
हक तिम्रो रिसाउने फकाउछु मेरी माया ।
अधा हिस्सा जिबन को तिम्रो पोल्टो भरी दिन्छु
आधा कर्तब्य हुन प्यारी साथ देउ पुरा गर्छु ।
यती धेरै रिसायर नसताउ मेरी माया

साना साना खुशी जोडी बनेको छ घर संसार
त्यही खुशी बाडी दिदा बलियो हुन्छ परिवार । ।
मै खाउ मै लाउ भन्नु हुन्न मेरी माया
मोह माया त्याग्न सके सुख हुन्छ मेरी माया । ।

यती धेरै रिसायर नसताउ मेरी माया

पिरहरु त्यागिदेउ कर्मठ बन्ने शक्ती देउ
लोभ क्रोध छाडी देउ जुझारु बनी देउ
तब हामीलाई दुनियाले असल जोडी भन्ने छन
माता पिता भाई बन्धु सबले आशिष दिने छन
यती

त्यागी देउन असिमित ईक्षा बड्ने मोह पासो
जे छन सिमित यि खुशी मानेउ भने धेरै साचो ।
हासिदेउ मुस्कायर रहश्य खुल्छ सबै
सारा दुख पन्छियर खुशी भेट्छौ सधै
"खलानको मान्छे"

गुरुवार, 30 मई 2019

Mauka

उनले जनता लाई मौका दियर
माहान बंश को आदर गरे
जनताको शुखका खस्तिर
दर्बार त्यागी रैती झै रहे
माटोको सर्बोच्चता नै जिबन हो
नेपाली सबै सन्तान हो
आ मुक फिरंङ्गी सङ झुक्नु भन्दा
गर्भ गर्छन जनता बन्नु मा
स्वाभिमानी नागरिक हुनु मा ।
बीकेका अराजक झुण्डा सँग
रहेनछ कायान्तर गर्ने जुक्ती
सत्ताको मद मा बिबेक सुन्य
लुटेरा ह्रैछन राज्यकोष रित्ताउने
देशको लागी होईन ह्रैछ
बन्दुक बोकेका जिबनमा
जनताको लागी होईन ह्रैछ
ढुङ्गा हानेको सडकमा
मन्द बिषको प्रभाब कस्तो
झुक्किय जनता कुचक्रमा
रुदै छन आज बेथिती मा
देशलाई माया गर्ने बंश को परंम्परा थाती छ
धैर्य गर्दै हेर्दै छन जनताको सासन सिक्दैछन
नदिई जनताले नमाग्ने
न उठी जनता नहुने
भब्य दिब्य पुनरगमन ।
नेपाली जनले गराउने
माटो नै जिबन मटोनै जगत
नेपाल नेपाल भजने
सबैको साझा नेपाली राजा
जनाताले नारायण हिटी बोलाउने
आउने छ त्यो दिन
सहन सके माटोलाई माया गर्न सके
लुटेराका लुट झुटको पर्दाफाश गर्न सके
मनको आस्था बिश्वाश को ज्योति
नडगमगाई जलाउन सके
"खलानको मान्छे"

मंगलवार, 28 मई 2019

Samjeu hola

तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई बन्द गर्दा यि दुई नजरमा आई सताउछौ मलाई । तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई सानो घरको साना खुशी तिमी लाईनै छाडी आथे बड्दै होला दिन दिन संम्हाल्दै होलाउ तेस्लाई तिमीले संम्झेउ कि संझेनौ बाडुल्की लाग्छ मलाई कहिले काही दिन हरु अत्याश लाग्दा ठुला लाग्छन मनको मझेरिमा हास्छौ सान्तोना दिन्छौ मलाई तेजाबी सपनाले जलाउछ किन मन लाई तिमी बिना को संङ्घर्श फिक्का छन सारा जगलाई । । तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई तृष्णा सबै मेटाउन घरी लाग्छ फर्कु क्या रे दश नङ्ग्रा घोट्छु गाउमा आटी पिठो हुन्न तिमीलाई । । बिशम महंङ्गिको खाडल बनावटी मान्छे हरुलाई सहन गाह्रो भयो पर्देशियका जन लाई "खलानको मान्छे"