बुधवार, 6 अगस्त 2014

दिन हरु दिन जस्ता नभयका दिन हरु

दिन हरु दिन जस्ता नभयका दिन हरु 
कती कती बेथा पाली रुदै छ मन हरु ।। 
मेरो जस्तै तिम्रो पनि होलान कती दर्द दु:ख 
परेली बाट झर्लान बेदनाका झरना हरु ।। 
दिन हरु दिन ,,,,,
कोठेबाली सुख्खा होला कटेरो चकमन्न 
बटुवाको पाइला सुन्दा जस्कन्छन जुन हरु ।। 
 घर अगाडि सुन्तलाको बोटमा बसी काग कराउदा 
खबर केही आउँला भन्दै हतारिन्छन नयन हरु ।। 
दिन हरु दिन जस्तो ,,,,,,
"खलान को मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें