रविवार, 30 नवंबर 2014

ईश्वोर र सैतान

ईश्वोर र सैतान 
एउटा सुन्दर गाउ थियो हिमालको काखमा 
भक्ती गर्थे ईश्वरको त्यहा आदिम कालमा । 
भक्ती देखी ईश्वर को डराई अशुर हरु 
सेवा गर्छु भन्दै पशे भाक्त हरुलाई मास्न ।। 
ताराकाशुर आयको थो पैलो अशुर दानब 
साह्रै दु:ख दियो त्यस्ले छेती ठुलो मानब ।। 
त्राही माचायो त्यस्ले मलाई पूज भनेर । 
प्रिथिबी नै काप्न थालिन त्यस्को हठ देखेर ।। 
प्रक्रिती र पुरुष नै पूर्ण सत्ते ईश्वर 
प्रक्रिती पुरुष बिना बन्छ हेर अशुर ।। 
अशुर हरु स्वयम लाई भन्छ इश्वर पुत्र 
तमश भाव भरियको ति त कु पात्र ।। 
बेद लाई लत्याउछन गीता झुठो मान्छन 
ज्ञान बिज्ञान ले प्रमाण दिदा पनि हैन भन्छन ।। 
झुठो कथा ईश्वरको बाइबल कुरान ग्रन्थ 
छैन पञ्च माहाभुत लाई मुक्ती दिने यन्त्र ।। 
देब भुमी तपो भुमी मा जन्मियका हरु 
भ्रममा रुमालीदै धर्म त्याग्ने हरु ।। 
मुक्ती तिम्रो असंभव छ सनातन धर्म नबुझे 
यही एक सत्ते को बाटो हिंड्न छाडे ।। 
मृत्यु पक्षी शरीर लाई होइन बकश मा सडाउने 
पञ्च माहाभुतमै हो देह लाई मिलाउने ।। 
जाग जाग भक्ती गर परात्पर ईश्वर को 
उनै एक सत्ते हुन संपूर्ण कायनाथको ।। 
"खलान को मान्छे "

जय जय नेपाल

स्वाभिमानी सिर तिम्रो झुक्नु हुँदैन 
पुग्नु पर्छ सिखर संम रुक्नु हुँदैन ।। 
,,,,,,,,,,,
जननीको आशु पुछ्ने वीर हरु हो 
यिनको निम्ती जिबन मरण भुल्नु हुँदैन ।। 
,,,,,,,,,,,,,,,
मेची काली एकै भय हास्छिन नेपाल 
भाई फुटे गवार लुटे बन्नु हुँदैन ।। 
,,,,,,,,,,,, 
कर्मठ हात जुट्नु पर्छ एकै भावमा 
जय जय नेपाल गाउँन छाड्नु हुँदैन ।। 
"खलानको मान्छे"

हृदय खुशी भई दिन्छ आजकाल याद हरुको सागर मा डुब्दा

हृदय खुशी भई दिन्छ आजकाल याद हरुको सागर मा डुब्दा 
एक्लै टोलाउने नजर भरी ति सुन्दर द्रिष्य पुनरा ब्रीत हुँदा ।। 
................
त्यो ढुङ्गे धारा त्यो पाटी पैवा चौतारी र देउराली हरु 
त्यो रानी बन त्यो सल्ला घारी घुम्दै नाच्थेउ बच्पन हुँदा 
...............
गोठालो जान्थेउ बन भात खान्थेउ छुट्टीको मस्ती कपर्दी खेल्थेउ 
यो सबै भोगेको जिबन यही यादहरु खुशी ले नाच्दा 
याद हरुको सागर मा डुब्दा 
"खलानको मान्छे"

गुरुवार, 27 नवंबर 2014

स्वाभिमानी सिर तिम्रो

स्वाभिमानी सिर तिम्रो झुक्नु हुँदैन 
पुग्नु पर्छ सिखर संम रुक्नु हुँदैन ।। 
,,,,,,,,,,,
जननीको आशु पुछ्ने वीर हरु हो 
यिनको निम्ती जिबन मरण भुल्नु हुँदैन ।। 
,,,,,,,,,,,,,,,
मेची काली एकै भय हास्छिन नेपाल 
भाई फुटे गवार लुटे बन्नु हुँदैन ।। 
,,,,,,,,,,,, 
कर्मठ हात जुट्नु पर्छ एकै भावमा 
जय जय नेपाल गाउँन छाड्नु हुँदैन ।। 
"खलानको मान्छे"

सोमवार, 24 नवंबर 2014

काठ्मान्डौ

देख्यौ त यो सिसिर को तुसारोमा पनि फुल फुलेको छ काठ्मान्डौ 
दुलही जस्ती सिगारियर, परचक्री हासायको छ काठमान्डौ ।। 
यो गणतन्त्र को उपल्ब्दी हो आँखा मा छारो   हाल्ने नेताहरुलाई 
फोहर को पोका भरी अस्थब्यस्थ जिन्दगी लुकायको छ काठमान्डौ ।। 
सादगी आफ्नो पन धर्म हराय पछी 
झुटै झुट को सिस महल बनेको छ काठमान्डौ ।। 
यो भब्य तयारी नेपाल आमा रुहायर गरियको हो 
केवल पुरानो सार्क को झलक देखाईयको छ् काठमान्डौ ।। 
"खलानको मान्छे"

डमरू ले घाश खाँदैन ,हिमाल पनि त झुक्दैन

डमरू ले घाश खाँदैन ,हिमाल पनि त झुक्दैन 
प्रिथिबी तल का ध्यानी हरु सच्चा हिन्दू चुक्दैन ।। 
,,,,,,,,,,,,
धर्ती आय तराकाशुर त्रिलोक पती बन्दै 
धर्म नष्ट गर्न लाग्यो त्राही मचाउदै 
डमरू,,,,,,,,
हिमालय खन्ड भित्र अलका पुरी हाम्रो 
हिमवन राजा थिय पार्वती छिन राम्रो 
धावा बोल्यो डुश्टले जसै नेपालमा 
पार्वती जागिन हेर प्रतिकर गर्न 
डमरू ,,,,,,,,,,
नेपाल मेरो सनातन धर्म उदयको 
यहिधर्ममा प्रकृतिको सत्ते रहेको 
चिने स्वयम ईश्वको बरदान हामी  
नचिन्ने लाई परधर्म छैन मोक्षे गामी 
"खलान को मान्छे"
धर्मिक जागरण गीत 


जन्म दिनको बधाई छ

बधाई छ बधाई छ जन्म दिनको बधाई छ 
अनेकौ शुभ कामना जन्म दिनको बधाई छ 
,,,,,,,,,,,,,,,,,,,,,,
प्रेम बडोश सधै,खुशि हाशो बडोश 
आफ्नो दियो आँफै जलाउने सक्ती मिलोश 
,,,,,,,,,,,
प्रकाश छ त धर्ती जगमक्क सुन्दर हास्छ 
हर प्राणी लाई मायाँ गर्नेले ईश्वर को आषिस पाउछ ।। 
प्रक्रिती गुण सत्ते यो बुझ्ने कर्म योगी 
आँफै जलेर सधैं धर्ती लाई प्रकाश छर्छ । 
"खलानको मान्छे"
जन्म दिनको शुभ-कामना गीत 

स्वयम मा ईश्र्वर पाउछौ

स्वयम लाई विश्वाश गर मनुवा स्वयम मा ईश्र्वर पाउछौ 
हरे राम हरे कृष्ण माहान मन्त्र जप्छौ ।। 
भागवत गीता जिबनको दर्शन शास्त्र बनी 
मथुराका कृष्ण पनि वारीपरी भेट्छौ ।। 
ब्रिद्दसाला होइन माता पिता साथ रोझ्छौ 
ज्ञान गुण चेतनाले श्री हरी देख्छौ 
नभट्किउ मनुवा तिमी धैर्य गर सधैं 
लोभ लालच भोग बृद्दी सबै माया बुझ्छौ ।। 
"खलानको मान्छे"

सधैं भक्ती रहोश मेरो राष्ट्र प्रती

सधैं भक्ती रहोश मेरो राष्ट्र प्रती 
सधैं गौरब रहोश मेरो पुर्खा प्रती 
यो सिर नझुकोस पर्चक्री सामु 
दिन दिनै बडोस माया नेपाल माथि 
फहराओस रातो चन्द्र सुर्य झन्डा 
यो झन्डा को सान राखी संसार माथि ।। 
नेपाली को भक्ती बडोश देश माथि 
देश नै सर्बस्व गर्व देश माथि 
"खलानको मान्छे"

बुधवार, 19 नवंबर 2014

यो दुर्भाग्य होइन

यो दुर्भाग्य होइन 
परिक्षा हो हामी सबैको 
सैतान हरुले पिडा दिन्छन 
घडी हो यो प्रतिकार को 
उठ जाग स्वाभिमानी हरु 
कुरा छ अब देशको 
नजागे हुन्छ घोर अध्यारो 
अस्तित्व मेटिन्छ नेपाली बिरको 
पुर्खाले जोगाइ तिमीलाई सुम्पेको 
धरोहर हो भाबी पिडिको 
तिमीले नचिने कस्ले सम्हाल्छ 
सत्ताका पिपाशा छन यहाँ बिकेको 
जगरण को अमुल्य घडी यो 
धर्रमर मा छ मात्रीत्व सबै को 
यि आमा रुन्छिन बिलाप गरेर 
छ पवित्र अस्तित्व देब भुमिको 
सत्ते युगमा यो तपो भुमी थो 
ड्वापर युग मा बेद भुमी जो 
तेत्रा युगमा मोक्षे भुमी यो 
आधी पर्व हिमालय साक्षी जो 
दुर्गा रुप्व्णी पार्वती हुँन हिमालकी 
जो धर्मको नाभी जगतकी 
परा चेतना योग मायाको 
कलिको प्रभाव हो कि 
छाँया डुश्टको 
प्राहार सहन्छौ कती 
मानब देब भुमिको 
उठ जाग अब परिक्षा सुरुभो 
होइन भने त सैतान बिजय भो 
धर्म को रक्षेक उठ जागेर 
सनातन राष्ट्र धर्ती को बुझेर 
"खलानको मान्छे"