गुरुवार, 25 दिसंबर 2014

मनको ईशा हौ तिमी भग

मनको ईशा हौ तिमी भगवान एक सबैको 
बिहानी सुर्य दय अरुणिमा हौ जगत को 
त्यागको पराकष्ट आशितोष को जगत्मा 
आलोक जगाउने तिमी करुणा भरी संसारको 
मनको .....
"खलानको मान्छे"  


तिमीलाई धेरै धेरै बधाई

तिमीलाई धेरै धेरै बधाई जन्मदिन को शुभ-कामना 
दिर्धायु र स्वश्थ रहु सधैं यही छ मेरो कामना 
तिमीलाई ............
फुल झै हाशी रहोश जिबन शुभास मिठो छरी 
दुबो झै फैली रहोश कृर्ती सत्कर्म लगोश भावना 
तिमीलाई .............
नझुकोश सिर कही तेसै पित्री र देवको पाउमा बाहेक 
कर्मको पथमा हिडोश त्यो मन आर्तको सेवा नै चाहना 
प्रेमको पथमा छन खाल्टा खुल्टी ति सबै हुन जिबन धारा 
दु:खमा पनि हासेर जिउने मिलोश सधैं बाहाना 
"खलानको मान्छे"
मेरो साथी लाई जन्म दिनको शुभ -कामना 




रविवार, 21 दिसंबर 2014

एउटा चिट्ठी पाय हजुर बालाई लेखियको ।।

पुरानो फाईल भित्र अती जतन ले राखीयको 
एउटा चिट्ठी पाय हजुर बालाई लेखियको ।। 
सपनाका कुरा थिय,सँगै जिउने कुरा थिय 
पर्खियर जिबन भरी खुशी हुने भनियको ।। 
सानो संसार बनाउने चाहना ति कस्को होला 
बुझिदैन जादा हजुर मा ले ति सप्ना सिगारेको 
आज फेरी तुलसिको मठ अगाडि एउटा सब छ 
सिगारेर लैजाने बेला नजिक आयको छ 
हजुर बाले फेरी एउटा कगच पोल्टामा राखे 
पर्खि बश छिट्टै भेट्न आउने बच्चा गरे 
पिरतिको संसार ठुलो हुन्न प्यार बिना 
हजुर बाको मोती सँगै आज सत्ते खुलेको छ 
घाट सजियको छ चिता लडेको छ 
प्रेमी नजरमा एउटा नयाँ ताप बडेको छ 
नबोल्ने नरिसाउने नझर्किने खुशीमन 
आज देखी प्रतिक्षा को डोर मा अझियछ ।। 
"खलानको मान्छे"

छात्ती भरी माया बोक्दा म त छाया परेको छु

छात्ती भरी माया बोक्दा म त छाया परेको छु .
जस्लाई माया दिन पर्खे उस्कै काँडा बनेको छु 

जिन्दगीको खेल कस्तो बिधाता यो मोड कस्तो 
एउटै मुटु धड्किदैन तर पनि बचेँकै छु ।। 
आँखा भरी सपनी छन,प्याशी मन छ झनै गहिरो 
चड्न खोज्छु प्रितको पहाड तर यसै अल्झेको छु 
छात्ती भरी ...............
"खलानको मान्छे"

गुरुवार, 18 दिसंबर 2014

सुनाउन चाहन्छु बालापन को कहाँनी

सुनाउन चाहन्छु बालापन को कहाँनी 
नाङ्गो लडिबुडी धुलोको पिरती रुमानी 
स्वर्ग को अलौकिक चन्दन जस्तो 
कण कण को सुगन्ध ह्र्दयमा बस्योनी 
स्वर्गका अप्सरा आउँदथे फकाउन 
माटो को पूजा गरी हुर्कियो बच्पननी 
जहाँ लतिका  पतिका सुनाउछन काहानी 
तेही पुन्य भुमी मेरो जननी 
"खलानको मान्छे"

सोमवार, 15 दिसंबर 2014

खिया लगेको खुकुरी झिक्नु पर्छ जस्तो लाग्छ

खिया लगेको खुकुरी झिक्नु पर्छ जस्तो लाग्छ 
नेपाल आमा को लागि लड्नु पर्छ जस्तोलाग्छ 
अझै प्रतिक्षा गरु झनै अन्धकार बड्ला 
सनातन धर्म को लागि उठ्नु पर्छ जस्तो लाग्छ 
हिन्दूत्व रहेनै नेपालीको सान विश्वमा रहन्छ 
आप्नो गौरव बचाउन मर्नु पर्छ जस्तो लाग्छ 
नेपाल रहे नै नेपाली हुने हुँ म संसारमा 
देश भेश आनको निम्ती जुट्नु पर्छ जस्तो लाग्छ 
जय काली जय गोरख पुर्खा को शंख ध्वनी 
फेरी मैले सडकमा फुक्नु पर्छ जस्तो लाग्छ 
"खलानको मान्छे" 


शुक्रवार, 12 दिसंबर 2014

वाक्क लाग्छ दिक्क लाग्छ

वाक्क लाग्छ दिक्क लाग्छ । 
आँफै देखी डर लाग्छ ।। 
भन्न पनि लाज लग्ने । 
काउकुती ले सताउछ ।। 
सपना मा को को आउँदाछन 
भिउसनामै के के गर्छन् ।। 
वाक्क ,,,,,,,,
पानी पानी हुने यो मन 
उदाश बैश निर्मोही झन 
भागेरी को जोडी ले नि 
मिठो अगो छाडी दिन्छन ।। 
वाक्क ,,,,,,,,
स्वचे जस्तो भई दिय 
आगो पिउथे भन्छ यो मन 
सधैं भिज्न आतुर छ 
लुक्छ सिस्की झन झन 
"खलानको मान्छे"


गुरुवार, 11 दिसंबर 2014

शिव धर्म

धर्म के हो ? 
धर्म धारण गर्ने सिद्दान्त हो । धर्मको शाब्दिक अर्थ भेश जि जो मान्छे सिमित भोजन र बेतन को लागि जिउदछ साथै प्रलोभब मा पारी स्व धर्म त्याग्छ त्यो शास्त्र अनुसार २ खुट्टे पसु हो तेस्को उद्दार गर्न असंभब छ स्वयम भोलेनाथ बहेक । अरु कुनै देब मा त्यो हैसियत छैन ! जसरी दक्षे प्रजापती लाई डन्ड दीइ सचिको उपासना मा आसिर्बाद स्वरुप दिनु भयो । तेसैले हामी ले बाटो भन्ने मात्र हो हिंड्ने नहिंड्ने तिनै भ्रमित हरुहमा छ अन्तेमा परत्पर शिव नै जड् र चेतना हुन तपाईं महसुस गर्नु हुन्छ होल ' सिव तत्व ज्ञान ध्यान को प्रचुर प्रयोग मा खुल्छ उपासनाको कुनै त्यस्तो संक्रिण बिधी छैन केवल ग्रियस्थ आश्रम बाशिले शिव शिव पुकरे मात्र पनि शिवको साधना हुन्छ 
मनुश्य योनी मुक्तिको कगार को योनी हो चौराशी लाख योनी पश्चात को यो योनिमा पूर्व योनिको सत्कर्मा र कुकर्मा को भुक्तान पनि हुन्छ । साथै कर्म योग को सुरुवात पनि जड् परा चेतनाले शरीर को भौतिक सुख खोज्छ यस्ले मान्छे लाई लोभ ,मोहको बाटो देखाइ रहन्छ यो सप्निल महामाया को पारीक्षा हो । यही पारीक्षा मा खरो अपरा चेतना उत्रनु पर्छ अपरा चेतना मा दाँया माया करुणा प्रेम र चेतना हुन्छ योग को माध्यम वा भजन क्रितन पूजा आदी बिधी द्वारा यस्लाई जगरण गरिन्छ । यस्मा साधक ले कुन बिधी अप्नाउने सधकको दैनिक सेडुल मा भर पर्छ । अब कुरा आयो धर्म परिवर्तन कारी हरुको ति अज्ञानी हरु लाई यो कुरा थाहा छैन नित्य मा अनित्य अनित्य मा नित्य ! यो चक्र कृयाको एक भाग हो साधक को जैबिक गुण को परिवर्तित प्रकृया । उदाहरण बायु छ तर देखिदैन त्यो नभै नहुने चिज हो प्राणी मात्र को लागि तर तेही बायु नित्य रहेर पनि दृष्टि मा छैन अनित्य लाग्छ कडा कण मा बायुको यकधमै आवश्यकता छ तर तेही बायु नित्य बहने प्रकृया मा तल बितल हुँदा भयङ्कर आधी आउँदाछ .तेस्ले जन धन को क्षेती गर्छ ।नित्य ले अनित्यमा मा अक्रमण र अनित्यको समर्पण को खाचो समाधान को एक मात्र बिकल्प हो । यस्को लागि यस्को लागि सम्पूर्ण प्रक्रिती शिक्षा को जरुरी छ त्यो शिक्षा बैदिक ज्ञान मा छ यदी हामीले चेतना प्रभाहा गर्ने हो भने आधुनिक प्रणाली बाट बैदिक ज्ञान को प्रचार गर्नु पर्ने हुन्छ तेस्को लागि आधुनिक गुरुकुल मा खोल्नु जरुरी छ । प्राणी मात्र को सेवा ज्ञान को प्रचार नै सैब धर्म हो । प्राणी को मुक्ती का खातिर भोले नाथ ले नै बेद दान दिनु भयो मनुश्य लाई प्रेम सिकाउन अर्ध नारिश्वर धरान गर्नु भयो समुन्द्र मन्थन गराइ निधी सबै बड्नु भयो र प्रक्रिती को रक्षा का निम्ती हलाहाल पिउनु भयो । 
खलान को मान्छे 


बुधवार, 10 दिसंबर 2014

हर बिहानी गरौ राष्ट्र आराधान

हर बिहानी गरौ राष्ट्र आराधान 
यही माटो हो नेपालीको जिबन ।। 
हिमाल पहाड तराई एक पुन्य भुमी 
नेपाल नै हो एक बैदिक सनातन 
नेपाल बाहेक आर्को छैन सान्ती भुमी 
तपो भुमी हो यो छ पुरातन ।। 
बेद गीता पुराण लेखियको माटो 
ऋषी मुनी ध्यानी गर्थे आराधान 
यो जन्म भुमी बैदिक सनातन 
"खलानको मान्छे"

तिमी फुल कि मन्जरी हौ

तिमी फुल कि मन्जरी हौ 
कि स्वर्ग कि परी 
तिमी सितल चादनी हौ 
कि झरना को लोरी ।। 
म्रिग सागर जस्तै चन्चल 
पुतली जस्तै सुन्दर 
मन्दिर को दियो हौ कि 
खाँडेरी को झरी 
तिमी के हौ 
तिमी को हौ 
हास्छौ मन चोरी 
नजर झुकाइ आधार लुकाइ 
मैनतामा बेरी 
जलाउछौ मलम दिन्छौ 
मुस्कान छरी 
तड्पाउछौ घरी घरी 
तेसै आँखा तरी 
तिमी ............
"खलानको मान्छे"

रविवार, 7 दिसंबर 2014

वीर पुर्खाको नाम पनि बद्दनाम होला डरलाग्छ

वीर पुर्खाको नाम पनि बद्दनाम होला डरलाग्छ 
सेतो हिमाल झुकी रोला पहाड खस्ने डरलाग्छ 
आगो झन झन सल्कदै छ ईतिहाश भुल्नाले 
देश द्रोही मलिक बने सपुत हेरी बस्नाले ।। 
उम्लने रगत छैन कि त नेपालीले मुटु भरी 
कतै माया मर्यो होला नेपाली को मन मारी 
एकै जाती एकै धर्म नेपालहो नेपाली को 
खै के भयो एकै मुटु धड्किदैन नेपाली को 
रानो बिना मौरी जस्तै हाल कस्तो हिमालको 
धर्म बिना सस्क्रिती फेरिदै छ नेपालको 
"खलानको मान्छे"
राष्ट्रिय गीत 

अनेक जाती भाषा भेश तर एकै नेपाली

संसार भरी वीर बनी नाम कमाउने नेपाली 
स्वाभिमानी नझुक्ने सिर भयका हामी नेपाली 
लाखौं दु:ख कष्ट सही पुर्खाले बाधेको किल्ला मा 
अझै देश भक्तिको रक्त बिज खोज नेपाली ।। 
नझुक्ने हिमाल झुक्ला बुद्द अनी सिता रोलिन 
मेची काली फुटे भने,गर्व सकियला नेपाली 
हिन्दूत्व एक परिचय, स्वाभिमान र साधनाको 
धर्म नासे ऋती थिती सक्कियला नेपाली 
पहिला हामी नेपाली तराइ पहाड हिमाली 
अनेक जाती भाषा भेश तर एकै नेपाली 
"खलानको मान्छे"
राष्ट्रिय गीत 

आमा तिमी जननी

सन्तान हाँस्दा मुस्कुराउने,रुदा दुखी हुने 
हरपल सन्तानको खुशी कल्पी बस्ने 
आमा हुन ति दसधारा दुध पिलाउने 
रात भरी जागा बसी लोरी सुनाउने ।। 
कठिन भन्दा कठिन काम मुस्कुराउदै गर्छिन 
काल सँग जोरी खोजे पनी लड्ने गर्छिन ।। 
ईश्र्वर लाई पनि आफ्नो कदम मा झुकाइ 
सन्तान लाई ममता को आचल मा छुपाइ 
आशिष दिन्छिन हृदयको आँफै रित्तियर 
सन्तानको शुख मा नै शुख भोगेर 
आमा तिमी जननी हौ जिबन दाता '२ 
"खलानको मान्छे"



प्याज

प्याज 
यो छिमेकी को बारीमा उमारियको 
छिमेकिले मल जल गरी पठायको 
श्वादिलो भनियको कुहिन बेर नलाग्ने 
प्याज हो ,
गणेश मान को बारीमा 
चन्द्र सेखर ले रोपेर 
राजिब को छत्र छायामा 
बन्शो झै फैलियको 
केवल सत्रुता साध्न 
प्रजातन्त्र को आवरण मा लपेटियको 
देश द्रोही लेन्डुप को अवतार हो 
भनु भने अझै बिभत्स 
ईदी अमिन पोल्पोट को नाजायज सन्तान हरु 
जङ्गली कबिलाका बिद्रोही बातिश्टोटा हरु 
नेपाली लाई धर्म बिहिन सडाउने चेष्टा मा 
नयाँ बिधान बनाउन खोज्दै छन 
जो स्वयम स्वयमको धर्म बाट च्युत छन 
अनी केही खुजुरामा बिकेका छन 
किलोको भाउ मा 
प्याज दिन प्रती दिन सड्दै छ 
संबिधान लेख्न ठाउँ मा 
जाग नेपाली हो  
"खलानको मान्छे "