सन्तान हाँस्दा मुस्कुराउने,रुदा दुखी हुने
हरपल सन्तानको खुशी कल्पी बस्ने
आमा हुन ति दसधारा दुध पिलाउने
रात भरी जागा बसी लोरी सुनाउने ।।
कठिन भन्दा कठिन काम मुस्कुराउदै गर्छिन
काल सँग जोरी खोजे पनी लड्ने गर्छिन ।।
ईश्र्वर लाई पनि आफ्नो कदम मा झुकाइ
सन्तान लाई ममता को आचल मा छुपाइ
आशिष दिन्छिन हृदयको आँफै रित्तियर
सन्तानको शुख मा नै शुख भोगेर
आमा तिमी जननी हौ जिबन दाता '२
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें