बुधवार, 28 जुलाई 2010

तिम्रो आभाश ।

तिम्रो आभाश ।
थातिनैछ अझपनी
उस्तै ताजापनमा
जस्तो
नानी झार माथि सित परेछ
म उस्तैछु अझपनी
स्‍मृतिमा बाच्दापनी
बन्दपरेली भित्र को तस्बिर
अझपनी उस्तै छ
कुनै भेद छैन म र साँझ को चरामा
उसरिनै गोधुलिमा पर्खिरहेछु
छितिजले रुझाउने आभश दिएनी
कालो बा दल लाई वास्था नगरी
चट्याङ र बिजुली को पर्वहाँ छैन कत्तिपनी
अत्रिप्त नयन
कालो बादल भित्र
तिमीलाई खोजी रहेछ
---___----
बश ।
जिबन एक प्रतिक्षा हो
बगर जस्तै प्याशी मन
अत्रिप्त चाहना हरु
संगै बुनेका सपना हरु
पुरा नभयपनी
मनले थातिनै राखिरहेछ
एक बिहानी मेरो लागी
घामले सुनको बिहानी लेराउला
तेही आशामा म संध्यालाई बिद गरी
बिहानिको प्रतिक्षामा
शिव उपसना मालिन हुन्छु
तिम्रो आभाश मन मा बोकेर
बाचीरहेछु
बाचिरहेछु
अशोक खलानको मान्छे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें