बुधवार, 28 जुलाई 2010

कालो लाई कालो नदेखी रातो भन्नू थियो मैले

कालो लाई कालो नदेखी रातो भन्नू थियो मैले
हत्या लाई हिम्शा नदेखी क्रान्ति भन्नू थियो मैले
काँहानिर गल्ती भयो खै। जान्न सकिन
चोरी आक्रमण गर्ने लाई बाहादुर भन्नु थियो मैले
स्याबाशी को धाप नमारेपनी
औंला उठाउन नहुने थियो मैले
भलै पल्लाघरको सानदाई काटिउन
उनी सोझो भयको दशी को साँटो सुध्धखोर भन्नू थियो मैले
भन्न सकिन क्रान्तिकारी भईन
चन्दा को नाममा लुट लाई ढाक्न सकीन
तेसैले होला कालो रात को गाना गाँुनेहरु
भिजिलान्ते भन्छन अशल बन्न सकीन
-----____-----
गाऊ को बाटो भरी बिछाईयको पाशो छल्न सकीन
भलै पुरै गाँऊ खली किन नहोश?
फिरौतीको खेल लाई क्रन्तिकरीता भन्न सकिन
आँखा चिम्म गरेर सबै हेर्न सकीन
भलै माथ्थलाघरे काका को खुट्टा किन नभाचिवोश
उठीबाश सहनू थियो हामिले
आँखा भरिबेदना बोकी भाई को छात्ति दाग्नसकीन
डरछ मलाई ईश्वरको
तेसैले हत्यालाई क्रन्ति भन्न सकीन
अशोक् खलान को मन्छे
नोट :

यूद्द ताका लेखीयको यो कबिता आज पनि क्रान्तिकारी को नाम मा लुट् हत्य फिरौती मा रमाउने जमात देखि पुन प्रकासन गर्दै छु ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें