गुरुवार, 15 जनवरी 2015

रात बित्छ अधुरा सपनामा डुबाई

रात बित्छ अधुरा सपनामा डुबाई 
घामा छर्दै बिहानिले उठाउछ जगाइ ।। 
हिमाल मुस्कुराउदछ सुनको किरणले 
जगत भर प्राणी संग गरी शान्ति सबाइ ।। 
युद्द बाट थाकेका विश्व मानब जाती 
डराउछन धकाउछन अस्तित्व हराइ ।। 
जगतको अधुरो सप्ना सान्ती क्षेत्र 
भ्रममा परे बुद्द पुत्र हतियार उठाइ ।। 
मेल मिलाप सक्कियर के का लागि फुट्यौ 
जाग जाग नेपाली जाग शान्ति सपना सजाई 
"खलानको मान्छे"


मत जलिरहे सधैं अन्धकार संग लड्दै ।

मत जलिरहे सधैं अन्धकार संग लड्दै । 
केही अहंम घमन्ड थे सबै सबै त्याग्दै ।। 
दुनियाँको दिप बन्न नसकेर के भो 
जिउदछु यसरिनै मनको कालो फ्याक्दै ।। 
प्रक्रिती को गुणा सत्ते चराचर यो जगत 
बशुधैव कुटंम्बकंम एक मन्त्र जप्दै ।। 
एकै सत्ते एक हरी हृदय मा खोजी 
जल्छु जल्छु जल्दै जान्छु हरी एक खोज्दै ।। 
"खलानको मान्छे" 

सोमवार, 12 जनवरी 2015

हाम्रो जिबन दुई शरीर

हाम्रो जिबन दुई शरीर एकै प्राण भन्थेउ तिमी 
जन्म जन्म जिबन साथी बनी सक्यौ भन्थेउ तिमी ।। 
कस्तो दैब लाग्यो हेर आधा बाटो छोट्टियछ 
आधा सपना छ बाँकी आधा कतै हरायछ 
माया लाग्छ आधा ति सपनाका कुराहरुको 
चौतारीमा पर्खियर बिषायको दर्द हरुको 
अझै कतै बल्झी दिन्छ टिप्न खोज्छु हराइ दिन्छ 
हाम्रो पिरतिको कथा सित बनाइ छरु झै लाग्छ 
आशु होइन तिम्रो प्रितको हाशो संम्झी रंम्नेगर्छु 
टुङ्गियको बाटो कतै जोडीन्छ कि हेर्ने गर्छु 
जुन तारा लाई सोध्ने गर्छु,पवन सित बिवाद गर्छु 
आधा प्राण बाँकी छ है आधा सधैं खोजी बस्छु ।। 
"खलानको मान्छे"

माया अंङ्गालेर

जिउने रहर छन धेरै माया अंङ्गालेर 
आफु संग संगै छाया पछी लगायर ।। 
जिन्दगी को बाटो भरी छैन्न काँडा मात्र 
उकाली यो कटाउने छु सधैं सुसेलेर 
बिहानी जन्मन्छ दिन साथै बोकी 
गोघुली साँझ ढल्कान्छ रात बोलायर ।। 
प्रिती सधैं फक्री दिन्छ मन लोभ्यायर 
छाया होइन हृदयको माया फुकायर ।।  
तातो श्वास को नशा चड्छ अंङ्गालेर उनिलाई 
जिउने रहर छन धेरै माया अंङ्गालेर
तेस्तै माया पग्ली दिन्छ लुकायर उनिलाई 
उकाली यो कटाउने छु सधैं सुसेलेर 
"खलानको मान्छे"

जगदिश हे कृष्ण

जगदिश हे कृष्ण मुरारे पिया यो जगतको 
कण कण मा ब्याप्त हरी लुकाउ के कुरा मनको 
तिमी चैतन्य तिमी परमात्मा मत कठपुतली तिम्रो खेलमा 
न जाँन्दछु धर्म मेरो न कर्म योग सिद्दी जगतको 
जाँन्दछु केवल साडे दुई अक्षेर त्यो नै सुमिरन हर दिन 
प्रभु भनु कि पिता भनुम कि भनु सखा हे कृष्ण 
दाता भनु कि भ्राता भनु तिमी नै हौ मन मोहन 
"खलानको मान्छे"