सोमवार, 28 मार्च 2016

लेखिन अरे एउटा कथा

लेखिन अरे एउटा कथा समर्पण को उनले 
सिउदो भरी सिरबन्धी मा लुकाई ब्यथा जुनले 
आशु झार्दै वियोगको डोली चड्दा फेरि 
संझाईंन रे गुराश लाइ सझाउछु याद मनले .. 
दोवाटो र चौबाटो ले पनि स्वधे अरे 
रुने छैन अतितको कुनै सपनाले 
लेखिन 
मनको गहिरो सागरमा प्रीतको मोती भरी
नुनिलोमै गुनिलो भै पुज्ने छिन रे मनले 
रीती होरे मिल्नु छुट्नु यात्रा जिन्दगीको
साटिदैन चोखो माया कहिँ कतै सुनले 
लेखिन अरे 
"खलानको मान्छे"

गुरुवार, 17 मार्च 2016

आगो बिना जल्छ यो दिल

आगो बिना जल्छ यो दिल 
पानी ले पनि पोम्छु यो दिल 
यस्तै हुन्छ चोखो मायामा
हुरी न आई उड्छ यो दिल 
आगो बिना 
थामिदैन ताप हरु
आशु बिना नै दिन्छ यो दिल 
के के के हुन्छ आजकाल 
प्रीती बिना पागल यो दिल 
सम्झेर टोलाउछ दिल 
बिर्शने लाई खोज्ने यो दिल 
आगो ----
हरदिन भौतारीदै  जान्छ 
उनको दैलो पुग्छ यो दिल 
फुल हरु चुडेर हास्छ 
फुल झर्दा रुन्छे यो दिल 
------
"खलानको मान्छे"
 
 


रविवार, 13 मार्च 2016

हरदिन आशु पिउन पनि

हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ 
सम्झेर नै निश्टुरिको नाम सुईकार्न सक्नु पर्छ । ।
कस्लाई पो रहर होला जुन हेरी रात बिताउने बैशमा 
टोलायर चिशो मन सेक्न आफैलाई थप थापाउनु पर्छ । ।
पिडा लुकायर पनि मुस्कुराउनु पर्ने जिबन 
साना साना खुशी खोज्दै सधै सधै जल्नु पर्छ । ।
परदेश मा शुख छ रे शुख खोज्न पर्देशिय 
जती दुख गरे पनि दुख जित्न गिर्नु पर्छ । ।
संझिदैनन नोठको बिटा गन्ने हरुले दुख पिडा 
घर देशमा बस्ने हरुले सुख सयल गर्नु पर्छ 
धौले घरको काम के छ ? सम्पती को काम के छ 
मन मा सुख हरायर पसिनाले नुहाउनु पर्छ 
हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ 
"खलानको मान्छे "