रविवार, 13 मार्च 2016

हरदिन आशु पिउन पनि

हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ 
सम्झेर नै निश्टुरिको नाम सुईकार्न सक्नु पर्छ । ।
कस्लाई पो रहर होला जुन हेरी रात बिताउने बैशमा 
टोलायर चिशो मन सेक्न आफैलाई थप थापाउनु पर्छ । ।
पिडा लुकायर पनि मुस्कुराउनु पर्ने जिबन 
साना साना खुशी खोज्दै सधै सधै जल्नु पर्छ । ।
परदेश मा शुख छ रे शुख खोज्न पर्देशिय 
जती दुख गरे पनि दुख जित्न गिर्नु पर्छ । ।
संझिदैनन नोठको बिटा गन्ने हरुले दुख पिडा 
घर देशमा बस्ने हरुले सुख सयल गर्नु पर्छ 
धौले घरको काम के छ ? सम्पती को काम के छ 
मन मा सुख हरायर पसिनाले नुहाउनु पर्छ 
हरदिन आशु पिउन पनि बज्रको मुटु हुनु पर्छ 
"खलानको मान्छे "
 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें