शुक्रवार, 28 फ़रवरी 2014

सँगै हास्ने सँगै रुने पिरतिको छायाँ राम्रो

सँगै  हास्ने सँगै  रुने पिरतिको छायाँ राम्रो 
एकै पेट खान मिलोश पियारको मायाँ राम्रो 
पसिनाले नुहाउदा उनको हातको पानी मिलोश 
अधेरी मै अलोक जाग्ने मायालुको कायाँ राम्रो 
स्वर्ग पनी फिक्का हुन्छ दु:ख पनी शुख बन्दा 
हरेक पाईला पछी पछी लाग्छ उनको सायाँ राम्रो 
जिबनको भारी मिठो उनको ओठको मुस्कान मिठो 
लजाउदै घुर्काउदै फकाउन आको मायाँ राम्रो 
" खलानको मान्छे " 

गुरुवार, 27 फ़रवरी 2014

आउने जाने दुबै बाटो बन्द भय पछी

 आउने जाने दुबै बाटो बन्द भय पछी 
निर्मायाको याँदले रुदा फेवा सुके पछी 
हिमाल कहाँ देखिन्छ र प्रिती टुटे पछी 
बादलले जिन्दगीलाई सधैं छोपे पछी ।। 
अजम्बरी नाता जल्छ पापी दुनियाँमा 
गंम्भिर बन्छन पीडित हरु यही दुनियाँमा । 
जुन रुन्छ रात भरी पहाड दिनको घाममा 
बैशमा नै ओईली झर्छ फुल हरु पिरती को तापमा ।। 
जिन्दगीको आधा बाटो मेटी सके पछी 
याद जल्छ आधा बाटो हिंड्न भुले पछी ।। 
"खलानको मान्छे "

मन शुद्द भय हेर चरैतिर ईश्वर छन

मन शुद्द भय हेर चरैतिर ईश्वर छन 
प्राणी कै भेशमा कायानाथ भरी छन ।। 
उनको धामका हजार नाम तर छैन कत्ती भेद 
मायाँ बुझे दयाँ आउछ करुणामा बाश गर्छन् 
घर को एक जोडी ईश्वोर आमा,बाबु को रुपमा 
माहामाया तिम्रो सखी हरी आत्मा भित्र छन 
जिन्दगी को सत्त कार्य अफ्ट्यारो र धैरे हो 
पग पग मा परिक्षा नियती को नियम छन 
मन 
"खलानको मान्छे"

मंगलवार, 25 फ़रवरी 2014

धेरै जन्मको तपस्या पछी नेपाली हुन पाईन्छ

धेरै जन्मको तपस्या पछी नेपाली हुन पाईन्छ 
गोरक्षेण आशिर्वाद तब मुक्तिको द्वार भेटिन्छ 
चौराशी लाख योनिमा भड्किय पक्षी 
योग तप ध्यान मा पारंगत भय पक्षी ।। 
कड कड मा हरी देखिन्छ तब नेपाल मा जन्म भाईन्छ 
धेरै ,,,,,,, 
गोरक्षेण भुमी जो हो स्वयम्भु बाश गर्ने 
काली स्वयम नदी को रुपमा मुती नाथ सिर लि बग्ने 
नारायण स्वयम सिला रुप मा यही धर्तिमा भेट हुने 
पशुपती स्वयम हर प्रणी को जन्म मोक्षे को आशिष दिने 
यो पवन भुमी नेपाल गोरखनथ को जो छ बश 
पवन ले पनि भन्छ तपसी गर केवल मुक्ती को आश 
"खलान को मान्छे"

सोमवार, 24 फ़रवरी 2014

आफ्नै घर मा आगो लाग्दा नेपालीले थाहा पयन्न ।

आफ्नै घर मा आगो लाग्दा नेपालीले थाहा पयन्न । 
देश लुट्ने लुटेराको छल हरु बुझ्नै सकेनन ।। 
धर्म बिक्छ डलरमा देश बेच्ने चिन्न सकेनन 
भाई भाई कटामार रगत आफ्नो भन्न सकेनन 
कस्का निम्ती बिरको जात नझुके को सिर झुक्यो 
छल कपट गर्ने नेता खोजी खोजी दग्न सकेनन 
बिदेशको गल्ली भरी पसिना बेच्ने युवा 
फर्क अब आमाको पुकार तिमीले सुन्यौ सुनेनौ 
आफ्नै घरमा ......,.
"खलानको मान्छे"

सडक मा तिम्रो छायाँ कसरी

बदनाम यो सडक मा तिम्रो छायाँ कसरी 
भेटिन्छ  हर जमघट मा मदिरा यो जसरी ।। 
रुपाशी त्यो मुहारले झुक्कायो होला कतिलाई 
लुटियर सधैं खोज्छन तिम्रै मायाँ बेशरी ।। 
तिम्रो चन्द्र कलामा झुम्दै बितेका ति रात 
पछुताउदै  छन कती झिस्मिशे मा यसरी ।। 
मनमा कालो पाली हशिलो मुहार बनाउदै 
लाख झुट बोल्छन देब भाखी भय सरी ।। 
बदनाम यो सडकमा ईमान कस्को छ 
फुलमा पनि काँडा फुल ले रेट्छ कसरी ।। 
"खलानको मान्छे "

एक दिन घुम्दै पुगे हिमालको छात्ती संम

देश भक्ती गान 
-----------------
एक दिन घुम्दै पुगे हिमालको छात्ती संम
रंम्य छटा खोला नाला सुन्दरता माथि संम ।। 
बैश थियो चारै तिर सुकुमारी सुन्दरी झ्याई 
रंङी चंङी सादा जिबन मिठो बचन हदै संम ।। 
अथीती लाई पूजा गर्ने देबी देब बाटो भरी 
लिन होइन दिन लाई पर्खि बस्छन जिबन संम ।। 
अनकन्टार भिर हरु तपशी झ्याई लाग्छ किन?
हरेक बाटो मोडियर पुगोस मेरो त्यही संम ।। 
"खलान को मान्छे "


माटोको जिबन माटोको मायाँ पौरखी हामी नेपाली

माटोको जिबन माटोको मायाँ पौरखी हामी नेपाली 
माटोको टिका लगाई हिड्छौ सत्रु को समु नेपाली ।। 
हिमाल को सितल पवन लाई स्वध,तराईको 
गर्मी हावा लाई स्वध 
झुक्दैन वीर रुक्दैन वीर काँगडा टिष्टा पुगेर स्वध 
माटोको ,,,,,,
धर्तीमा स्वर्ग  कहिछ भने त्यो मेरो देश नेपाल बुझौ 
स्वयमभु जो साक्षी हेर श्रीष्टी को पहिलो पवन भुमी यो चिनौ ।। 
"खलानको मान्छे"

रविवार, 23 फ़रवरी 2014

मन शुद्द भय हेर चरैतिर ईश्वर छन

मन शुद्द भय हेर चरैतिर ईश्वर छन 
प्राणी कै भेशमा कायानाथ भरी छन ।। 
उनको धामका हजार नाम तर छैन कत्ती भेद 
मायाँ बुझे दयाँ आउछ करुणामा बाश गर्छन् 
घर को एक जोडी ईश्वोर आमा,बाबु को रुपमा 
माहामाया तिम्रो सखी हरी आत्मा भित्र छन 
जिन्दगी को सत्त कार्य अफ्ट्यारो र धैरे हो 
पग पग मा परिक्षा नियती को नियम छन 
मन 
"खलानको मान्छे"

शनिवार, 22 फ़रवरी 2014

धमिरा हरु --- कबिता

धमिरा हरु --- कबिता      
------------  
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
मिहनत एकता को पराकाष्ट संसार 
आर्को ध्वंम्स बिनाश को संन्जाल 
धमिरा जब जब घर को ढोका म लाग्छ 
सुन्दर माटो को कलात्मक लेपन लगाउछ 
त्यो घर को खाबो नढले संम्म ।। 
........................................
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो 
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो 
धर्म नै उस्को ध्वंश अराजता हो 
परिवर्तन को असार दर्कदा 
धमिरा हरु कमिला हुँ भन्छन 
सुरक्षित अबतरण खोज्छन 
................................
मेरो देश को खाबो भित्र 
धमिरा लगेको छ राजनीतिको 
भाग बन्डा र भ्रस्टाचार को 
सोझो नेपाली हरुलाई झुक्काउदै 
इश्वर को नाम र उपासना को तरिका बादलदै 
डलर हरु को धमिरा ले 
सम्पुर्ण प्राकृतिक सत्ते बादलने चेश्टा गर्दै छन 
धमिरा हरु कमिला जस्ता हुँदैन्न  
................
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
आफ्नो मेहनत र एकता कहिलेइ चाडदैन्न 
संम्भावना को गुईठा बोकेर 
सुन्दर संसार बनाउछन 
समर्पन को सहकारी भित्र 
स्वधर्मा को रक्षा गर्दै 
जगत को सन्तुलन का लागि 
समर्पित हुन्छन 
"खलानको मान्छे"

बुधवार, 19 फ़रवरी 2014

ईश्वर मन मा राख कली का मनुवा

ईश्वर मन मा राख कली का मनुवा 
कड कड मा ब्यप्त छन भुल्यौ के मनुवा ।। 
मन्दिर मस्जित गुरुध्वार प्रतिक मात्र हो 
हजार नाम उनका भुल्यौ कि मनुवा ।। 
चैत्य चर्चा गुंम्बा नाम मात्र फरक 
प्रेम सच्चा धाम भुलेका मनुवा ।। 
भन्दैन ईश्वर अधर्मको बाटो हिड 
गीता सत्ते ज्ञानको अर्थ नबुझेका मनुवा ।। 
स्वधर्म त्यागी कहाँ खोज्छौ ईश्वर 
परधर्म राम्रो ठानेका मनुवा ।। 
बेद गीता कुरान गुरुवाडी पड 
कायानाथमा ब्यप्त श्री हरी भुलेका मनुवा ।। 
बाइबल टोरा श्री पिट अनेक छन ग्रन्थ 
बाटो हजार हिंड्ने गन्तब्य एक मनुवा 
"खलान को मान्छे"


मलाई रातो गुलाफ भन्दा रातो झन्डा मन पर्छ ।।

मलाई रातो गुलाफ भन्दा रातो झन्डा मन पर्छ ।। 
त्यो झन्डा को किनर निलो चन्द्र सुर्य मन पर्छ ।। 
फहरावश संसारमा वीर को यो निशानी 
नझुक्ने त्यो मुटु भरी तातो रगत मन पर्छ 
हिमाल जस्तै अटल सुन्दर मेरो नेपाल मन पर्छ
धेनु चर्ने खर्क माथि फुल्ने गुराँश मन पर्छ 
मन्दिराको दियो जस्तै पहाडी बाटोहरु 
तराई को फाट भरी सुनको बाला मन पर्छ 
नौ रङी डाफे चरी म्रिग सागर हिंड्ने बन 
जहाँ जहाँ पुग्छु म नेपाली भेश मन पर्छ 
"खलान को मान्छे "
14 feb