शनिवार, 22 फ़रवरी 2014

धमिरा हरु --- कबिता

धमिरा हरु --- कबिता      
------------  
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
मिहनत एकता को पराकाष्ट संसार 
आर्को ध्वंम्स बिनाश को संन्जाल 
धमिरा जब जब घर को ढोका म लाग्छ 
सुन्दर माटो को कलात्मक लेपन लगाउछ 
त्यो घर को खाबो नढले संम्म ।। 
........................................
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो 
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो 
धर्म नै उस्को ध्वंश अराजता हो 
परिवर्तन को असार दर्कदा 
धमिरा हरु कमिला हुँ भन्छन 
सुरक्षित अबतरण खोज्छन 
................................
मेरो देश को खाबो भित्र 
धमिरा लगेको छ राजनीतिको 
भाग बन्डा र भ्रस्टाचार को 
सोझो नेपाली हरुलाई झुक्काउदै 
इश्वर को नाम र उपासना को तरिका बादलदै 
डलर हरु को धमिरा ले 
सम्पुर्ण प्राकृतिक सत्ते बादलने चेश्टा गर्दै छन 
धमिरा हरु कमिला जस्ता हुँदैन्न  
................
कमिला हरु धमिरा जस्ता हुँदैन्न 
आफ्नो मेहनत र एकता कहिलेइ चाडदैन्न 
संम्भावना को गुईठा बोकेर 
सुन्दर संसार बनाउछन 
समर्पन को सहकारी भित्र 
स्वधर्मा को रक्षा गर्दै 
जगत को सन्तुलन का लागि 
समर्पित हुन्छन 
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें