बुधवार, 19 फ़रवरी 2014

मलाई रातो गुलाफ भन्दा रातो झन्डा मन पर्छ ।।

मलाई रातो गुलाफ भन्दा रातो झन्डा मन पर्छ ।। 
त्यो झन्डा को किनर निलो चन्द्र सुर्य मन पर्छ ।। 
फहरावश संसारमा वीर को यो निशानी 
नझुक्ने त्यो मुटु भरी तातो रगत मन पर्छ 
हिमाल जस्तै अटल सुन्दर मेरो नेपाल मन पर्छ
धेनु चर्ने खर्क माथि फुल्ने गुराँश मन पर्छ 
मन्दिराको दियो जस्तै पहाडी बाटोहरु 
तराई को फाट भरी सुनको बाला मन पर्छ 
नौ रङी डाफे चरी म्रिग सागर हिंड्ने बन 
जहाँ जहाँ पुग्छु म नेपाली भेश मन पर्छ 
"खलान को मान्छे "
14 feb



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें