गुरुवार, 5 दिसंबर 2019

एक काटी सलाई

अँध्यारोमा एक काँटी सलाई
पनिको भूमिका ले गर्दा ओसियछ
जाडो बडेको छ औधि
जीवन कष्टकर बनेको छ
सम्झनाले । ।

प्रतिबन्ध छ यहाँ
उकाली ओ राली हिड्न खुशीले
जिबनको सगरमाथा चड्न
भुता पिचाश को आशिर्वाद लिनु पर्ने भएको छ 
बिबस्थाले

शक्ती को मदा मा रौसिन 
कलम को ठाउँमा बन्दुक थमाय 
कालीलो हातमा चन्दाको पर्चा थमाई 
अन्धकार मा गेसपेपर बेच्दै डर को साम्राज्य खडागरे
बिध्वान हरुले

सृजनात्मक क्षमतामा क्रमश हिर्काईले 
ओराली लगेको बेला 
गुणस्तरियताको मापन बनाउदै
उज्यालो अलाप्दै अध्यारोको गान सिकाउन थाले
शिक्षेक हरुले

अतित संम्झेर बर्तमान ओसिलो लग्छ 
षडेन्त्रको धुवाहरु बदल बनेर आकाशमा मडारिदा
रगतका होली खेलेका हरु
अग्नी बर्षा को रापमा सेकिदै छन 
हरियो डलर र 
आईसी का नोठ ले
मेरो कबिता संग्रह तपश्बी श्याल बाट 
"खलानको मान्छे"

शनिवार, 1 जून 2019

नसताउ

यती धेरै रिसायर नसताउ मेरी माया
हक तिम्रो रिसाउने फकाउछु मेरी माया ।
अधा हिस्सा जिबन को तिम्रो पोल्टो भरी दिन्छु
आधा कर्तब्य हुन प्यारी साथ देउ पुरा गर्छु ।
यती धेरै रिसायर नसताउ मेरी माया

साना साना खुशी जोडी बनेको छ घर संसार
त्यही खुशी बाडी दिदा बलियो हुन्छ परिवार । ।
मै खाउ मै लाउ भन्नु हुन्न मेरी माया
मोह माया त्याग्न सके सुख हुन्छ मेरी माया । ।

यती धेरै रिसायर नसताउ मेरी माया

पिरहरु त्यागिदेउ कर्मठ बन्ने शक्ती देउ
लोभ क्रोध छाडी देउ जुझारु बनी देउ
तब हामीलाई दुनियाले असल जोडी भन्ने छन
माता पिता भाई बन्धु सबले आशिष दिने छन
यती

त्यागी देउन असिमित ईक्षा बड्ने मोह पासो
जे छन सिमित यि खुशी मानेउ भने धेरै साचो ।
हासिदेउ मुस्कायर रहश्य खुल्छ सबै
सारा दुख पन्छियर खुशी भेट्छौ सधै
"खलानको मान्छे"

गुरुवार, 30 मई 2019

Mauka

उनले जनता लाई मौका दियर
माहान बंश को आदर गरे
जनताको शुखका खस्तिर
दर्बार त्यागी रैती झै रहे
माटोको सर्बोच्चता नै जिबन हो
नेपाली सबै सन्तान हो
आ मुक फिरंङ्गी सङ झुक्नु भन्दा
गर्भ गर्छन जनता बन्नु मा
स्वाभिमानी नागरिक हुनु मा ।
बीकेका अराजक झुण्डा सँग
रहेनछ कायान्तर गर्ने जुक्ती
सत्ताको मद मा बिबेक सुन्य
लुटेरा ह्रैछन राज्यकोष रित्ताउने
देशको लागी होईन ह्रैछ
बन्दुक बोकेका जिबनमा
जनताको लागी होईन ह्रैछ
ढुङ्गा हानेको सडकमा
मन्द बिषको प्रभाब कस्तो
झुक्किय जनता कुचक्रमा
रुदै छन आज बेथिती मा
देशलाई माया गर्ने बंश को परंम्परा थाती छ
धैर्य गर्दै हेर्दै छन जनताको सासन सिक्दैछन
नदिई जनताले नमाग्ने
न उठी जनता नहुने
भब्य दिब्य पुनरगमन ।
नेपाली जनले गराउने
माटो नै जिबन मटोनै जगत
नेपाल नेपाल भजने
सबैको साझा नेपाली राजा
जनाताले नारायण हिटी बोलाउने
आउने छ त्यो दिन
सहन सके माटोलाई माया गर्न सके
लुटेराका लुट झुटको पर्दाफाश गर्न सके
मनको आस्था बिश्वाश को ज्योति
नडगमगाई जलाउन सके
"खलानको मान्छे"

मंगलवार, 28 मई 2019

Samjeu hola

तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई बन्द गर्दा यि दुई नजरमा आई सताउछौ मलाई । तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई सानो घरको साना खुशी तिमी लाईनै छाडी आथे बड्दै होला दिन दिन संम्हाल्दै होलाउ तेस्लाई तिमीले संम्झेउ कि संझेनौ बाडुल्की लाग्छ मलाई कहिले काही दिन हरु अत्याश लाग्दा ठुला लाग्छन मनको मझेरिमा हास्छौ सान्तोना दिन्छौ मलाई तेजाबी सपनाले जलाउछ किन मन लाई तिमी बिना को संङ्घर्श फिक्का छन सारा जगलाई । । तिमीले संम्झेउ कि संम्झेनौ बाडुल्की लाग्छ मलाई तृष्णा सबै मेटाउन घरी लाग्छ फर्कु क्या रे दश नङ्ग्रा घोट्छु गाउमा आटी पिठो हुन्न तिमीलाई । । बिशम महंङ्गिको खाडल बनावटी मान्छे हरुलाई सहन गाह्रो भयो पर्देशियका जन लाई "खलानको मान्छे"

डर को

डर को राजनिती गर्ने लाई तिखो जवाफ देउ डर को सामना गर्दै एक्लो बनाई देउ । । देश द्रोही हुन ति हिजो पनी आज पनी क्रान्तिकारी हुन सक्दैन बनमाशा हुन ति झ्याँउ । । समर्पण सेवा भाब बिना लालच ले बनेका नेता हरु देशलाई ग्रहण लगाउने ति हुन केबल राँउ । । जङल देखी सत्ता संम्म छन हिम्शा का पुजारी हरु बिबेक सुन्य अहंम्हारी आत्मा प्रपन्ची लाई लत्याउ । । डर को हातेमालो गर्दै आफ्नो बैभब संस्कृती मा रमाँउ तेशैमा हाम्रो पहिचान छ नेपाल नेपाली ले बनाँउ । । "खलानको मान्छे"

रविवार, 5 मई 2019

सुर्य ले जस्तै "खलानको मान्छे"

सुर्य ले जस्तै प्रकाश दिन्छौ
चन्द्र ले जस्तै सितल छर्छौ ।
देउ शिक्षा को ज्योती हामिलाई
हिमाल जस्तै अटल हुन्-छौ
गगन जस्तै बिशाल बन्छौ
धरती जस्तै सरल हुन्-छौ
देउ ज्ञान बिज्ञान हामिलाई ।
कर्मको नया अध्याय लेख्छौ । ।
प्रकाश पुन्ज  श्री च-रणको
हिलो हौ हामी अज्ञानको
कुमाल तिमी बनाउ घडा
नबिन बिध्-या कृती हौ जगत्को । ।
सुर्य
थोपा थोपा सम्झदै जाउला
पाईला पाईला गन्दै हिडौला
प्रकृती जस्तै सम भाबको
मानब ता को बिज रोपौला । ।
ज्ञानको ज्योतिले धपकै बली
नबिन कृती लेख्दै जाउला
"खलानको मान्छे"

शुक्रवार, 25 जनवरी 2019

Msnle

मनले पुजेर नै तिमीलाई अशिम प्रेम गरी रहेछु तिमी छैनउ ओरिपरी तर महसुष गरी रहेछु पागल पन भन्छन दुनियाले मेरो असिम प्यार लाई सबै छाडेर भ्रम तोडेर तिमीनै कल्पी रहेछु । । जन्म जन्म को संबन्ध हाम्रो म त केवल धुलो हुँ तिम्रो कर्मको रथमा सबार भयर तिमीलाई गन्तब्य बनाई रहेछु ।२ । यो खुल्ला आकाश बाडिदैन भने सुर्यको प्रकाश बेचिन्न भने कसरी तिमी बाडिन सक्छौ यही त गमी रहेछु ।३ । मेरो हर स्वाश प्रकृतिको पाबन उपहार हो मने हर प्राणिमा रहने तिम्रो खोजी गरी रहेछु ।४ । तिमी नै एक संपुर्ण सत्ते तिमी नै होउ प्रेम को आधार तिमीलाई नै भेट्ने ईक्षा अन्तिम द्वारमा राखी रहेछु ।५ । "खलानको माब्छे"