तिमी अस्तित्व खोज्न धन कमाउनु पर्दैन्
आफ्नो धर्म पालना गर अब डराउनु पर्दैन
यो पावन भुमी हो स्वतन्त्र गौरब बोकेका
देबको आशिर्बाद छ यहाँ कतै झुक्नु पर्दैन्
अनेक ऋषी जन्मी साधना यही माटोमा गरे
सनातन छ नेपाल आफैमा झुट्टलाउनु पर्दैन
बेद पुरुष को तपोथल बुद्द सिता को जन्म थल
बिर गोरखाली हरुले ईतिहाश बदलनु पर्दैन
अस्तित्व माटोको बर्करार रहे हाम्रो पहिचान मेटिन्न
गौरब साली हिन्दू अधिराज्य दानमा मग्नु पर्दैन
अधिकार हो यो दहिन भुमिको जाग जाग भुमी पुत्र हो
पैशाको बल मा धर्म किन्ने हरुलाई मान्नु पर्दैन
"खलानको मान्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें