रविवार, 12 जुलाई 2015

चन्द्र सुर्य झुक्नु हुन्न धर्ती माता पुज्ने हरु

राती राती मिटिङ बस्दै गरीब का कुरा गर्ने हरु 
मन्डले ले लुट्यो भन्थे आज आफै लुट्ने हरु । ।
प्रगती उन्नती समानता का कुरा गर्दै 
देश उठाउछौ भन्थे न्याय बसाउछौ भन्ने हरु 
आज देशको स्वाधिन तामा खेलबाड गर्दैछन रे 
देश लागी मर्छु भन्ने आज देश रुहाउने हरु 
धर्म संस्कृतिको जरा उखाल्न खोज्दै आज
निधिबिहिन नेपाल लाई बनाई डलर भारु गन्ने हरु 
अब हामिले चिन्नै पर्छ अब हामिले खेद्दनै पर्छ 
लोभी पापी पिपाशु हुन यिनै नेता बन्ने हरु 
जाग अब देशको लागि जागा बस्ने जागी हरु 
चन्द्र सुर्य झुक्नु हुन्न धर्ती माता पुज्ने हरु 
"खलानको मान्छे" 


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें