बुधवार, 20 जुलाई 2016
Jaba timi
जब तिमी साथ थियौ
दुख के हो भुलाई दियौ
जब तिमी टाडा भयौ
सुख के हो संम्झाइ दियौ । ।
नियती को खेल कस्तो
याद हरुमा डुबाई दियौ
भाग्-यमानी ह्रैछौ तिमी
जगसारा भुली गयौ
चोट ब्यथा छाडी खुशि
अग्नी स्नान गरी गयौ
जु-नी जु-नी हाम्रो माया
अधुरो कथा भयो
भेट्न आउछु प्यारा छिटै
तिमी बिना भोर भयो
धुप जिन्दगीको अब
सहने शक्ती छैन
अधुरो भै सारा रहर
तेशै तेशै थाती भयो
पात झर्छ फुल फुल्छ
तर त्यो नि ओईलाउछ
तिमी बिना सुन्य सुन्य
बसन्त यो बैमान भयो
हृदए मा कती खोजु
स्मृती का खाल्टा खुल्टी
तिमी बिना अधुरो मै
बेहाल बेहाल मेरो भयो
"खलानको मान्छे "
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें