रविवार, 14 फ़रवरी 2016

भेल बाडी झै छेड्को

सच्चै मायाँल लगाँछौ कि ? ठट्टा गरेको हौ 
जन्माष्टमी तिज भुली ! गुलाब मगेको छौ । ।
मुना मदन मालती को जस्तो चोखो प्रीती 
सनातन प्रेम दिवश शिब रात्री भुलेकी छौ 
साचो माया ----
हेर यि पाखा भरी चोखो माया फुल्छ
चखेवाको जोडी बनी आधी देब घुम्छ 
आफ्नो अस्तित्व मेटाउने नयाँ पर्ब कस्तो 
देखा सिकी गर्नु हुन्न किन भुलेकी छौ । ।
साचो 
सिउदो भर्ने समर्पण लाई दासलाई भन्छौ 
पराईको गुलाम भै के को गुलाब माग्छौ
सत जन्म जन्म जन्म प्रीती बस्ने देश मा 
भेल बाडी झै छेड्को माया पराईको हेर्छौ । ।
साच्चै ----
संसार भर मा आदिम माया सिकाउने देश मा 
छाला होईन मन लाई चोखो मायाँ गर्छौ ।
रुप रङ भन्दा ठुलो समर्पण र बिश्वाश 
बिश्वासको रेखा नागी के को जिबन खोज्छौ । ।
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें