देश लाइ बर्बर आदिम युगमा पुर्याउने
संवेदना हिन नेता लाई कसरि संमान गरु
देश लाई जर्जर द्वन्द मा धकेली
पार्टी को हितमा अकुत संपती जम्मा गर्ने
नेता लाई कसरि संमान गरु
देश लाई जर्जर बनाई सुखमा डुब्ने
अनि भाषण मा देश बिकाश को सपना बाडी
देश को संपती किस्ता किस्ता मा लुट्दै
पुर्खाले आर्जियाको धरोहर छेड बिक्षेद बनाउने
धर्म सस्कृति माथि खुल्ला बलात्कार गर्दा
उल्टै डलर को दाश बनि
सनातन धर्म को जरो उखाल्दै
मेल्क्षे बन्धन मा बाधिने लाई कसरि संमान गरु
मेरो देश सान्ति क्षेत्र लाई रणमा परिवर्तन गरि
भाई भाई लाई भाइकै दुश्मन बनाउदै
भाइकै हात बाट मृत्यु दिनेलाई कसरि नेता मानु
परिवर्तन बिकाश को लागि हुनु पर्ने मा
आफ्नो पूर्ण सभ्यता नै नष्ट गर्ने हरुलाई कसरि संमान गरु
भ्रस्ट राजनीति को सुरुवात जग बसाली
देश को मियो नै पचाउने हरुलाई
म कसरि संमान गरु
हे विधाता यिनीहरु नेपाल आमाको दोषी हुन्
सान्ति सदाचार अहिम्शा का बिरोदी हुन्
मानब संवेदना हिन स्वार्थी हुन्
सायद असिम सुन्न्यमा न्याय हुन्छ होला
तेहा हरेक नेपालीको क्रन्धन को हिसाब माग्नु
तेहा हरेक नेपालीको निर्दोष रगत को हिशाब माग्नु
हामीलाई सपनाको यात्रा गराई
स्यम राजशी ठाट मा सजिने हरुले
कद्दफी र सद्दाम को मृत्यु मेरो देश मा नपाय पनि
तिम्रो दर्वार मा अबश्य पाउने छन्
मेरो देश लाई धर्म सस्कृति हिन बनाउने हरेक ले
कल्प कल्प संमा धुत्कार पाउन
´´ खलानको मान्छे
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें