शनिवार, 31 दिसंबर 2011

फुल को के बयान गरु

कस्ले कती माया दियो,कस्ले दियो धोखा
मायाँलु हरु हुन्न कहिले धन् को भोखा

सानो ठुलो केही हुन्न,उच निच को भेद हुन्न
बिबशता मा पनी हुन्छन समर्पण ले चोखा
...
मनै हो मान्छेको,माया गर्नेहारुको हुन्छ मनै बेग्लै
टाढा टाढा हुँदापनी अलापिरह्न्छन पिरतिका भाखा

आँखा अगी सुन्दर संसार,ढुक ढुकी मा पियार छन
रित हो दुनियाँको काटी दैन नाख
कस्ले कती,,,,,
"खलानको मान्छे"

मलाई आशु देउ


मलाई आशु देउ म खुशी माग्छु
जशो तशो यो जिबन बिताउछु
सम्झे भने कहिँ एकान्त मा
बाल पन को खेल सम्झन्छु
तिमी फुली देउ म शुवाश मा रम्छु
भावारा होइन तर बदनामी हुन्छु
पुर्नेको रात एक्लो भयमा
जुन हेरी चित्त बुझाउछु
तिमी फैली देउ म कुजिदैछु
पानी बग्ने बगर हुदैछु
भाग्यले काही भेट भय भने
दुई किनार झैँ हेरी बस्नेछु
"खलानको मान्छे".
15 December

दशै मेरो चाड होईन


दशै मेरो चाड होईन
लोशार तेरो चाड होईन
नयाँ नेपाल का मान्छे भन
नेपाल मेरो देश होईन
नेपाली मेरो भेश छैन
मायाँ प्रेम भात्रित्वको
अब कुनै अर्थ छैन
जाती बाद को शुली चडी
आधि अन्ते भन्नु छैन
दशै मेरो,,,,,,,
म त छट मनाउदछु
खुशी भई शुर्य पुज्दै
प्रकृतिको सत्ते एकै
सुम्निमा र परुवाङ जस्तै
ए युगका मान्छे मेरा
म त पन्च शिल लो सिद्दन्त मान्छु
तेसैले त दशै मान्छु
छट ईद लोशार मान्छु
कृश्समश बिहानिमा
चर्च गै पुजा गर्छु
दशै मेरो,,,,,,,
बाहुन बाद् भने हरु
आफ्नो धर्म छाड्दै गय
पराईको कुरा सुनी भाईलाई सुली दिदै गयँ
य युगका मान्छे तिमी हिमाल तिम्रो घर होईन
प्रेम तिम्रो धर्म होइन
घ्रिणा नफरत भरी
लोशार के मनाउदछौ
दशै के मनाउदछौ
ईद छट के मनाउदछौ
नयाँ युगको मान्छे
धर्म भन्नु कर्म हो है
कर्म बिना अधुरो छ
कर्म तिम्रो अधिकार हो
यही अधिकार हो धर्म
खलानको मान्छे।.
12 October 2011 at 13:31

मायाँको भेउ पाउँदा

मायाँको भेउ पाउँदा मन मनै खुशी हुँदै थिए!
हासेर कट्छ जिबन मनमा सपना गुन्दै थिए!१!
मायाँको,,,,,
जिबन को हजारौ बाधा,सहश्र सुईकार्दै थिय!
ढुक्क ढुकी भित्र उनैलाई रगतमा मिसाउदै थिए!२!
मायाँको,,,,,
पागल छ यो मन मनमा छ लाखौं तस्बिर उस्कै
हरेक तस्बिर हेरी कबिता उनैको लेख्दै थिए!३!
मायाँको,,,,
शहर मा हावा चल्यो, मायाँले नेटो काट्यो फेरी
पक्ष्याउदै हावा संग उनकै गल्लिमा पुग्दै थिए!४!
मायाँको,,,,
सनाही बज्यो त्यहाँ नरसिङा,झुर्मा ट्याम्के दमाहा!
मायाँको भेउ आर्को लाई दिने स्वयम ब र रोज्दै थिए!५!
"खलानको मान्छे"
सपना सबै सत्ते हुँदैन।

तिमी आगो रहेछौ


तिमी आगो रहेछौ प्रिय जलाई देउ!
मेरो मन लाई खरानी बनाई देउ!!
ताप बेकेर अब बाँच्न सक्दिन धेरै!
विश्वाश को खडेरी पर्यो डडाई देउ!!
सहन गाह्रो पर्‍यो आगो का लाप्का हरु!
बिछोड का पिडा हरु मेटाई देउ!!
म धुवा बनेर बरु बरालिन देउ!
खरानी बनाई माटोमा मिलाई देउ!!
आगोका लप्का हरुले नडाम मलाई!
पिडा हरु भुलाउने पानी पिलाई देउ!!
तिमी,,,,
"खलानको मान्छे".
17 September at 02:4

अङ अङ गलेको छ,

अङ अङ गलेको छ, मन मा माया पलाएको छ
तिमीबिना पनित एउटा झरी परेकोछ
अङ अङ,,,,,
गोठालो नि गएकै हो, रोधी पनी खेलेकै हो
ठाडो भाखा ,घासे भाखा,दोहरिनै खेलेकै हो
,,,,
सलको पात बजायर न्याउली धुन शुनाउदा
मुर्छना को रर्‍याई रर्‍याई तिम्रो ताल मा बजकै हो
अङ अङ
किन शब्द लुकाएर साउने झरी रुझाउछौ
तगारोमा छाडेको फुल लत्यायर कुल्ची दिन्छौ
मैले देब भाखेकै हो, देउराली मा कुरेकै हो
घास को भारी सँग सँगै नयाँ भाखा खोलेकै हो
अङ,,,,
म केही भन्दिन म केही सुन्दिन
तिम्रा लागि सबै जायज अब केही देख्दिन
"खलानको मान्छे"
29 March

दैब नदे

दैब नदे कसैलाई अब अन्जू मन
गाह्रो हुन्छ सबैलाई यहाँ एक्लै जिउन
दैब,,,,
आशुको फोखरी होईन ईदुई आँखा
आगोको ज्वाला बक्न सक्ने छैन मन
दैब,,,
रंग उड्दा मायाको धुवा जल्दा जिबनको
कतिबेहोशी नाशामा छन पिडापिउने मन
दैब,,,,
सप्निल ईन्द्रेणी खेल्न पाउने मन
बिरहको लाश पनी बोक्ने यही मन
दैब नदे निस्टुर भई मलाई अन्जुमन
दैब नदे कसैलाई
"खलानको मान्छे" कसैलाई अब अन्जू मन
गाह्रो हुन्छ सबैलाई यहाँ एक्लै जिउन
दैब,,,,
आशुको फोखरी होईन ईदुई आँखा
आगोको ज्वाला बक्न सक्ने छैन मन
दैब,,,
रंग उड्दा मायाको धुवा जल्दा जिबनको
कतिबेहोशी नाशामा छन पिडापिउने मन
दैब,,,,
सप्निल ईन्द्रेणी खेल्न पाउने मन
बिरहको लाश पनी बोक्ने यही मन
दैब नदे निस्टुर भई मलाई अन्जुमन
दैब नदे कसैलाई
"खलानको मान्छे"

घात प्रतिघात

घात प्रतिघात को खेल खेल्न जान्ने सानिलाई
अजंम्बरी माया मेरो बाटो भुली जानेलाई
घात,,,
मायाको बाटो गाह्रो टेडो मेडो अफ्ठ्यारो
हिड्दा हिड्दै दुई पाईलामै थाकेर जानेलाई
घात,,,
मत हिडि रहेकै छु खोला जस्तै जिन्दगिमा
पर्खने आवाज् दिय पर्खिदिन्छु बगर भ ई
म त ,,
खेल मिठो मायालुको घाँती खेल खेलेपनी
छिया छिया छात्तिमेरो लुकाउछु उनिलाई
घात,,,,
"खलानको मान्छे"
11 April

हामी बिच सम्झदारी छ।

हामी बिच सम्झदारी छ।

हामी बिच प्रेम को नचुट्टने डोरी बा धिधैदै छ

दुनियाँ ए दुनियाँ

तिमीले हाम्रो प्रेम लाई जुन कुनै रङ दिन सक्छौ

प्रेम जिबन को गीत हो

त्यो उनिले र मैले गाउदै छौ

हाम्रो गीत को लय अनौठो छ

संगीत अनौठो छ

शायद ईश्या गर्ने हरुले

जिबन को लाय मा बाधा पुर्याउलान

केही छैन हामी गाउदै जान्छौ

गाउदै जान्छौ

दुनियाँ ए दुनियाँ

,,,,,,,,,,,

हाम्रो प्रेम को सप्त रङी ईन्द्रेनी मा

शायद घाम पनिले मज्जा लिनेछ

हामि रुझेको हेर्दै खित्तका छडी हास्ने छ

अोठमा हाशो देखी हाम्रो

जलन हुनेछ तिनी हरुलाई

त्यती बेला ए प्यारी सजक्क हुनू है

नया नया बाहाना हरुले तिमिलाई परिक्षा लिनेछ

तिम्रो गती शुस्थ पार्न

तिम्रो प्रेम कम्जोर देखाउन

तिमिलाई चुकाउने छन्

म लाई बहकाउने छन

हाम्रो बारेमा अनेकौ भ्रम छाडी

रुहाउने छन

प्यारी ए प्यारी

,,,,,,,,,,,,,

मलाई थाहा छ तिमी कम्जोर छैनौ

तिम्रो धैर्‍यताको परिक्षा हुनेछ

तिम्रा बेदनाले चिथोरियको मन लाई

मेरो अनुहार ले पनी पिडा दिनेछ

तेतिबेला मैले पनी मोती रोप्नेछु धर्तिमा

अनी प्रतिक्षाको तपश्या गर्ने छु

तिम्रो भ्रम चिर्न उपयुक्त समयको

किनकी कठपुतली को यो खेलमा

हामिले प्रेम गरेर देखाउनु छ

अनी मोक्क्षे को बाटो खन्नु छ

तेतीबेला तिम्रो सपनाले

अनन्त रुप लिनेछ

किनकी हामिबिच सम्झदारी छ

प्रेम जिबन अनी मुक्तिको बाटोमा संगै हिड्न
15 April

शान्ति भनेको नै

शान्ति भनेको नै खुशी हो
खुशी भने कै शान्ति हो
शान्तिको पारी भाषा भित्र
भय हुँदैन, भय मृत्‍यु हो
मृत्‍यु, मान्छेको डर हो
ए मान्छे शान्तिको पथमा हिड
मित्रता को हात बडाउ
हाम्रा पुर्खाले भन्थे
बशुधैब कुटुम्बक
यो शान्ति को माहा मन्त्र
जप्ने गर
ए नब युगको मान्छे
"खलानको मान्छे".

दु खायर ह्र्दय


‎---------गजल--------------
दु खायर ह्र्दय लाई हास्न कती गाह्रो ह्रैछ
जालाएर छत्तिलाई बा च्न कती गाह्रो ह्रैछ
,,,,,,,,
संझनै हो भने माया मन को थैली भरी छ है
रित्तियर पनी मन भर्न कती गाह्रो ह्रैछ
,,,,
आकाश धर्ती एकै थियो,पाईला फरक परे पछी
द्रिष्ट्री दोश भ्रंम हरु चिर्न कती गाह्रो ह्रैछ
,,,,,
केहो माया निर्मोहिको दब्दबाउदो प्याश मात्र
कहिलेही नबुझे प्यास मेट्न .....
13 September at 12:13 ·

मेरो निर्दोश मायाले


मेरो निर्दोश मायाले
कती धेरै दोश हरु बोक्नु पर्‍यो
मेरो निर्दोश मायाले,,,,
तिमीनै तिमी"४
सबै मैले बोकेका अब्डी हरु
तिमीले संसार सामु लगायौ
आबेशमा आई आरोपित बनायौ
मलाई एक्लो बनाउन
बिनादोशै दोशी बनायौ
मेरो निर्दोश मायाले
दुनियाँको दर्द स हन्छु म
उपहास पिडा स हन्छु म
सबै स हेर बचेँको म
तिमीलाई माया गर्दछु म
पीई दिन्छु हर आरोप तिम्रो
चुमी दिन्छु बेथिती जिबन मेरो
मेरो निर्दोश मायालाई
छत्तिमानै लुकाउदछु
मुटुमानै चलाऊदछु
संसारको सामु एक्लो म
मेरो निर्दोश मायालाई
तिमी नै तिमी तिमी नै तिमी
"खलानको मान्छे".
23 September at 14:00

कहिले जिबन

कहिले जिबन होड लाग्छ
कहिले जिबन जोड लाग्छ
बरालिने हावा जस्तो
कहिले जिबन लोड लाग्छ
बगी रहु जस्तो लाग्थो
हासिरहु जस्तो लाग्थो
हिड्दा हिड्दै यो जिन्दगी
सागुरो मोड लाग्छ
कहिले जिबन
कती अनुहार लाई
आफ्नो भनी दिलमा राखे
दिलमा बसी दागा दिने
बिग्रियको रोड लाग्छ
खलानको मान्छे

मनको कुरा

-----------गजल------------
----
-"खलानको मान्छे"
मनको कुरा मनमै राख्दा मैले कती रुनु पर्‍यो!
आँफै लाई ढाटी ढाटी आज मैले जिउनु पर्‍यो!१!
मनको,,,,,,,
ह्र्दयमा लुकाएर लजाएरै म अन्जान भय!
कमल को पानी ज स्तै छुट्टीयर बस्नु पर्‍यो!२!
मनका कुरा,,,,,
बरालिए हावा भ ई कती पिर खप्नु पर्‍यो!
मन भरी समेटे र मन मा माया राख्नु पर्‍यो!३!
मनको,,,,,,
कती पर्खे कती तड्पे तर पराई भ ई बस्नु पर्‍यो!
मनको कुरा भेउ नदीई उन कै खुशी मा रंम्नु पर्‍यो!४!
"खलानको मान्छे"

यसरीनै

यसरीनै जिबन भर अलोक जगाई पर्खिराख्छु
तिमी आ उने बाटो कुरी नजर को प्याश मेट्छु
यसरीनै,,,,,,
तिमी जिबन तिमी जगत तिमी पुजा आरधना
तिम्रो लागी फकिरको भेश धरी अलोक भन्छु
नचिनेरै मुठिदान दियमानी मोक्छे हुन्छु
चिनेउ भने आशु संगै जन्म जन्म पर्खिराख्छु
यसरिनै जिबन भर अलोक जगाई पर्खिराख्छु
मेरो सारा तपस्याको अर्थ तिम्रो खुशी मात्र
तिमी खुशी भय देखी यो मन शुखी तेसै मन्छु
खलानको मान्छे

हिजो संगै भिजेको

-------गजल-------
-"खलानको मान्छे"
हिजो संगै भिजेको झरिको दिन याँद आयो!
भिर पाखा हिंडेको पशिना को स्वाँद आयो!!
हिजो संगै,,,,,
चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै!
स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!!
हिजो संगै,,,,
एक जोडी ढुकुर फेरी भुरुरु उडी कहाँ गयो!
रित्तो डाली गोघुली साँझ फेरी तिम्रो याँद आयो!!
हिजो,,,,
चारा फर्के जस्तै माया पनी फर्की आईदिय!
पाती टिपी देउराली लाई चडाएको याद आयो!!
हिजो संगै,,,,

अग्निबर्षा हुँदा फेरी

----------गजल-------------
-"खलानको मान्छे"
अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाँय!
रातभरी काम्दै काम्दै मैले पनी आगो खाँय!!
लाशको पहाड बनाउँदा आफ्न हरु गुमे!
आशुँका भेल बगाई मैले पनी आगो खायँ!!।
आगनिमै सानेदाई भाउजु सामु काटिएथे!
सानो नानी संगै रुदा मैले पनी आगो खायँ!!
अझै पनी सुध्खोरको नाम संगै घर बार त्यागे!
अधम युग् दोहरियो मैले पनी आगो खायँ!!
सपनाको कुरा गरी गरीबलाई लुट्नेहारु!
जनता को नाम सुनी मैले पनी आगो खायँ!!
देशमा आगो रोप्नेहारु महलमा पुगिसके!
भ्रस्टाचार र महंगिको मैले पनी आगो खायँ!!

दिन आयो हजुर!

राष्ट्र घाती हरुलाई नङ्याउने दिन आयो हजुर!
फेरी पनी जागरणको नयाँ शुभ-दिन आयो हजुर!!
राष्ट्र घाती,,,
उधारोका आशा देखाउने हरुलाई चिनिसक्यौ!
लुट्नु लुटे अब लुट्ने का दिनहरु गयो हजुर!!
राष्ट्र,,,,
बन्द हड्ताल तोड्फोड होईन अब का दिन हरुमा!
चार पाटा मुडेर कालो मोशोधशी घुमाउनू पर्‍यो हजुर!!
राष्ट्र घाती लाई,,,,
बहिस्कार गरौ सबै मिली राष्ट्र घाती हरुलाई!
सबैले बुझौ नेपाल आमाको पुकार होयो हजुर!!
"खलानको मान्छे"
15 August

आलै छ रगत

आलै छ रगत सहिदको सडकमा हेर
झगडा काईदाको संबिधान सभामा हेर
आलै छ रगत,,,,,
सपना देखाई जिउदा लाश हरुले लुटे
सपना यही हो नेपालीको नजरमा हेर
सहिदको रगतले मागेको बिहानी देउ
भाषण छोडि लगाई ध्यान काममा हेर
आलै छ ,,,,
संबिधान चाहिन्छ अब भ दौ चौध संम
नदिय संबिधान के हुन्छ सडक मा हेर
 "खालानको मान्छे "

ईश्र्वर तेरो

ईश्र्वर तेरो लीलामा मैले भूमिका कस्तो पाय
बरालिने हुरी ले छोड्ने थुप्रेको फोहर भय
ईश्र्वर,,,,,
हसाउन खोज्छु सबैलाई ,रुन्छन धर धरी
संम्झनाको पोकोमात्र दोश र घृणाछन मन भरी
ईश्वर,,,,

मायाको संसार मोहमा फशी झन झनै डुब्दै गए
जिबन सागर पौडन खोज्छु असाध्यै गहिरो पाए
ईश्र्वर,,,
हरी तिमी मनमा बश सब दुख्ख म गर्छु
घृणा को मलम मायाले लेपी हास्ने म गर्छु
"खलानको मान्छे"

जिन्दगीले

जिन्दगीले जिन्दगीलाई सतयो यसरी
मरुभुमिको मिर्ग सारी भय म कसरी
जिन्दगीले,,,,,,
माया लुकाएर हेरे आँखा जुधाया हेरे
मन भित्र राख्दै थिय बिझायो कसरी
जिन्दगीले,,,,,,
नसुनेको होईन धारिलो बचन हरु
खाली सिउदो मेरो हगको भरियो कसरी
जिन्दगीले,,,,
नौनी जस्तो मन तिम्रो क ठोर भयो कसरी
एउटै सपना लत्याई खुशी बन्यौ कसरी
"खलानको मान्छे""

नभन है प्रिएशी

नभन है प्रिएशी पर्देशिले भुल्यो भनेर
सम्झनाका चिट्ठी पनी लेखेन है भनेर
नभन है,,,,,
माया कती गर्थे ओईलियको फुल लाई सोध
तिफुल टिपी दिन्नथे तिमिलाई भनेर
नभन है,,,,,,
फुल पनी खुशी हुन्थे तिमी पनी खुशी
झरी बादल पिरतिको सानो संसार ठानेर
नभन,,,,,
मैले कती सम्झी सम्झी बशेको छु तिमीलाई
छाती भरी मेरो माया अमर नाता गाडेर
नभन है,,,,,
तिम्रो लागी जिन्दगीमा दुख्ख गर्ने साहास बड्यो
संझनाका कोशेली मिलन लाई साचेर
नभन,,,,
"खलानको मान्छे".

तिमीले साथ छाडे देखी

तिमीले साथ छाडे देखी एक्लो भय धेरै बेर
मुटु दु खाई हिडि रहे एक्लो भय धेरै बेर
,,,,,,,
जब झरेको पात देखे हामी बस्ने चौतारीमा
जब जलेको मान्छे देखे पिउदै हिड्दा मसानमा
तब छुट्टीनुको बेथा भुली एक्लो भय धेरै बेर
मिलन बिछोड रित संझी एक्लो भय धेरै बेर
तिमीले,,,,
अब आँखाले झरी नपार्ने संङ्कल्प गरी सक्यो
मनले पुजेको देबता भनी तिम्रो खुशी मागी सक्यो
देउरालीमा पाती चडाई एक्लो भय धेरै बेर
आधा बटो हिडेपछी एक्लो भय धेरै बेर
"खलानको मान्छे"

हिमाल बाट


हिमाल बाट उदाएको बाल सुर्य सधैं हेर्न पाउ
पहाड को थाप्लोमा पुर्नेको जुन हेर्न पाउ
तराईको फाटमा निस्फिक्री चरेको ध्यानू पाउ
मेरो नेपाल, चन्द्र र सुर्य ध्वजाले, संसार मा चिनियको सुन्न पाउ
मेरो नेपाल,,,,हो मेरो नेपाल
हिमाली सिर पहाडी मुटु तराई छत्ती बोकेको
सधैं बिरको गाथा बोकेर संसार मामु हिंड्न पाउ
मेरो मन नेपाली हो भनी सधैं गर्व गर्न सकु
बुद्दको सन्देश संग संगै बिरको गाथा भन्न पाउ
मेरो नेपाल मलाई मोक्षे दिने मेरो मत्री भुमी
यही शिवको ध्यान गर्दै भव सागर तर्न पाउ
"खलानको मान्छे".
5 November at 02:0

कस्ले कती माया दियो

कस्ले कती माया दियो,कस्ले दियो धोखा
मायाँलु हरु हुन्न कहिले धन् को भोखा

सानो ठुलो केही हुन्न,उच निच को भेद हुन्न
बिबशता मा पनी हुन्छन समर्पण ले चोखा

मनै हो मान्छेको,माया गर्नेहारुको हुन्छ मनै बेग्लै
टाढा टाढा हुँदापनी अलापिरह्न्छन पिरतिका भाखा

आँखा अगी सुन्दर संसार,ढुक ढुकी मा पियार छन
रित हो दुनियाँको काटी दैन नाख
कस्ले कती,,,,,
"खलानको मान्छे"
कस्ले दियो धोखा
मायाँलु हरु हुन्न कहिले धन् को भोखा

सानो ठुलो केही हुन्न,उच निच को भेद हुन्न
बिबशता मा पनी हुन्छन समर्पण ले चोखा

मनै हो मान्छेको,माया गर्नेहारुको हुन्छ मनै बेग्लै
टाढा टाढा हुँदापनी अलापिरह्न्छन पिरतिका भाखा

आँखा अगी सुन्दर संसार,ढुक ढुकी मा पियार छन
रित हो दुनियाँको काटी दैन नाख
कस्ले कती,,,,,
"खलानको मान्छे"

बशिगयौ

बशिगयौ तिमी मेरो ढुकढुकी को तरंङ्ग भ ई
माया होईनौ छाया होईनौ तर मेरो जिन्दगी भई
आधा जिबन कल्पनामा बिताई दिय आभारा भई
बाँकी आधा जिबन तेसै सुम्पिदिय साहारा भई
दोश मेरो केनै छ र रित यो रे दुनियाँ को
पुणतामा पनित म जियको छु आधा भई
बशी,,,,,,
खलानको मान्छे
· 17 November at 01:36

निदाउन देउ मलाई अब निदाउन देउ


निदाउन देउ मलाई अब निदाउन देउ
अनन्त संम्मा निदाई रहन्छु निदाउन देउ
,,,,
कल्प बित्नेछ फेरी नयाँ शुर्य उदाउन
तिल्का तिल्का जल्नेछ मैन अब सल्किन देउ
,,,,
मा केहि भन्दिन थाकेको छु तेशै पनित यहाँ
डरलाग्दो राके भुत हरुलाई धवाउन देउ
,,,,,,,
नफुकाउ लुट र धोखा को माग पत्र हरु
झुक्याउने समझदारी धेरै धेरै गर्न देउ
,,,,,
यो तिम्रो गाण तन्त्र हो लुटको र झुट को
नबिउझदा संम्म मलाई सुत्न देउ
"खलानको मान्छे".
22 November at 14:4

हिरा लाई हिरा ले काट्छ


हिरा लाई हिरा ले काट्छ
फलाम लाई फलाम ले
यो युग सुहाउदो मलाई
एउटा फलाम चाहिएको छ।
,,,,,
फलाम जस्तो कठोर पुत्र दिन सक्छौ तिमी मलाई
यो युग हाँक्न को लागी
यहाँ प्रेम सकियको छ
तेसैले प्रियतमा
मलाई मेरो देश को लागी
कठोर छोरा चाहियको छ
हत्यारा हरुलाई निर्भयका साथ सझाए दिने
बहादुर मन चाहिएको छ
तेसैले फलाम लाई फलाम ले काट्छ
यो बुद्दको युग होईन
राम र कृष्ण को युग होईन
यो युग धर्ती लाई लुट्ने लुटेरा को युग हो प्यारी
तेसैले फलाम को मन भयको छोरा जन्माउनु छ मलाई
के मलाई स हयोग गर्छौ?

"खलानको मान्छे".
24 November at 14:01

गाउँ घर का दौतरिलाई

गाउँ घर का दौतरिलाई
गाउँ घर का दौतरिलाई
हो मेरो दौतरिलाई
संझियको छु आज
एक्लो हुँदा पर्देशम

गाउँ घरमा ओरी दोरी
मस्ती होला रोधी घरमा
संझे होला मलाई पनी
गीत छोप्ने बेलैमा

रोधी घरमा सान्नानीले
रोधी घरमा सान्नानीले

जुहारिमा हराउदामा
जुहरिमा हराउदामा
संझेहोला मलाई पनी
मस्तिगर्ने बेलै मा

गाउघर का दौतरिले मेरो दौतरिले

म छु आज पर्देश मा
घर् देश मा केके होला
चुड्का धाटु;पुङ् खाने
बेला होला दौतरिको

सान्नानिको हाशो संगै
हास्दै होला दौतरी ती
,,,,,,
"खलानको मान्छे"

वीर हरु तिमी कहाँ छौ

वीर हरु तिमी कहाँ छौ
शहीद तिम्रो सपना हेर
मात्री भुमी जली रहेछिन
तिमीलाई पुकार गरेकी हेर
वीर,,,
टुक्रा टुक्रामा बाडिदै छिन आमा
एउटा प्रिथ्बिको खाचो छ
बिस्तारै बिस्तारै चेपीदैछिन आमा
एउटा बलभद्र को खाचो छ
टुक्रा,,,,
लखन तिमी हेर कहाँ छौ
जस्मानी आन्दोलन को खाचो छ
जोडीन फेरी नेपाली हरु
त्रिभुवन तिम्रो समर्पण को खाचो छ
वीर,,,,
स्वार्थी हरुले आमा को नाम मा
ब्रंम लुट बलात्कार गरी रहे
बिजुलिको धराप राखेर गाउँमा
डरका खेती गरी रहे
,,,,
अमर शहिद वीर हरु
एक चोटि मोक्षे भुमिलाई हेर
तिम्रा सन्तान कुचक्री जालमा
फसेकाछन परी भई हेर
वीर,,,,
"खलानको मान्छे".

जलायौ तिमीले


जलायौ तिमीले रूहायौ तिमीले
माया गर्छु भनेर फसायौ तिमीले
जलायौ ,,,,
दोषी बने घाईते बने जिबनमा
निर्दोष माया लत्याई गयौ तिमीले
बेदना भरि आशु दियौ अकारण
माया र धोखा का रुप देखायौ तिमीले
जलायौ,,,,,
ताप को राफमा नजल जिबन मा
सबै सहने मलाई भुलाहै तिमीले
"खलानको मान्छे.

तिमी भित्र हराउदा

तिमी भित्र हराउदा डरायाको थिय
पाप पुण्य तराजुमा जोखियाको थिय
माया को यो भेद भनी तिमीले ढाडश दिदा
देबी देब सबै भाखी अप्नायाको थिय
तिम्रो समू बलका झैँ लुट्पूटिदा फेरी
स्वर्ग यहि तिनाभुवन जितेको थिय
तिमी हास्दा संगै हाशी संसार भुली दिय
तिमी रुदा झरी बनी रुझेको थिय
मेरो जिन्दगीको तिमी विश्व रुप हुदै
हृदयको पान्ना भरी लेखेको थिय
तिमी मेरो दिन रात घाम छाया सबै
तिमीलाई केवल चोखो माया दियको थिय
"खलानको मान्छे"

जिन्दगीको बाटो छुट्यो

Ashokashok Ashok
जिन्दगीको बाटो छुट्यो दोबाटो भेटियन
जहा पुगेपनी उनको याद हरु मेटीयन
दुनियामा पिरतीका धेरै धेरै गाथाहरु
उनको मेरो कथा हरु कही कतै लेखियन
जिन्दगीको बाटो ,,,,,,
अझ पनी एउटा नाम ले मुटु ढुक्क फुली दिन्छ
यादहरु बालापनको कही कतै छाडियन
कगचाको डुंगा जस्तो माया डुब्यो छाल नआइ
भाग्यरेखा भित्र बिछोड लेख्या रैछ मिलियन
जिन्दगीको ,,,,,,
उनको तस्बिर बादलमा बनाउछु उडी जान्छ
सम्झना को ठेश लाग्दा किन आशु रोकियन
"खलानको मान्छे ",

ए युगका नारी

ए युगका नारी मान्छे हरु
तिम्रो चुलोमा आगो निभेछ
जाऊ रेस्टुरेन्ट बाट पिजा लियर आउ
तिम्रो मुटुको टुक्रा लाइ भोक लागेछ
हेरत ज्वरो आयको छ
रक्शी नहाल गिलाश मा
डा खोज्नु भन्दा पनि पट्टि लगाउ
ए युगका गृहणी
कति डिस्को जाने
रोधीघर खाली छ
आज डबली बस्नेकी
पुर्णिमा हो
जाडोमा सुप होइन
गगत को झोल खानु पर्छ
ए युगको गृहणी
"खलानको मान्छे

एक बर्ष घट्यो

मेरो जिबन को एक बर्ष घट्यो
सत्ते यही हो,यो सत्तेले मनमा शुख्ख बड्यो
म फर्कन धेरै दिन बाँकी छैन
धर्ती को यो सेवामा काटेर यो मानब योनी
म फर्कन्छु आफ्नै धाम
जहाँ एकमा नै छ अनन्त काम
फर्कने मेरो समयको एक बर्ष घट्यो
तेसैले मनयो हर्शले बिभोर भयो
ए भड्कियका मानब हरु हो
काटेका समय लाई हेर
के त्यो समय साच्चै नै माहान भयोत
आँफैलाई तेशको तराजुमा जोख
अनी के तिमीले चित्त शुद्द गर्यौत?
जिबन को एक बर्ष  घट्नुमा
अनौठो सन्तुष्टी प्राप्त हुन्छ
के तिमीले अनुभब गर्यौ त
म गर्दै छु
चित्तमा गल्तिलाई सुधा र्ने प्रयत्नले
म स्फटिक नबने पनी
सत्ते खोजी रहन्छु
हर बर्ष बर्ष भरिको हिसाब गरी रहन्छु
तेसैले त म जित हारको कुरा गर्छु
अनी जिबन लाई युद्दको समर मान्छु
म नफर्कुन्जेल संम्म
यही क्रम चली रहनेछ
जिबन मा दुखी र मृत्‍यु मा सुख खोजिरहेछु
आज शुखको दिन हो मेरो
एक बर्ष घटेको दिन हो मेरो
"खलानको मान्छे"

फुलको सुन्दरता

-----------गजल--------
"खलानको मान्छे"


उनको लावन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
उनको,,,,,,
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!
उनको,,,,,
ठुला ति दुई नयँन खोल्दा नबोलेरै,लजाएरै सबै भनेको थियो!
नौ गेडी गलाको,हातको चुरिले झनै सुन्दरतालाई घुलाको थियो!!
उनका,,,,
पैजनी छम छम बज्दा उनी संग संगै रनबनै झुमी नाच्छरे!
उर्लने खहरे पनी उसलाई भेट्दा नदिसरी सान्त बहेको थियो!!
उनको,,,,,
स्वर्गकी अप्सरा लाई जित्ने पहाड कि रानी  चारै दिशा कहलेको थियो!
उनको लाबन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!!
"खलानको मान्छे"

अन्जान मा

अन्जान मा माँया पाए बिबशतामा धोखा
गुन गुनाउदँछु आज पनि संगै गाँको भाखा
अन्जान मा,,,,,
देब पनी तिमी मेरो पुजा पनी तिमी
लत्याएनी अंगालेनी सधै मलाई लाख
अन्जानै मा,,,,,,
गर्दिन म अतितको कुरा कशै सामु
नझुकाई सिर तिम्रो राख्यौ होला नाख
अन्जानै मा,,,,
अझै पनी देउरालिमा पाती चडाउँदछु
केही बाचा संझियर माग्छु तिम्रो शुख्ख
आकाश भन्दा माथी इश्र्वर बस्ने भय कतै
पुजारी यो "मान्छे" लाई ठानी दिल्मा राख
"खलानको मान्छे"

बिर्खे

बिर्खे
तिमीले फाटेको कपडा धेरै सियौ
अंम्दानी नलाई कन
तिम्रा हात हरुमा
अब सियोले घोचेर दुख्दैन
तर म कसरी भुलु
मेरो पहिलो भोटो
तिम्री श्रीमती को फरियाले बनेको थियो
आँखा लाग्दैन कुनै कुचक्रिको भनी
दमिनी आमाले दिनु भयको उपहार
बिर्खे
भन म कसरी प्यारी आमा लाई
दुतिया बस्त्र मा हेर्न सक्छु
तिम्रा पुर्खाले
नेपाल बनाउन गरेको योगदान कसरी भुल्न सक्छु
तिमी बिशे नगरर्जी का सन्तान
तिम्रा कर्मठ हात हरुमा
नेपाल बदल्ने तागत छ
बिर्खे अब नुन पानीको सोझो मात्र होइन
सियोको टुप्पोले जगत बदलेर देखाई देउ
किनकी तिमी सक्तिसाली कर्म वीर हौ
 तिमीले कुनै निर्दही स्वर सुनेर
आत्मा हत्या गर्नु हुन्न
कर्म मात्र अधिकार हो बिर्खे दाई
मानब हरुको
यो तिम्रै बडाबा ले सिकायको कुरा हो
म पनी खाली पेट
जिबन संघर्श को दौड दौडी रहेछु
"खलानको मान्छे"

मृत्यु जिबन को

मृत्यु जिबन को अन्ते हो कि नँया रुपान्तरण जिबन को
सारीर म हुँ कि आत्मा मेरो कसरी संम्झु रहश्य जिबन को
अनन्त संगको भेट्मा के भनु मेरो सारीर गाथाहरु
भोग र जिबना को रहश्य कर्म होकी ?जिबन साधना हरु
मृत्यु जन्मा को जन्म भित्र को नयाँ बामे सराई
म अन्नत देखि छु यही भड्की रहेछु यही मेरो भोगाई
कसरी यो रहश्य लाई संम्झु संम्झाउ प्रियजन हरुलाई
मृत्य एक सत्ते सारीर एक धोखा भ्रम र तृश्णा को रहश्य
ए मेरो अनन्त यात्राको बाटा का साथिहरु छुट्नु त छदैछ
यो जानेर फेरी किन बिलाप खुशी नै जिबन को सत्ते हो
यो पल नै जिबन हो यही पल मा हाशेर बाच्न सिक
मा पुग्ने छु अर्को चक्र मा आर्को संसार मा अर्को जिबन मा
जहाँ अनन्त ताले मेरो जन्मा जन्मा को हिशाब मा न्याय गर्ने छन्
तिम्रो आशुले मलाई ऋणी बनाउन सक्छ मलाई खुशिले बिदा गर
खुशीले सत्ते लाई स्व ईकार यो नै प्रेम उपहार हो
घाट मा जलेको मेरो सारीर पुना धर्तिमा लय हुँदैछ
मेरो आत्मा परंम आनन्दको सत्तेलाई स्वईकर्दै छ
"खलानको मान्छे"

मलाई आशु देउ

यो निर्णयक घडी हो,यो निर्णयक घडी हो

सँग देश को ईतिहाश बेचीएको कथा छ
म सँग देशको ईतिहाश छोडियको कथा छ
देश उस्को मुटु मा पनी दुखी रहन्छ
देश मेरो मुटुमा पनी दुखी रहन्छ
,,,,,,,
उ सँग देश बनाउने सपना छ
म सँग देश मा सान्ती सँग बाच्ने सपना छ
उ देश को नाममा सबै गर्न सक्छ
म देश को नाममा मर्न सक्छु
,,,,,,
देश सपनाको नममा उस्ले ब्रंम लुट मच्चाउछ
ईतर र भितर को कुरा गर्छ
म फगत हेरेर आफ्न कुन्ठा निकाल्छु
हत्यारा हरुले नेपाल आमालाई लुटे भन्दाछु
,,,,,,
उ सँग छेमता छ,ओल्लटे कोल्टे फेर्ने
म आफ्नो बाटोमा हिड्छु
उ जिन्दाबाद र मुर्दाबाद भन्छ
म फगत पशिनाको धारामा नुहाउछु
,,,,,
उ सँग शब्द जाल छ मोह नी  कुराहरुको आकर्सण
म सँग कर्म योग छ जिबन जिउनुको आकर्शण
उ मान्छे लाई पशुलाई ज स्तै बेबाहार गर्छ
म मान्छेलाई श्रद्दा गर्छु,मान्छे को गीत गाउछु
,,,,
पहिला सपना बाड्ने गर्थो उ कर्म का कुरागरी
अहिले  घुम्ने कुर्ची खोज्छ उ जमात ठुलो पारी
म चटकेको खेल हेरी रहेछु,सामन्तको बिल्ला बोकेर
उ अझै मलाई देश द्रोही भन्छ
,,,,,,,,

म मेरो खिया लागेको खुकुरी हेरेर जैथक्,नालापानिको युद्द संम्झिन्छु
उ कन्टेनर को बन्दुक देखाएर त्राश बाडिरहेछ
म जिबन र सान्तिको कुरा गर्छु
ईतिहाश भात्केको मा दुखी छु
,,,,
उ ईतिहाश लेख्न नसकेकोमा खुशी छ
देश लाई आर्थिक भार थपी भुँडी भर्नु मा खुशी छ
म भोको छु, तर पनी देश को लागी पुन लड्ने छु
उ अघाउदै छ, देश को लागी भन्दै मार्नेछ
,,,,
म मेरो अस्थित्व को लडाईं छेड्दै छु
अब उस्ले ब चाउ गर्ने पालो हो
ईतिहाश कस्ले बेच्यो र कस्ले रच्यो
यो निर्णयक घडी हो,यो निर्णयक घडी हो
 "खलानको मान्छे"
कबिता
Friday, 19 August 2011 at 15:

-----------सधैको लागी------------

-गित
"खलानको मान्छे"
चोट हरुको सागर तरी मनमा प्रेम दिप जलाई
धुवा बनेर आकाश मा खोजिरहेछु मायालुलाई
चोट,,,,,
दिप नबाल मेरो संम्झनामा आँशु नझार यो यात्रामा
यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा
चोट,,,,,
तिमी साधामा आधा भयर नबस्नु दुनियाँको लागी
बरु आधामा पुरा भयर हाशिदिनू सधैंको लागी
चोट,,,,
मायाको सुन्दर बगैचा यो सुम्पन्छु तिमीलाई
जतन गरी ई फुल हरुलाई सिहारे अबलाई
चोट,,,,
उदास नहुनू संम्झनामा खुशी भय खुशी बड्छ
साना साना खुशी सिन्चिय ई फुल मुस्कुराउदछ

अनौठो छ संसार


अनौठो छ संसार प्रियशी अनौठो

मेरो ओरिपरी सबै अनौठो लाग्छ

प्रकृतिको अथाहा निधिछडेर यँहा

स्वखलित सपना बाड्ने हरु

डलर खेतिमा लुटियका चेलीका गान गाउँचम

अनौठो छ संसार प्रियशी अनौठो

,,,,,

मेरा चेतना हरुलाई जिर्ण भाग्नाबसेष करार दीई

संग्रालयमा थन्काउने प्रयत्न हरु

आजको होईन जब देखी सानेले

धंमोबद छाडेर मर्क्सबाद पल्टायो

जिबन बाद छाडेर लुटबाद आपनायो

तब बाट हाम्रो चेतनामा धावा बोलियको छ

,,,,,

सानी जुन युरोप र अमेरिका को बिरोध गर्छ साने

त्यहाँ धंमोबाद बुझ्न मरिहत्ते गर्छन् मान्छेहरु

जुना योगका चेतनाले शरीर मा रहेको ईश्वर भेटिन्छ

त्यो बोधागंय चेतना मा पुग्न

मान्छेहरु हतर पाईलाले गर्दा

असमर्थ छन कल्पिरहन्छन

,,,,

सानी यहाँ चेली लाई पसबिक नजरले हेर्ने हरु

बेचियको कथा सुनायर दर्दमा नुन चुक धश्छन

अनी के के यान जि वो को आबरण ममा

आधा संसार हो नारी भुलेर दुई तीन श्रीमती राख्छन

अनी बिदेशी डलर डाँकार्दै मज्दुर गर्ने भाई लाई हकर्छन्

सानी स्वयंको चेतना जब जिर्ण हुन्छ

तेस्ले अरुबाट सापटी लीयको कुरा पनी भुली दिन्छ

अनी आप्नो अकर्म को दंम्मा देखाउन

आप्नो कला संस्क्रिती को खिल्ली उडाउदछ

नबिन प्रयोग को नाममा भ ग्न हाम्रो धरोहर हेर

,,,,,

तिमीले स्वयंम को चेतना लाई घनिभुत पर्नु छ अब

अनी प्रक्रिती सत्ते बुझाउनु छ अब

भाबी पुषथाको लागी अकर्म बादी संग लड्नु छ

अनी स्वखलित सानेका बिचार मा टेकी

हुर्कियको मेल्क्षे बा द लाई परास्थ गर्नु छ

सानी घोड्ताप्रे ठुलो औषधी हो

तर पानीमा भिजायर खानु पर्छ
"खलानको मान्छे"-
27 August at 11:44 ·

"तिज नेपाली प्रेम पर्ब"

"तिज नेपाली प्रेम पर्ब"


प्रियतमा किन रातो साडी नलगाएकी
आज त तिम्रो दिन हो,प्रेम पर्ब हो यो
किन श्रीङ्गार नगरेकी के भयो प्यारी
नजर को कोश कोश मा आँशु राखेर हेर्दै छौ
के भयो भन मलाई किन नाच्न नगयकी
प्यारी बोलन बोल किन नबोलेकी
,,,,,,,
भो प्यारा अब म तिज मा गीत गाँउदिन
शिव जी को आर धना पनी गर्दिन म
यो त सामन्ती पर्ब रे,गहना पर्ब होरे
गहना लगाउनु छैन नयाँ नयाँ मलाई
भो प्यारा म तिजको ब्रत बस्दिन अबदेखी
यो नेपलि लै छाडा बनाउने पर्ब भै सक्यो रे
भो,,,,
तिमीलाई कस्ले भयो यो सामन्ति पर्ब
प्रेम अभिजात हो सत्ते हो निश्पाप हो
संम्पुर्ण योग हो,तिमिमा भ्रंम भय जस्तो छ
मैले भेलिनटिन को कथा बताएको थिय
संझन्छौ तिमी भेलिन्टिन ले आखा गुमाएको
यहा पर्बतिले तप सफल् बनाएकी छिन
तिमिलाई,,,,
तिमिले चहेको खुशी पाउँदा के गर्छौ?
अनी खुशिलाई सधै संम्झन के गर्छौ?
खुशि प्राप्तिका बाटोलाई कसरी लिन्छौ
धर्म भनेको के हो ,प्रेम भनेको केहो
जिबन् र जगत भन्दा पनी माथी
कर्मिक योगले बनेको सत्ते छ प्रियतमा
,,,,,
संसार ब्ल्याक होल ले श्रीजना गरेको सम्पूर्णता होईन
शिव अपरा चेतनाको मालिक हृदयका प्रेमी हुन
शक्ती त्यो प्रेमलाई जिबन दिने श्रीजन पुन्जिका हुन
तिमीले आराधाना गर्ने शिव नै शक्तिको आरध्ये होईन
शक्ती शिवका आरध्येए हुन
चेतनाका हरेक बिमंब का समरुप.
,,,,,
यो संसार प्रक्रितिमा लय र बिलय हुन्छ
यस्को योगमाया निधिनै प्रकृति हो
तिमीले शिव का कुनै रुपका मन्दिर देखेकी छौ
किन? शिवालयमा योनिका प्रतिकत्मंक चिन्ह भयको
अनी शक्ती माता सिंह माथि चडेकी हुँन
यो प्रकृतिक अटलता बुझाउदै छु तिमीलाई
,,,
तेसैले प्यारी प्रकृतिको उपासना गर्न नचुक
यो प्रेम पर्ब हो जिबन को गीत गाउँने पर्ब हो
अनी जिबन सफल बनाउन
पर्बती ले जस्तै समर्पित हुने पर्ब हो
शिवले जस्तै दुख्खलाई आत्मासाथ गरी
जगत कल्याण गर्ने पर्ब हो

"खलानको मान्छे"

मोती भरिएको

मोती भरिएको दुई आँखा तिम्रो पनि  मेरो पनी
संम्झना ले बिहल मन यो मेरो पनी तिम्रो पनी
मोती भरियको ,,,,,
मायाको के पारीभाश हरु मन लाई सोध
मन भित्र तिमी पनी छौ शायद कतै म पनी
मोती,,,,
किन? होला आजकाल मलाई बाल पनको याँद आउँदछ
तिमी संग खेलेको हासेको बोलेको याँद आउँदछ
सायँद मन को रोजाइ तिमी बिछोड सहनु परेपनी
मन भरी तिम्रो तस्बिर नाच्छ उदास उदास बनी
मोती ,,,,,
खलानको मान्छे

मनको भुमरीम

-------------- गित-------------------
मनको भुमरीम अल्झियको "मान्छे" हुँ जिन्दगीमा
बटो देखउने सखी टडा टडा भईन जिबन सगरम
,,,,,,,,,
जतततै अन्धकरले राज गरी सक्यो "उज्यालो त टाडा टाडा छ"२
दुर एकान्तको दियालोले "रात लामो यात्री भनी सन्देश दिदैछ"२
मनको भुमरीमा,,,,,
पर्खाईको नेटो कटाउन"३
चिनो थियो यो पछेउरी ओड्दै छु रात बिताउन
मनको,,,,
तिमी नफर्कनू प्रिया म नै आउदछु दुर गगनमा
एक्लो याँद समेटेर सुनाउला कथा हरु तिम्रो समिपमा
"खलानको मान्छे"

उनिलाई भुल्न पिउदछु म

उनिलाई भुल्न पिउदछु म
आफ्नै लागी जिउदछु म
बेशाहारा न ठा न मलाई
मसान मा पनी पिउदछु म
,,,,,
मिल्नू को अर्थ छुट्नू पनी त एक हो
भुल्ने हरु लाई संझन पिउदछु म
जियर थाकेका हरु हो
पियर हेर एक चोटि
मसानमै जल्नेछ लाश
जन्मनु को सत्ते मर्नु मान्दछु म
उनी लाई ,,,,
जित हार को कुरा त जुवाडेले गर्छ
माया गर्ने हरुले स हन भन्दाछु म
स हदा स हदै घाईते हरु हो
बर्बाद भई आवाद जिबन जिउने मान्दछु म
उनी लाई,,,,
खलानको मान्छे

बद्दनाम शहर

बद्दनाम शहर लीलामी भो रुप
मायाँ भन्ने हरुले नै चोट दिए खुब
बद्द्नाम,,,,,
पिजडाको सुगाँ हुन म चाहन्न
शमर्पण मायाँ को देखियो खुब
बद्दनाम,,,,
म जिबन देखी हारेर रुने छैन कहिलेई
मुटुनै चिरीदा पनी हाशी दिए खुब
बद्द्नाम,,,,,,
एक्लो यात्रा गरी रहन्छु म अब
नाम के बद्द्नामिनै सहिस दीए खुब
,,,,,,
मेरो गल्ती के थियो आखिर
माँया गर्ने लाई माँया गरिदिए खुब
"खलानको मान्छे"

जल्न देउ अब


जल्न देउ अब
छडी दियौ जब
दुबिधा र दोधार हरु
त्यागी दिय सब
जल्न देउ,,,,
बैशालु मन मेरो पनि
आशु पिईदियो रब्
जल्न देउ
भुल्नु के सकिन्छ र
मायाको ति भाब्
पिउदा पिउदै जिउने मान्छे
सकिदैन रे खाब्
"खलानको मान्छे".

शुक्रवार, 30 दिसंबर 2011

भिर को बाटो

भिर को बाटो हिड्नु पर्ने जिन्दगीको एउटा कुरा
नचाहेरै खुकुरीको धारा मा हिड्नु आर्को कुरा
भिरा,,
अशिमिता चाहना हरुनै मान्छे को एउटा कम्जोरी
बच्ने यत्नमा  सधै भरी जुझारु हुनु अर्को कुरा
भिरको ,,,,
फुल्नु भन्दा पनी ठुलो सुवाशाको महत्वछ
काडा बीच बचेर नि मुस्कुराउनु अर्को कुरा
भिरको,,,,
टाडा टाडा छितिजमा देखियको लालिमा
सिन्दुर लाउनु एउटा कुरा माया भन्नु आर्को कुरा
भिरको ,,,,,
"खलानको मान्छे

आशु पियर बेथा लुकाउन

आशु पियर बेथा लुकाउन गाह्रो हुदो रहेछ  प्रिय
जुन तारा हेरेर तिमीलाई भुल्न गाह्रो  रहेछ प्रिय
म जल्दै छु म जल्दैछु तिल तिल जस्तै जल्दैछु
आगोले होइन मायाको तापले धुवा भयछु प्रिय
आशु ,,,,,,,,
जमिदियो  जिन्दगीको रहर हरु  हिउसरी तिमीबिना
थोपा थोपा पग्लियर  यहा सकीदै गईरहेछु प्रिय
सम्झनाका दियो हरु किन  धिपधिपाई रहेछ प्रिय
छितिज पारि गोधुली साँझ घाम डुब्दै छ प्रिय
"खलानको मान्छे "

म पत्थरमा देबता खोजी हिंडे!

-------गजल--------
म पत्थरमा देबता खोजी हिंडे!
म देबतामा पत्थर रोजी हिंडे!!
खै के को नशाले मान्छेलाई पुजे!
म मान्छे ईश्र्वर लाई भजी हिंडे!!
म पत्थरमा देब ता,,,,,
मन तरल छ मेरो पानी जस्तै
मन को आकार लाई पुजी हिंडे
म पत्थर मा,,,
विश्व स्वरुपनै यो आत्मा रहेछ
आत्माको आवहाँन मा बजी हिंडे
हजार ताल संगित मा डुब्दा
म झुमी झुमी नाच्दै रजी हिंडे
विश्व,,,,,
"खलानको मान्छे"

सम्झनाको कोशेली

नभन है प्रियशी पर्देशिले भुल्यो भनेर
सम्झनाका चिट्ठी पनि लेखेन है भनेर
नभन है……………..
माया कती गर्थे ओईलियको फुल लाई सोध
तिफुल टिपी दिन्नथे तिमिलाई भनेर
नभन है………………

फुल पनी खुशी हुन्थे तिमी पनी खुशी
झरी बादल पिरतिको सानो संसार ठानेर
नभन…………
मैले कती सम्झी सम्झी बशेको छु तिमीलाई
छाती भरी मेरो माया अमर नाता गाडेर
नभन है………..
तिम्रो लागी जिन्दगीमा दुख्ख गर्ने साहास बड्यो
सम्झनाको कोशेली मिलन लाई साचेर
नभन………..
“खलानको मान्छे”.

तिमी नभयर पनी त

तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट्
मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट्
तिमी न भयर्,,,,
दिन थाकेर साझँमा तिमीलाई कुरी रहन्छ
गोधुली नेटो काटेर बर पिपल को छाँया रोजेर
तिमी न भयर पनि
मलाई जुन चाहिदैन प्रिया,फुल को अनुरागी हुँ
मत तिम्रो प्रेमको पुजरी हुदिन कही भिखारी
तिमी न भयर पनि,,,,
सम्झनानै काफिछ मलाई दुई पल को जुनि भरी लाई
मेरो माया अमर छ अब सधा धर्ती का मानिस हरुलाई
"खलानको मान्छे
यो गित भाई बिबेक को अनुरोध मा लेख्ने जमर्को मात्र गरेको हुँ उस्को नाशो उसैलाई सुंम्पदै छु

तिमीलाई देखेपक्षी

तिमीलाई देखेपक्षी
दिन पनी दिन जस्तो रहेन
रात पनी कल्पनाले कटेन
तिमीलाई देखे पछी
आँखामा अर्को कुनै सुन्दर द्रिश्य रहेन
फुल मा पनी तिमी छाँया पनी आफ्नो भयन
बाटो पनी तिम्रै छेउमा लक्षे आफ्नो ताकिदिन्छ
मन पनि चन्चल उडेर तिम्रो प छेउरी अोडु भन्छ
तिमीलाई देखे पछी,,,,,
निल गगनको जुन जस्तो मुहार,
बादमी आँखा लाली मए ओ ठ
कस्तो छाप पर्‍यो ए सुन्दरी,
मन मा लुकाउने गरेछु हठ
तिमीलाई देखे पछी,,,,
"खलानको मान्छे"

जलेको दिप सरी

सतायो होला लज्जालू झारलाई सितको थोपाले पनी
बिहानिको मिर्-मिरे उशाको कलिलो किरणले पनी
सतायो होला,,,,,
कती वाचाल बतास हरुले थुपारेको छारो स हने
सितल पवनले आँखा जुधाए लाजको घुम्टो ओड्ने
कती,,,,,
पर्खाईको घाम पानी सहेर बशेकी तुलशी जस्तो
सांझ पख मग्ग मगाउने हुनकी पारीजात जस्तो
,,,,,
प्रेमको इन्द्रेणी पर्दा नाच्ने मयुर पो होकी
मन्दिरमा जलेको दिप सरी उनको जोवन होकी?
सतायो होला,,,,,
"खलानको मान्छे"

निरन्तर आलोक


निरन्तर आलोक जगाई रहू
शुख्ख दुख्ख मा हाशी रहू
तिम्रै मायाको पछेउरी ओडी
पशिनाको धारमा रामी रहू
जिबन को अन्तिम पद सम्म
तिम्रै माया मा खुशी रहू
हरपल हृदयमा तिमीलाई सम्हाली
जिबन ध्वनी जलाई रहू
निरन्तर ,,,,,
"खलानको मान्छे ".
Wednesday at 14:57 2oo12 dec 28

सुहागरात त्यो प्रणय रात

जिबन को एउटा कबिता आज लेख्दै छु .अनन्त आत्मावर हरु कविताले न्याय गर्यो गरेन आफै छुट्याउनु होला
                                   सुहागरात त्यो प्रणय रात

मायाको सिमान्ग्कन संगै
अटुट बन्धन मा बधियर
तिमीले मलाई सकार्दै
बर माला पैरियाको थिय
अनन्त यात्रा को शुरुवात थियो
तिम्रो बरमाला
मैले भनेकै थिय माया गर्छु तिमीलाई
मन ले सरिराले
बचन ले
तिमीले पनी भनेकी थियौ
माया गर्छु
अगाढ असिम
र अनन्त
जुनी जुनी संमा
खैत तिम्रो अगाढ अशिम माया
मायाको यथार्थ स्वरूप
सरिर को शुख पनित हो
या जिबन को सुत्रधार
प्रेम को नया बिज
ब्याड मा छरिने
अषार मा छरिने धन जस्तै
खैत तिमीले समर्पणको ध्वनि बुझेकी
आत्मा आत्मा को मिलन
अबस्य शारीरिक पिडा माया हुन्छ
तर तेस्को बिज फुट्दा
नाशोका रुपमा रहेहा जैविक,भ्रुण
नवजात शिशु बन्छ
ए प्रियशी
तिमीले
बाबाले दियको
दान पत्रिकाको
हिसाब गर्यौ
त्यो हाम्रो लागी
नया जिबनको
शुभ कामना भरियको आशिर्बाद थियो
तिमीले सुहाग रातमा
आफ्नो कौमार्य मात्र दिन्नौ
मेरो ब्राम चार्य  धर्म लाई
पनित परिवर्तन गरिदिन्छौ
मलाई गृहस्थी बनाई
तिम्रो मालिका होइन
जिबन को पुजारी बनाउछौ
कसरी मैले तिमीलाई पिडा दिय
मैले पनित बराबर पिडा भोगे
मेरो हर स्वतन्त्रता तिमीलाई सुम्पे
जिबन को हिशाब मा
तिमीलाई भन्दा
घाटामा म नै छु
ए मेरो जिदगी
सुहाग रात प्रणय र समर्पण को रात हो
ब्रमचार्य र कौमार्य धर्म को तब्दिलिको रात

"खलानको मान्छे "

आगो पियर जिउदा

आगो पियर जिउदा बेहोश भै लडेछु
माया दियर बस्दा सपनीमा पनी जलेछु
आगो पियर ,,,,,
भक्कानिन्छ मन यो  अतित संझदा
थाकेर मसानमा  अन्तिम सास कुरेछु
आगो ,,,,,
जिउनु के नै हो र पियर बिना को जिबन
मनको चितामा जली धुवा भै रहेछु
आगो ,,,,,
सुन्दर संसार यो निर्झर बस्तीमा मेरो
एउटा दियो निभ्दा अन्धकार मा डुबे छु
आगो ,,,,
"खलानको मान्छे "

अचानो भै सधै भरी

अचानो भै सधै भरी रेटियको मन
आगो जस्तो ताप हरु खपी बस्ने मन
एक झरी बर्षी दिन्छ आखा सम्झनामा
आकाश मा जुन तारा अधेरी यो रात
अचानो ,,,,,,

पिर पनी कस्तो कस्तो अतृप्त मनको
आफ्नै छाया पराई बन्छ किन दुखीयाको
दिन पनी दिन होइन कठोर रात जस्तो
जिउदो चिता जलीदिन्छ बाध्यता यो कस्तो
अचानो ,,,,,

"खलानको मान्छे "