शनिवार, 31 दिसंबर 2011

अग्निबर्षा हुँदा फेरी

----------गजल-------------
-"खलानको मान्छे"
अग्निबर्षा हुँदा फेरी मैले पनी आगो खाँय!
रातभरी काम्दै काम्दै मैले पनी आगो खाँय!!
लाशको पहाड बनाउँदा आफ्न हरु गुमे!
आशुँका भेल बगाई मैले पनी आगो खायँ!!।
आगनिमै सानेदाई भाउजु सामु काटिएथे!
सानो नानी संगै रुदा मैले पनी आगो खायँ!!
अझै पनी सुध्खोरको नाम संगै घर बार त्यागे!
अधम युग् दोहरियो मैले पनी आगो खायँ!!
सपनाको कुरा गरी गरीबलाई लुट्नेहारु!
जनता को नाम सुनी मैले पनी आगो खायँ!!
देशमा आगो रोप्नेहारु महलमा पुगिसके!
भ्रस्टाचार र महंगिको मैले पनी आगो खायँ!!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें