बिर्खे
तिमीले फाटेको कपडा धेरै सियौ
अंम्दानी नलाई कन
तिम्रा हात हरुमा
अब सियोले घोचेर दुख्दैन
तर म कसरी भुलु
मेरो पहिलो भोटो
तिम्री श्रीमती को फरियाले बनेको थियो
आँखा लाग्दैन कुनै कुचक्रिको भनी
दमिनी आमाले दिनु भयको उपहार
बिर्खे
भन म कसरी प्यारी आमा लाई
दुतिया बस्त्र मा हेर्न सक्छु
तिम्रा पुर्खाले
नेपाल बनाउन गरेको योगदान कसरी भुल्न सक्छु
तिमी बिशे नगरर्जी का सन्तान
तिम्रा कर्मठ हात हरुमा
नेपाल बदल्ने तागत छ
बिर्खे अब नुन पानीको सोझो मात्र होइन
सियोको टुप्पोले जगत बदलेर देखाई देउ
किनकी तिमी सक्तिसाली कर्म वीर हौ
तिमीले कुनै निर्दही स्वर सुनेर
आत्मा हत्या गर्नु हुन्न
कर्म मात्र अधिकार हो बिर्खे दाई
मानब हरुको
यो तिम्रै बडाबा ले सिकायको कुरा हो
म पनी खाली पेट
जिबन संघर्श को दौड दौडी रहेछु
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें