मन्दिर मा चडाउने अक्षेता अब संगाली राख्छु म
हे शिब शिबस्वा स्वरूप दुखिलाई बढ्छु म !
मानबको पिडा हेर स्वर्गको झ्याल बाट
अक्षेता लिन बन्द गर पृथ्बी तल बाट !!
इस्ट देब मेरा हे शिब पुकार्दछु दिलले
छेमता देउ दुखीको साहारा बन्दछु मनले
आलोक जगाई देउ मनमा प्राणीलाई
मुठीदान अन्न चडाउँन सकु गरिब दुखिलाई !!
भर पेट खाय आमाले स्वास्थ रहन्छ जगनै
सयौ पुस्था मानबको उठ्दछ धर्तीमै !!
भोकै तिमीले उठाउछौ जगमा नासुताऊ भोकोनै
दरिद्रता हटाउने जुक्ति सिकाउ सधैनै
हे शिब अन्नपूर्ण संग भिक्षा माग्छु
सहयोगी हात बढाउँन पठाई देउ भिक्षा नै
तिमिनै पूर्ण सत्ते हौ आत्मामा तिमि छौ
दुखीको आशु देख्दा बढ्ने हातमा तिमि छौ !!
धक फुकाई बाड्न सकुन हुनेले जगमा
अक्षेता भेटि मन्दिर मा होइन चडाउँन गरिबको चुलोमा
आशिष देउ सच्चा मनले जो सेवा गर्छ आर्तको
तेसैले स्वर्ग भोग्दछ सधै पृथ्बी तलको
"खलानको मान्छे"
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें