इतिहाश मा आफुले हारेको भन्दै
केहि नर पशुहरु
आमालाई बलात्कार गर्न खोज्दैछन
बाबालाई बाहुन बाद को बर्को वोडाई
गोर्खाली साम्राज्यको आफुलाई दाश घोसणा गर्दै
स्याम नै मुक्तिको कुरा गर्दै छन
मानसिक रोगीले झैँ
घरि घरि गाली गलौज मा उत्रिदै
आफ्नो अकर्म को आवरण बनाउदै छन्
इतिहाश को एउटा पाटो उत्खनन गर्दै छु म
जित्ने को कलम रोकेर हार्नु को पिडा भित्र
आजको लज्जाबोध ,अनी तिरस्कार खोज्दै छु म
विशे नगर्ची ले,सुत्रबद्दा गरेको अर्थ तन्त्र
अनी नारायण दास ले स्थापित गरेको पन्चिसिल
एकीकरण को महायात्रा मा पृथ्बी को युद्द कौसल
इतिहास साक्षी छ गोरखाली साम्राज्य बादी होइनन
नेपाल बादी थिय ,जाति बादी होइनन,राष्ट्र वादी थिय
समयको घेरा भित्र उठेका बन्दुकले
लाचारी नाकामी लुट जाल झेल सिकाउदै
फुटाउने सडेन्त्र मा माहाजाल बुनेर
दिग्भ्रमित बनी जातीयता छेत्रियता मा बढ्दै छ
अनी इतिहास पुरुष हरुको त्याग तपस्या लाइ
कालो पोत्न खोज्दै स्यम चोखिन खोज्दै छ
यो विषाक्त छेड को बिष बमन रोक्न
जैथक नालापानी किल्ला कगड़ा पुगी
बिर हरुको रातबिर खोज्नु परि रहेको छ !!
ए इतिहास मा हारेका हरु हो
गोरखाली साम्राज्यबादी भैदियर नै
नेपाल ले हिमाल आफ्नो भन्न पायको हो
तराइ आफ्नो भन्न पायको हो
पहाड मा प्रेम को नाबी नारोपेको भय
हिजो पुर्खाले बनायको नेपाल हेर
अनी जन्म भुमि को जयजय कार गर
हिम्मत छ भने फाटेको दौरा भित्र
अझै पनि युद्दका अबसेस बाकीनै छन्
अंग्रेज ले दियको सस्थी संग
गोरखाली ले गरेको प्रेम तुलना गर
तिमीले हारेका थियनौ तिमि स्यम भ्रम मा छौ
तिम्रो पुर्खा को स्वाभिमानी सिरुपाते खुकुरी लाइ सोध
अनी भत्कियका गडी किल्ला हरुलाई सोध
गोर्खाली हरु तिम्रो सम्रक्षेण र अघुवाई मै लडेका थिय
हातेमालो गर्दै बिशाल नेपाल को अभियान मा
जुटेका थिय
आज भ्रम मा छौ ए रक्ताबिर तिमि
पुर्खालाई नाधिक्कर त्यो एकताको समय
नाचुडिने धागोमा बधियाको छ
तिमीले आफ्नो इतिहाश पड्नै पर्छ अब
"खलानको मान्छे "
हाल मिउनिक जर्मनी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें