शुक्रवार, 6 अप्रैल 2012

एक पल्ट फेरी मनको संनुस उघारे रात भरी

एक पल्ट फेरी मनको संनुस उघारे रात भरी
खोपाको बती झिकेर हेरे तस्बिर रात भरी !

पुराना चिठी पुरानो कुरा दोहराय  मन मनै
नियाली बशे एक्लो यो जिबन सम्झेर रात भरी !!

नीयती कस्तो भाग्य को खेला मनु कि नमानु
भुलेको भन्ने मायाको डोरी बटारे रात भरी !!

उठेर हिडे दैलाको छेउ अध्यारो निछाम्मै !
जुन खोज्दै,तारा गन्दै बसेर रात भरी !!

मन्द हावा सिर सिरे चल्यो अजीबको लाग्दै थो
तन्द्रा मै हिडे भिर को बाटो सम्झेर रात भरी !!
"खलानको मान्छे "
मिउनीक जर्मनी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें