मंगलवार, 3 अप्रैल 2012

थाकेर कोही पुग्छन मसानमा

थाकेर कोही पुग्छन मसानमा
हारेर कोही पुग्छन मसानमा !
अन्तिम सत्ते एकै हो जानी
राम नाम जप्छन मसानमा !!

कोही रंग रसमा भुली
भौतारिदै पिउछन मसानमा
जिउने कला छ है अनौठो
कोही हारेर रुन्छन मसानमा !!

जल्नु सल्किदै धुवा भै छेडमा
माटोको पुतली खरानी बन्छन मसानमा !!
मलामी कोही आउलान बोकी
यो देह भुली पोलिन्छ्न मसानमा

रुने होलान सम्झेर कोही
अझाम्बरी देह सकिन्छन मसानमा
जलेको लाशको धुवाले
बिदा माग्छ सधैनै मसानमा
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें