रविवार, 29 अप्रैल 2012

एक गर्मीको रात थियो


एक गर्मीको रात थियो
डाडा को  जुन कोठामा आयो
बिस्तारै मोहनी अदाले मलाइ
मदहोश बनाउदै गयो !!

अधर कामेको थियो
नजर झुकेको
मत्से कन्याको जस्तो
गन्ध अनौठो थियो !!

गर्मीको एक रात थियो
डाडा को जुन कोठामा आयो
,,,,,,
मोती आखाँ मा राख्दै
सिर झुकाउदै
यो मान्छे लाई त्यसै
पागल बनाउदै थियो !!

सित माग्दैथी जुनले
ताराको चमक देखाउदै
छिल्लिदै बादलुको
च्यादर हटाउदै थियो !!

गर्मीको एक रात थियो
डाडा को जुन कोठामा आयो
,,,,,,,,,,

कोस्दै आफुलाई
मेरो छात्तिमा मुड्कीले हिर्कौऊदै
मायाँ भन्दै थिइ
मायाँ माग्दै थिइ
एक ,,,,
मेरो अन्जुमन संग्रह बाट
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें