1
हिन्दू
धर्मको संस्कृति विभिन्न संस्कारहरुमा आधारित छ । वैज्ञानिक हिसावले
समेत प्रमाणित विभिन्न संस्कारहरु हाम्रा पूर्वज ऋषिमुनिहरुले मानव
जीवनलाई मर्यादित एवं पवित्र बनाउनका लागि आविष्कार गरेका थिए । धार्मिक
मात्र नभएर वैज्ञानिक दृष्टिले पनि यी संस्कारहरु हाम्रो जीवनमा
महत्वपूर्ण छन् । हिन्दू संस्कृतिको महानतामा यी संस्कारहरुको महत्वपूर्ण
योगदान रहेको छ । प्राचिनकालमा हाम्रा प्रत्येक कार्यहरु संस्कारबाट
आरम्भ हुने गर्दथे । उक्त समयमा संस्कारका संख्या पनि लगभग चालिस थिए ।
समयको बद्लिँदो परिस्थितिसँगै मानिसहरुमा व्यस्तता बढ्दै गयो जसले गर्दा
हाम्रा केही संस्कारहरु स्वतः विलुप्त भए । यसप्रकार समय अनुसार संसोधित
भएर संस्कारहरुको संख्या निर्धारण भए । गौतम स्मृतिमा चालिस प्रकारका
संस्कारहरुको उल्लेख भएको पाइन्छ । महर्षी अंगिराले यिनको अन्तर्भाव
पच्चिस संस्कारमा गर्नुभएको छ त्यस्तै व्यास स्मृतिमा सोह्र संस्कारको
वर्णन गरीएको छ । हाम्रो धर्मशास्त्रमा पनि मुख्यरुपमा सोह्र संस्कारकै
व्याख्या गरिएको छ । हिन्दू धर्ममा सबैभन्दा पहिलो गर्भाधान संस्कार र
मृत्युपरान्त अन्त्येष्टि अन्तिम संस्कार हो । गर्भाधानपछि पुंसवन,
सीमन्तोन्नयन, जातकर्म, नामांकरण आदी संस्कार नवजात शिशुको यस दैवी
जगत्सँग सम्बन्ध स्थापनाका लागि गरीन्छ । नामांकरण संस्कारपछि चूडाकर्म
संस्कार र यज्ञोपवीत संस्कार हुन्छ अनि त्यसपछि विवाह संस्कार गरीन्छ ।
विवाह संस्कार गृहस्थ जीवनको सर्वाधिक महत्वपूर्ण संस्कार हो । विवाहलाई
हिन्दूधर्ममा स्त्री र पूरुष दुवैको लागि सवैभन्दा महत्वपूर्ण संस्कारको
रुपमा लिईएको छ । विवाहलाई जन्म जन्मान्तरको सम्बन्ध मानिन्छ । विभिन्न
धार्मिक ग्रन्थ अनुसार संस्कारहरुको क्रम पनि भिन्न भिन्नरुपमा देखाइएको छ
तर प्रचलित संस्कारका क्रमहरु यसप्रकार रहेका छन् ः गर्भाधान, पुंसवन,
सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म,
विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत, वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा
अन्त्येष्टि । गर्भाधानदेखि विद्यारम्भसम्मका संस्कारहरुलाई गर्भसंस्कार
पनि भनिन्छ यिनीहरुमा पहिला तीन संस्कारहरु गर्भाधान, पुंसवन र
सीमन्तान्नयनलाई अन्तर्गर्भ संस्कार तथा यसपछिका छ संस्कारहरुलाई
वहिर्गर्भ संस्कार भनिन्छ र गर्भ संस्कारलाई दोष मार्र्जन अथवा शोधक
संस्कार पनि भनिन्छ । दोष मार्जन संस्कार कुनैपनि शिशुमा पूर्वजन्मबाट
आएको धर्मकर्म सम्बन्धी दोष तथा गर्भमा आउने विकृतिलाई मार्जन गर्नका
लागि गरिने संस्कार हो । पछिका छ वटा संस्कारहरुलाई गुणाधान संस्कार
भनिन्छ । गुणाधान संस्कार दोषमार्जन गरिसकेपछि मानिसमा सप्तगुणको
अभिवृद्धिकालागि गरिने संस्कार हो । हाम्रा पूर्वज तथा ऋषिमुनिहरुले
हामीलाई सुसंस्कृत तथा समाजिक र नैतिकवान बनाउनका लागी अथक प्रयास तथा
सोधको परिणाम स्वरुप यी संस्कारहरुको स्थापना गरेका थिए । यस्तै विविध
संस्कारहरुका कारण हिन्दू धर्म र संस्कृति अद्धितीय छ । अहिलेको
प्रविधिको चरम् विकास तथा मानिसहरुको व्यस्तताका कारण सनातन
धर्मावलम्बीहरु अब यी संस्कारका मुल्यमान्यताहरुलाई भुल्दै गइरहेको पाइन्छ
। यसैको फलस्वरुप मानिसहरुको चारित्रिक गिरावट, संवेदनहीनता, असामाजिकता,
हिंसा र गुरुहरुको अवज्ञा, अनुशासनहीनता इत्यादी कुराहरुले हाम्रो
समाजमा प्रश्रय पाइरहेका छन् । धेरै मानिसहरु आफ्नो कर्तव्यपथबाट विमुख
भई निकृष्ट कृयाकलापतर्फ लागेको देखिन्छ । हो, समय अनुसार परिवर्तित हुनु
आवश्यक छ तर हाम्रा ऋषिमुनीहरुद्वारा स्थापित मूलभूत सिद्धान्तहरुलाई
नकार्न कहिलेपनि श्रेयष्कर हुँदैन । आदिकालदेखि चलिआएको परम्परा र
मान्यतालाई पक्कै पनि कुल्चनु हुन्न । यी सबै संस्कारहरु सत्यता र
वैज्ञानिक आधारले प्रमाण्ति छन् । अहिले पूर्वीय धर्मदर्शनलाई अध्ययन गरी
पश्चिमी मुलुकका धेरै मानिसहरु यो धर्मसंस्कारलाई अंगाली रहेको तथ्य
हामीसामू छर्लङ्ग छ तर हामी भने दैनिक टाढा–टाढा भईरहेका छौ । हाम्रा
महान र मौलिक संस्कारहरुको परिचय निम्नानुसार रहेको छ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें