अलिकती रंग दियौ केहीबेर जिन्दगीमा
सम्झेको छु तिनै खुशी आजकाल बेहोशीमा !!
मेरो भन्नु चोखो माया लुकाउन त लुकाएछु
तर किन छल्किन्छ सम्झनाको परेलीमा !!
एक्लो भई धेरै बेर पर्खी बशे निसाराले
भौतारिदा उनको कमी महसुस पल पलमा !!
बिर्शियर मलाइ तिमी खुशी हुनु जिन्दगीमा
सम्झियर तिनै खुशी सम्हाल्छु कलेजीमा !!
अजम्वरी मेरो माया सडकको धुलो भयो
सागर को लहर बिलाई गयो छेड छेड्मा !!
नदी ठान्थे जिदगिलाई नरोकिने यात्रा माया
भुल चुक काहा भयो हिड्दा हिड्दै सहरमा !!
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें