शुक्रवार, 30 मार्च 2012

अलिकती रंग दियौ

अलिकती रंग दियौ केहीबेर जिन्दगीमा
सम्झेको छु तिनै खुशी आजकाल बेहोशीमा !!

मेरो भन्नु चोखो माया लुकाउन त लुकाएछु
तर किन छल्किन्छ सम्झनाको परेलीमा !!

एक्लो भई धेरै बेर पर्खी बशे निसाराले
भौतारिदा उनको कमी महसुस पल पलमा !!

बिर्शियर मलाइ तिमी खुशी हुनु जिन्दगीमा
सम्झियर तिनै खुशी सम्हाल्छु कलेजीमा !!

अजम्वरी मेरो माया सडकको धुलो भयो
सागर को लहर बिलाई गयो छेड छेड्मा !!

नदी ठान्थे जिदगिलाई नरोकिने यात्रा माया
भुल चुक काहा भयो हिड्दा हिड्दै सहरमा !!
"खलानको मान्छे "

गुरुवार, 29 मार्च 2012

रगत पिउ बाच्ने हरुको

रगत पिउ बाच्ने हरुको
खाउ लाश मर्ने हरुको
महल चाहियको तिमीलाई
भोका नांगा हरुको
,,,,,,,
ध्वंश निर्माण कस्ता कस्ता शब्दावली तिम्रो
नाइके रहेछौ गाठे लुटेरा हरुको
,,,,,,,,,
खाली गर गाउ बस्ति फेरी पनी
किन छिनियो र सान्ति जनता हरुको ??
..........
धुर्त हरुले कस्लाई पो छाडेको छन् र ???
चिनी सके अनुहार अब नारापिचाश हरुको !!
..........
अझै धम्कि अत्याचार सहने हरुको
हई लाग्ने छ एकदिन आशु झार्ने हरुको !!
"खलानको मान्छे"

बुधवार, 28 मार्च 2012

भो नयाँ बर्षको अब कुनै सफत खादीन म

भो नयाँ बर्षको अब कुनै सफत खादीन म
पुरानो कुरा हरुनै धेरै बाकी छ मेरो
मेरो निर्दोष छातीभरि लेख्दिन अब कुनै नयाँ अध्याय
पुरानो कथाहरुको ठेली छ
भो यसपाली नयाँ बर्ष को कुनै सफत खादिन

पोहोर साल बर्ष भरी नयाँ सपनाको खाका कोरेथे
परारै को घाउ हरु भुलेर
बर्ष बित्दै जादा सडक भरी दोहरी ह्रयो
झुट माथिको पर्दा खस्ने डरले
आतिय सपनाका ठेकेदार हरु
भो नयाँ बर्ष को ,,,,,,,

महंगी पानी बिजुली को भउको के कुरा
सरकारी सुबिधा र शुरक्षा को के आशा
न्याय समानता र अधिकार को चर्को भाषण
भो अब सुन्दिन मिथ्या चारीको कुराहरु
साधुको भेष मा लुटेरा का आवरण

पर्दा खस्दै छ नाटक को अन्तिम द्रिस्य मानचित हुदैछ
फेरी सुमेरु यात्रा मा निकलियका हरु
प्रथम पुजित हुने लालशा मा दौडदै छन्
स्यम परमात्मा अस्चर्यमा छन्
रिद्दी सिद्दी कसलाई सुम्पने भनेर

यसपाली म लाटो बन्नेछु दर्शक बन्नेछु
बोल्दिन म आतंक को बिरोधमा
हेरी रहने छु द्रब्य पिचाश हरुको खेल
सत्ता सदन बिरोध समर्थन
केवल प्रतिक्षा गर्छु पूर्ण कर्मको

पुरानो वाचा हरु को दस्ताबेज
समझदारी को पालना भलै अरुले नगरुन
अझै बन्दुक को कुद देखाउन
म नडराई पुन नेपालि एकताको प्रतिक लाइ आवहान गरि रहन्छु
स्वयम् सच्चिन को लागि
नेपाल मात्री भुमि को लागी
पुराना भत्कियका संरचना बनाउन लाग्छु अब
"खलानको मान्छे"

सोमवार, 26 मार्च 2012

बिचित्र को दुरी खिच्यो जिन्दगीले हामी बीच

बिचित्र को दुरी खिच्यो जिन्दगीले  हामी बीच
कस्तो सिमा रेखा कोर्यो जिन्दगीले हामी बीच !

मन भरी माया थियो आखा भरी रहर थियो
समयको धारमा लड्दा छुट्दा पनी माया थियो!!

कस्तो हावा बताश चली उडाइ लग्यो हर खुशीलाई
आखा भयो पानि पनी साउने भेल जिन्दगीलाई !!

अजर अमर बाचाहरु कुरी हेर्ने चौतारी लाइ
सबै भन्दा राम्रो जुन दुर दुर गगन लाइ

तिम्रो माया अझै पनी अल्झेको छ  मन भरी
उस्तै तस्बिर माया बोकी हेर्ने छु मन भरी
"खलानको मान्छे"

उनी भित्र के छ हजुर

उनी भित्र के छ हजुर उनी भित्र के छ
मेरो एउटा सिंगो संसार सपना हरु छ
~~~~~~`~~~
मलाइ माया गर्ने मन सपनिल आखा
मेरै लागी खुशी बनी धड्कने मुटु छ
उनी भित्र .....
~~~~`
पराइले कुरा काटे उनका सामु कतै
नबोलेरै सुनी बसी एकलै रुने मन छ
~~~~~~
राम्रो कुरा हरु सबै दिहराउदै भन्ने
नराम्रो मेरो लागी कहिल्यै न स्वच्ने
पवित्र बन्दन को असिम प्यार छ
मेरो एउटा सिंगो संसार सपना हरु छ !!
"खलानको मान्छे"

मंगलवार, 20 मार्च 2012

किन माया मर्यो

किन माया मर्यो भनेर तेसै चित्त दुखाउनु
माया के हो नया अर्थ हरु कतै नलगाउनु
समर्पण बिना मायाको के नै औचित्य छ र ?
झरी बादल के के के के सबै जिबन सम्झिनु
किन
बस बसेको हो भने उठ्नु नै पर्छ बिहानीमा
साहरा बनेको हो भने छोडिनु पर्छ हुलमुल मा
जिबन को कुरा गरेर झुटो सान्तोना मनलाई दिदा
आफै ले भुलेको कुरा सम्झिन लाइ नाचुक्नु
किन ,,,,,???/
मायाको बिशाल सागरमा किनारा हुदैन डुबेपक्षी
डुब्ने हरुले मोति समेटी खुशी खोज्छन डुबेपक्षी
माया गर्ने हरुले माया गरिरहन्छन बिछोड मा पनि
बिछोड नै प्रतिक मानि मायाको सझिरहन्छन मनमा पनि
"खलानको मान्छे "

रविवार, 18 मार्च 2012

जिन्दगी यो बेअर्थमा

जिन्दगी यो बेअर्थमा भौतारी रहेछ
हिडा हिदै नसकिने दुरी जन्मियाछ
एकोहोरो माया गर्नु भुल होला मेरो
हृदयमा लुकाउनु गल्ति होला मेरो
चाहानायो झनै झनै किन बडी रहेछ
अतृप्त प्यासी आखा तेसै भिझी रहेछ
किन याद यती सारो बढ्छ हृदयमा
जताततै उनकै छाया देख्छु संसारमा
गल्ति गर्ने मान्छे हुन्छ संगै बस्दै जादा
सानो कुरा ठुलो बनी दुइकिनार हुदा
मे पनी बिझाउने सुला माने हरु
खुशी बन जिन्दगीमा भुल खोज्ने हरु
"खलानको मान्छे "

गुरुवार, 15 मार्च 2012

आकाश सुन्ने छ

आकाश सुन्ने छ हेर धर्ति कोलाहाल
तिमी बिनाको संसार एकदमै बेहाल
थाकेर बशेको छैन कतै तिम्रो यादमा
फशेकै छु नचाहेर दुनियाको जालमा
कुमाल कोटीको जस्तो बुद्दी भयन
एउटा झुप्रो थियो धुलिया ले छाडेन
आफ्नै रमाइलो म़ा रम्दा पनी
सुनेर नशुने झैँ दुनियालाई  गर्दा पनी
खै मलाइ बच्नुको धरै भयन
तिमी बिना अर्को साहारै भयन
"खलानको मान्छे "

मर्नु पर्ने हो यो जिबन एक दिन थाकेर

मर्नु पर्ने हो यो जिबन एक दिन थाकेर
आफ्नो भन्ने सबैलाई एकै चोटी छाडेर
मर्नु पर्ने हो यो जिबन ,,,,,,,,,,,,,,,,,,
मेरो प्रयत्न अनौठो छ अझाम्बरी हुने
पिरतीका सबै कुराहरु जस्ताको तस्तै लेखेर
मर्नु ,,,,,,
तिमि अमर भैसक्यौ मेरा कथा हरुमा
पडन सक्छौ आफै कागाच का पन्ना खोलेर
,,,,,
नामै बेगर पनि तिम्रो बयान गरेको छु मैले
तिमिनै हौ मेरो श्रीजना पुन्ज भनेर
,,,,,,
म धेरै चोटी मरेको छु आफ्नै कथामा
तिमीलाई सधै भरि नै मैले जिताएर
म मरेको छु जिउदो मुर्दा होइन तर
बेमतलब बाचेको छु पराइ भयर
,,,,,,,,
"खलानको मान्छे"

रंग चड्यो

रंग चड्योजवानीको सुन्दरी मै लाग्छ
फुल पात संग संगै नाचू नाचू लाग्छ
मिठो आवेग छाती भरी सल्बलाई दिदा
झरनाको पानी बनी खसु खसु लाग्छ
लालुपाते जाहि जुही टिपू टिपू जस्तो
चुल्ठो भरी सिउरियर हिडू हिडू लाग्छ
किन किन सबै सुन्दर प्रकृतिको छटा
खोला बनी गडगडाउदै बगु बगु लाग्छ
कोहि मन मिल्ने पाय खोल्थे मनको कुरा
सबै आफु पोखियर सकु सकु लाग्छ
रंग चड्यो जवानीको सुन्दरी मै लाग्छ
"खलानको मान्छे "

सोमवार, 12 मार्च 2012

निलो आकाश

निलो आकाश बिस्तारै गोधुली ले छाउदै छ
दिन भरी थाकी सुर्य पाहाडमा लुक्दै छ !!
,,,,,,,
धुवा धुलो धर्ति भरी, चरा फर्की रहे गुडमा
आकाश भरी साना तारा टिलपिल टिलपिल चम्कदै छ !!
,,,,,,,
पर छितिजको एकघर दियो बली सक्यो
मन्दिरमा सन्ध्या कालिन शंख घण्टा बज्दै छ !!
,,,,,,,
प्रकृतिले प्राणि सबलाई बिश्राम दिने बेला भयो
आकाश लाइ चिर्दै सितल जुन निक्लादै छ !1
,,,,,,,,
जुन ए सीत पोखी संदेश पुर्याई देउ है
परदेश को मृगमरिची एक्लो एक्लो जल्दै छ !!
,,,,,,
गोधुलीको थकाइ सम्झी,चौतारी को कुरा सम्झी
रात बस्ने डबलीको राम नाम सम्झदै छ !!
,,,,,,
चरा बनि फिर्छु भनी घर परिवार सम्झियर
तातो दिन चिशो रात पर्खाइ मा काटाउदै छ !!
"खलानको मान्छे "

रविवार, 11 मार्च 2012

मेरो माया को कुनै अर्थ तिमीलाई नभय पनी

मेरो माया को कुनै अर्थ तिमीलाई नभय पनी
माया गरी रहन्छु तिमीलाई जुनी जुनी भरी 
तिमीलाई पाउनु पर्छ भन्ने मेरो चाहना होइन 
अन्तिम चाहा तिमी खुशी हुनु पर्छ भन्ने भुल्न सकिन 
केहि भन्दा दुनियाले तिमीलाई चोट लाग्ने दिल्लछ 
तिम्रो राम्रो सुन्दा झनै राम्रो होश भन्ने चाह बढ्छ 
 

शनिवार, 10 मार्च 2012

सक्छौ भने

सक्छौ भने अझै थप चोट हरु मलाइ
तिमी खुशी हुनु पर्छ केहि हुन्न मलाइ !!
यी आखा का पानी हरु सुकी जान्छ छेडमै
तिमी बगी रहनु पर्छ सागर छुन लाइ
माया मर्नु पर्दैन हिडेका दोवाटोको
एउटा यात्रा पर गरि सक्यौ लाग्छ मलाइ
वालापन्को साथी भयानौ जिन्दगी भारलाई
मेरो याद नआओस कहिँ कतै तिमीलाई
तिमी मेरो पुजा बन मनको मन्दिरमा
सहन्छु म सबै पिडा तेही खुशी मलाइ
"खलानको मान्छे "

शुक्रवार, 9 मार्च 2012

निष्ठुरी भै

निष्ठुरी भै रूहाएनी सहेकै छु मैले
तिम्रो यादमा घरि घरी जियकै छु मैले !
मन भ्रम मा छैन तर याद कस्तो
रात भरी कल्पनामा पाएकै छु मैले
पियारिको खडेरीले फाटेको यो मन
लुकी लुकी फोटो हेरी सियाकै छु मैले
तिम्रो लागे मरे पनी बच्नु पर्ने जिबन
याद हरुको चिता माथि पियाकै छु मैले
आफ्नै लागी भय पनी जियाकैछु मैले
तिम्रो बाटो सफा राखी हिदेकैछु मैले
"खलानको मान्छे "

फजल

यो एउटा कटु सत्ते जो यो आखाले देख्दा श्रीजियाको फजल आज टाइप गरेको छु २०१० जर्मनी
सुनाखरी भिरै भरी गुलाब सहर भरी
गमलामा सजियका छन् अनेक थरी!!
रुप रंग फरक फरक सुगन्ध छ अनेक
केहि सडक किनारामा पिउछन सधै झरी !!
फुल को तन रुप रङ्ग किन्ने भिड कस्तो
बेचियर हास्नु पर्ने बाध्यता मा छन् परी!!
बेसाहारा बाध्यताको आवरण भित्र हेर्दा
महाँगो मूल्य तोकियाछ भिर को सुनाखरी !!
कोहि हाला गर्छन तेसै आगो पिउने निहुमा
केहि आगो पिई दिन्छन सधै आफु मरी!!
भिर को जिबन सहर मा सहर सडकमा
गमलामा सजियका छन् अनेक थरी
"खलानको मान्छे "
केहि पुराना याद हरु छन् मेरो जो बिम्ब को रुपमा प्रस्तुत गरेको छु !

गुरुवार, 8 मार्च 2012

मेरो मन त धुजा धुजा सिसा फुटे जस्तै फुट्यो

मेरो मन त धुजा धुजा सिसा फुटे जस्तै फुट्यो
एउटै प्रतिबिम्ब अनेक रुप धरी सताई ह्रयो!
मेरो पुरानो गित को एक टुक्रा पुरानो सम्झना मा होलि को शुभ कामना समस्थ फ्रंगफोट बाशिलाई

बुधवार, 7 मार्च 2012

मनको तस्बिर झरि फुट्यो

मनको तस्बिर झरि फुट्यो सिसा जस्तै बज्रियर
आधि हुरी चल्यो, चट्याङ् बज्रियो निरास् बनायर
मनको,,,,,, ।
दुर दुर छितीज पारी पुगीन सिन्दुर पैरियर
थाहा दियकी भय पुज्थे होला ह्रिदय यो खोलेर
मन ,,,,
कसरी सजाउ मनमा अब मैले पराई नाशोलाई
मेरो तपस्या सुरु भयो चाहाना को सिमा काटेर
मनको,,,
तस्बिर उन्नकै भय पनी उनी भै सकिन पराई
हत्तेहाल्नू हुन्न अब ,सहनुछ अतित संम्झियर
खलानको मान्छे
के यो गजल भयो???????

शुक्रवार, 2 मार्च 2012

उल्टे बाटो हिडेपछी

अब हिड्न गाह्रो भयो उल्टे बाटो हिडेपछी
नागासिने कस्तो नाता जिन्दगीले जोडेपछी !
जिन्दगीको यात्रा मेरो कति अनौठो छ
नटुंगिने गरे यात्रा जिन्दगीले छाडेपछी !!
अभाघी को कथा पनी भुली जाने छेड भरमा
मरुभूमि भयो जिबन मायाको फुल झरेपछी !!!
मायाको भेद जान्न नपाइ जलाएछु मुटुलाई
नजानेरै एउटै उल्टे बाटो  सुरु गरेपछी i
"खलानको मान्छे "

रित्तो सडक

रित्तो सडक जस्तो बन्दै गयो जिबन
तिमीबिना सुन्ने जस्तो बन्दै गयो जिबन !!
हल्ला थियो गाउमा प्रिती हुदाको बखत
जब तिम्रो डोली निस्कियो सुनसान भयो जिबन !!
चारै तिर दोषी नजरले हेरे जस्तो लाग्छ
अशिम पिडानीलेर रित्तो ह्रयो जिबन !!
अब यो बाटोमा कोही हिदैन के कारण ले होला ?
आभाष प्रेम को सकेर खडेरी परेको यो जिबन !!
रित्तो सडक जस्तै बन्दै गयो जिबन
तिमीबिना सुन्ने जस्तो बन्दै गयो जिबन !!
"खलानको मान्छे "

गुरुवार, 1 मार्च 2012

जताततै अन्धकार छ

जताततै अन्धकार छ जिन्दगीमा आज
एक झल्को दुर्लब भयो जिन्दगीमा आज !
उनको माया बेगर मेरो रोकियाको यात्रा
आधी सत्ते दुख्छ सधै कलेजीमा आज !!
मिठो कुरा सुनिदैन हुरी चल्दा मनमा
अध्यारोले गाझी  छाड्यो बेहोशीमा आज !!!
मेरो जिबन तहश नहस,फुल्लोस उनको जिबन
अब नआऊ मेरो सामु   मरुभूमिमा आज
"खलानको मान्छे "

जुन भन्छ मायालु लाई


नदी जिन्दगी लाई
आफ्नो जिबन खडेरी रे
बाहार मायालु लाई
आकास जत्रो मन पनी
रित्तियाको बखत
मन भित्र चल्ने रहर
सबै मायालु लाइ !!
बर्षाले खोतलेको
कच्ची सडक जस्तो
एउटा नया आशा बोकी
भन्छ मायालु लाई
एक झार पानीमा
रुझ्दा को आनन्द
सद्धियौ को चोखो माया
दिन्छु मायालुलाई
पिरती को संसार यो
झरी पक्षी को आकाश
पुर्णिमाको जुन जस्तो
भन्छ मायालुलाई
"खलानको मान्छे"

आफ्नो त जुन नै हरायो

आफ्नो त जुन नै हरायो,सधै औसीको रात मलाई
बेसाहारा एक्लो अन्धकार काट्नु छ सधै मलाई !!
आफ्नो ,,,,,,!!!
मायाका दिन थिय सुनौला मेरो पनी अतितका
आधी हुरी संग लड्ने छैन अब तागत मलाई !!
आफ्नो,,,,!!
एउटा सानो बतासको झोक्काले भात्कियाको संसार
कम्जोर पिरतीले जलायो रूहाउदै फगत मलाई !!
आफ्नो,,,,,,!!
केवल एक छिनको साथ् मात्र नसिब भयछ त मलाई
तेही उज्यालो किरण ले बाचेछु बाकि अन्धकारै त मलाई
"खलानको मान्छे"
करीब एक बर्ष अघाडी लेखेको यो गजल जस्तो भावना गजल को चाल ढाल मा नरहे पनी फजल मानि सुइकार्नु होला ल ??????????