सोमवार, 12 मार्च 2012

निलो आकाश

निलो आकाश बिस्तारै गोधुली ले छाउदै छ
दिन भरी थाकी सुर्य पाहाडमा लुक्दै छ !!
,,,,,,,
धुवा धुलो धर्ति भरी, चरा फर्की रहे गुडमा
आकाश भरी साना तारा टिलपिल टिलपिल चम्कदै छ !!
,,,,,,,
पर छितिजको एकघर दियो बली सक्यो
मन्दिरमा सन्ध्या कालिन शंख घण्टा बज्दै छ !!
,,,,,,,
प्रकृतिले प्राणि सबलाई बिश्राम दिने बेला भयो
आकाश लाइ चिर्दै सितल जुन निक्लादै छ !1
,,,,,,,,
जुन ए सीत पोखी संदेश पुर्याई देउ है
परदेश को मृगमरिची एक्लो एक्लो जल्दै छ !!
,,,,,,
गोधुलीको थकाइ सम्झी,चौतारी को कुरा सम्झी
रात बस्ने डबलीको राम नाम सम्झदै छ !!
,,,,,,
चरा बनि फिर्छु भनी घर परिवार सम्झियर
तातो दिन चिशो रात पर्खाइ मा काटाउदै छ !!
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें