यो एउटा कटु सत्ते जो यो आखाले देख्दा श्रीजियाको फजल आज टाइप गरेको छु २०१० जर्मनी
सुनाखरी भिरै भरी गुलाब सहर भरी
गमलामा सजियका छन् अनेक थरी!!
रुप रंग फरक फरक सुगन्ध छ अनेक
केहि सडक किनारामा पिउछन सधै झरी !!
फुल को तन रुप रङ्ग किन्ने भिड कस्तो
बेचियर हास्नु पर्ने बाध्यता मा छन् परी!!
बेसाहारा बाध्यताको आवरण भित्र हेर्दा
महाँगो मूल्य तोकियाछ भिर को सुनाखरी !!
कोहि हाला गर्छन तेसै आगो पिउने निहुमा
केहि आगो पिई दिन्छन सधै आफु मरी!!
भिर को जिबन सहर मा सहर सडकमा
गमलामा सजियका छन् अनेक थरी
"खलानको मान्छे "
केहि पुराना याद हरु छन् मेरो जो बिम्ब को रुपमा प्रस्तुत गरेको छु !
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें