रंग चड्यो
रंग चड्योजवानीको सुन्दरी मै लाग्छ
फुल पात संग संगै नाचू नाचू लाग्छ
मिठो आवेग छाती भरी सल्बलाई दिदा
झरनाको पानी बनी खसु खसु लाग्छ
लालुपाते जाहि जुही टिपू टिपू जस्तो
चुल्ठो भरी सिउरियर हिडू हिडू लाग्छ
किन किन सबै सुन्दर प्रकृतिको छटा
खोला बनी गडगडाउदै बगु बगु लाग्छ
कोहि मन मिल्ने पाय खोल्थे मनको कुरा
सबै आफु पोखियर सकु सकु लाग्छ
रंग चड्यो जवानीको सुन्दरी मै लाग्छ
"खलानको मान्छे "
http://soundcloud.com/umesh-subba/rang-chadyo-jawani-ko
जवाब देंहटाएं