शुक्रवार, 6 जनवरी 2012

आज मलाई तिम्रो सामु

Ashokashok Ashok
25 October 2011
आज मलाई तिम्रो सामु समुन्द्र पिउने जोश छ
नजर बाट झरेको मोती सारा पिउने जोश छ
आज मलाई
औसिको रातमा पनी त मैले चन्द्रमा संगै पाए
तिम्रो सामु हारेर पनी जितेको जस्तो किन होश छ
आज मलाई तिम्रो,,,,,
जिबन भरनै भौतारिदा कल्पना धेरै गरे मैले
नजिउदा नजिउदै अब संगै जिउने जोश छ
आज मलाई तिम्रो,,,,,
बिरह मायाको चोट हरु होईन ह्रैछ जिबनमा
अतित भुलेर बर्तमान लाई अंगाल्ने जोश छ
आज मलाई तिम्रो,,,,
म सँग छैन पुरानो कुनै कथा हरु बाँकी अब
यो मोड हो नयाँ मेरो अब सबै भुल्ने जोश छ
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें