नग्न सहरमा हराएकी भिरको गुराश
तिम्रो घुम र चौबन्दी लाई हाशोका बिषय बनाउने हरु
हेर कति विछिप्त छन् आफ्नै पहिरन मा
आकर्षण को लेश हराएर बाजारी बनेका छन्
तिनका सौन्दर्य हरु हेर त सिर उठाएर
,,,,,,,,
सोकेष मा सजाएको सामान जस्तो नक्कली हाशो हरु
अभिवादन भुलेर तर्किएको बटुवा जस्तै
झुकेको सिर छोप्पन नसकेको अनुहार
ए मेरी गुराश पढेकी होलाउ तिमीले पनी
नक्कली मुनरोज को सडक ब्यथा हरु
,,,,,,,,,,
यहा नक्कली परिवर्तन को सक्कली ब्यथा हरु छन्
अनि खडेरीको खर बारीको आगो जस्तो भयका कथाहरु छन्
शुघत अनिधोरात छोप्न लगाएका पाउडर का गन्धहरु
कस्तो बेपर्वाहा बताशाले ल्यको कठोर गन्ध जस्तो छ
नग्न सहरमा ए भिराकी गुराश आफ्नो लाज बचाउ है
,,,,,,,
पल पल ओइलिने हरुका इष्या गर्नु को साटो
तिमीले पाहाडी हावा लाइ सिकर्नु बेश होला
तिमि बस्तु होइनौ सोकेष मा सजाउने
महँगो जापानी पुतली वा आयातित भेष नै
तिमि हर प्रेमीको ढुक्ढुकि हौ प्रेमिकाको सिर मा सजिने सपना
"खलानको मान्छे "
कबिता को दोश्रो भाग प्रतिक्षा गर्नु होला .
जवाब देंहटाएं