कठोर समय
मेरो ओरिपरी प्रदुषित हावा चलाएर
हामीलाई ज्रिण र रोगी बनाउने प्रयत्नमा
हाम्रो मार्ग भरी सपनाको पुल देखाउदै
ठुला ठुला भडखाला हरु का एम्बुष थापेका रहेछौ
हामी निन्द्रामा गगन बिहार गर्दै छौ
एक चोटी फेरी रातले प्रहर फेर्ने बेला भयो
यो मध्यरात हो तिम्रो कठोरताको
बिहानी अवश्य हुन्छ भाले डाक सहित
झिस्मिशेमा तिम्रा आतंक ले पुन गाउ छोड्ने छ
अनी
बिहानीको मधुरतामा चरा हरु ले गित गाउने छन्
चार को खोजीमा बिहानै निक्लिय पनी
निर्भय आनन्द लेर्म गर्ने छन्
आमा माटो र गाई लाई पुज्दै
पुन शान्तिको सन्देश छर्नेछन
संसार भरी
हिमाल जस्तै सुन्दर र सान्त मन लियर विचरण गर्नेछन
किनकी
मेरो भूमिलाई ताराकाशुर ले कुल्चन सकेन
मधु कैटब लुकाउन सकेन
अनी रावण ले पनी
आक्रमण गर्न सकेन
कठोर समय यो ओराली लागेको प्रहर हो
पुन हिमालय ले
आफ्नो वर्चश्व कायम राख्ने छ
यो मेरो बिश्वाश हो
जय जय जन्म भुमि
मेरो देश अपराजित छ रहन्छ
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें